देश-प्रदेश

कोरियाको लोभमा नेपाली

Posted: 2018-06-13 08:53:18

 
सुनाखरी न्युज/
काठमाडौं-
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा प्रशिक्षार्थी नेपाली कामदार पठाउनका लागि शनिबारदेखि सुरु भएको नवौं चरणको कोरियन भाषा परीक्षा ३७ हजार ६ सय जनाले दिए । शनिबार र आइतवार सम्पन्न भएको भाषा परीक्षामा कुल ४१ हजार जनाले आवेदन दिएकोमा ३७ हजार ६ सय जना सहभागी भएका हुन् ।  
ईपीएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले राम्रो काम पाउने र धेरै कमाई हुने आसमा कोरिया जान लालायित हुनेहरु अत्याधिक रहेको बताए । स्वदेशमा नै पर्याप्त रोजगारिको अवसर पान नसक्दापनि धेरै नेपालीहरु कोरियाको लालचमा लागेको उनका भनाई छ ।
परीक्षवा आफू अनुकुलमा नेपाली छान्न दक्षिण कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आएर फिल्डमा खटिएको थियो । भाषा परीक्षाका लागि ललितपुर, काठमाडौं  र पोखरामा गरी कुल २८ वटा केन्द्र तोकिएको थियो । शनिबार र आइतबार गरी दुई चरणमा भएका भाषा परीक्षा भयो । गत वर्ष काठमाडौं र ललितपुरमा मात्र परीक्षा सञ्चालन भएकोमा यस वर्ष पोखरामा पनि परीक्षा केन्द्र तोकिएको छ । काठमाडौंमा १६, ललितपुरमा आठ र पोखरामा चारवटा परीक्षा केन्द्र तोकिएको छ । यस वर्ष दक्षिण कोरियाले नेपालबाट उत्पादन र कृषि क्षेत्रमा गरी कुल १० हजार २ सय जना प्रशिक्षार्थी कामदार लैजाने बताएको छ । 
ईपीएस कोरिया शाखाले यस वर्ष कुल ८२ हजार २६४ जनाको आवेदन परेको जनाएको छ । जसमा कृषि क्षेत्रतर्फ ३९ हजार ६४० जना र उत्पादन क्षेत्रतर्फ ४२ हजार ६२४ जनाको आवेदन परेको थियो । कृषितर्फ ३० हजार १७९ जना पुरुष र ९ हजार ४६१ महिलाको आवेदन परेको थियो  भने उत्पादन क्षेत्रतर्फ ३९ हजार २०८ जना पुरुष र ३ हजार ४१६ जना महिलाको आवेदन परेको थियो । यसपालिको परीक्षामा सहभागी हुन अनलाइनबाट भरिएको आवेदनमा कुनै त्रुटी भए गत २३ चैतसम्म सच्याउन सक्ने व्यवस्था मिलाइएको थियो ।  
दक्षिण कोरियाले यसपटक सन् २०१९ का लागि ७ हजार १ सय जना नेपाली मात्र लैजाने कोटा निर्धारण गरेको छ । जसमध्ये उत्पादनमूलक क्षेत्रतर्फ  ४ हजार ८ सय र कृषि क्षेत्रतर्फ  २ हजार ३ सय जना जान पाउनेछन् । भाषा परीक्षा उत्तीर्ण गरी श्रम सम्झौता आएको कामदारले करिब १ लाख रुपैयाँ खर्च गरी ४ वर्ष १० महिनाको रोजगारीका लागि कोरिया जान पाउनेछन् । 
भाषा परीक्षामा सहभागी हुन यस वर्ष ८२ हजार २६४ जनाले ग्लोबल आईएमई बैंकमा प्रतिव्यक्ति २४ अमेरिकी डलरका दरले १९ लाख ७४ हजार ३३६ डलर जम्मा गरेका थिए । सो रकम त्यसबेलाको विनिमय दरअनुसार २० करोड रुपैयाँभन्दा बढी हुन्छ । 
दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी) ले नवौं चरणको भाषा परीक्षा उत्तीर्ण गरेका ७ हजारभन्दा बढी प्रशिक्षार्थी कामदारको कोटा सिलिङ तोकिएको जनाएको छ । सन् २००७ मा नेपालसँग श्रम सम्झौता भएसँगै सन् २००८ देखि दक्षिण कोरियाले नेपाली कामदार लिन सुरु गरेको हो । त्यसबेलादेखि अहिलेसम्म दक्षिण कोरियामा ईपीएसमार्फत् करिब ३५ हजारभन्दा बढी नेपाली कामदार पुगिसकेका छन् ।
 



More News



महेन्द्रनगरबासीको प्रदर्शनमा प्रहरी हस्तक्षेप, स्थिती नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार, दुवै तर्फका केहि घाइते

Posted: 2018-08-21 13:43:20

सुनाखरी न्युज/ कञ्चनपुर - निर्मला पन्तको बलात्कार र हत्यामा संग्लन अपराधीलाई प्रहरीले लुकाउन खोजेको भन्दै महेन्द्रनगरवासीले आज विरोध प्रदर्शन गरेका छन । नक्कली अभियुक्त सार्वजनिक गरेर प्रहरीले वास्तविक ...


सरकारी अनुगमनको रिस उपभोक्तालाई किन, अनिश्चितकाल तरकारी बिक्री बन्दको घोषणा

Posted: 2018-08-21 09:46:05

सुनाखरी न्युज/ काठमाडौं - सोमबार बिहान अनुगमनमा गएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग र प्रहरीको टोली कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तरकारी बजार अनुगमन गर्न गयो । ...


भूकम्प पीडितको २७ प्रतिशतको मात्र घर निर्माण

Posted: 2018-08-20 10:42:35

सुनाखरी न्युज/ काठमाडौं - राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सबै घर तोकिएको पाँच वर्ष्भित्र निर्माण सम्पन्न हुने बताउनु भएको छ । ट्रान्सपेरेन्सी इन्टरनेशनलको २३ औ ...


बिहान ३ बजे अनुगमनका लागि कालिमाटी फलफूल तथा तरकारी बजार पुगेको टोली व्यापारीको नियन्त्रणमा

Posted: 2018-08-20 09:57:23

सुनाखरी न्युज/ काठमाडौं - अनुगमनका लागि कालिमाटी फलफूल तथा तरकारी बजार पुगेको टोलीलाई व्यवसायी तथा विचौलियाको समूहले नियन्त्रणमा लिएका छन। कालिमाटीमा उपसचिव सहितको अनुगमन ...


भारतीय सेनाका कर्णेल २० राउन्ड गोलीसहित काठमाडौंबाट पक्राउ, विमानस्थलको आन्तरिक टर्मिनलमा चेकजाँचको क्रममा प्रक्राउ परेको

Posted: 2018-08-19 21:23:57

सुनाखरी न्युज/ काठमाडौं– त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट २० राउन्ड गोलीसहित एकजना पक्राउ परेका छन् । विमानस्थलको आन्तरिक टर्मिनलमा चेकजाँचको क्रममा २० राउन्ड गोलीसहित १ जना प्रक्राउ परेका प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा म्याग्दीको साविकको शिखर गाविस घर भएका ४१ वर्षीय बलबहादुर पुन छन् । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पोखरा जान लागेका पुनको ...


Advertisements