देश-प्रदेश

जुरिच ग्यालप इन्टरनेसनल सर्भेका अनुसार नेपाल विश्वकै ६८ औं सुरक्षित मुलुक

Posted: 2018-06-11 16:32:36

सुनाखरी न्युज/ एजेन्सी - जुरिच ग्यालप इन्टरनेसनल सर्भेमा नेपाल विश्वकै ६८ औं सुरक्षित मुलुक भएको छ । नेपाल भारत, म्यानमार, बंगलादेश, श्रीलंका भन्दा पनि कम सुरक्षित मुलुक भएको छ । यो मामिलामा भारत २९ औं म्यानमार ३० औं, बंगलादेश ४७ औं र श्रीलंका ५४ औं स्थानमा रहेका छन । यो सर्भेका अनुसार छिमेकी मुलुक चीन भारत भन्दा बढी सुरक्षित देखिएको छ । यो मामिलामा चीन १३ औं सुरक्षित मुलुक दरिएको छ । पाकिस्तान भने नेपाल भन्दा बढी असुरक्षित देखिएको छ । पाकिस्ताना सूचीको ७९ औं स्थानमा रहेको छ । सूचीमा सिंगापुर विश्वकै सुरक्षित मुलुक दरिएको छ । दोस्रो सुरक्षित मुलुकमा नर्वे र तेस्रो स्थानमा आइसल्यान्ड रहेका छन् । सूचीमा भेनेजुयला विश्वकै असुरक्षित मुलुक दरिएको छ । यो मुलुक अफगानिस्तान तथा दक्षिण सुडान भन्दा पनि असुरक्षित देखिएको छ ।
 
 
 
भेनेजुयलाका मानिसलाई प्रहरीदेखि पनि डर भएको ग्यालप सर्भेले देखाएको छ । यसको तुलनामा विकसित देशमा रातमा पनि सडक सुरक्षित भएको बताइएको छ । यो मामिलामा सिंगापुर तथा केही आर्थिक रुपमा सम्पन्न युरोपेली देशहरु अगाडि देखिएका छन् । अमेरिका सूचीको ३५ औं स्थानमा रहेको छ । अमेरिकामा राती सडकमा हिडडुल गर्नुलाई असुरक्षित मानिदै आएको छ ।
एजेन्सी



More News



यी रुटमा चल्ने छन सशस्त्र प्रहरी बल नेपालका नि:शुल्क बस

Posted: 2018-10-16 11:02:15

सुनाखरी न्युज/ काठमाडौं - सशस्त्र प्रहरी बल नेपालद्वारा बडादशैंको अवसरमा काठमाडौं उपत्यकामा ४ वटा निःशुल्क बस चलाउने भएको छ। बडादशैंको बेला सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको ...


शाहवंशीय श्रीपेच सर्वसाधारणको अवलोकनका लागि खुला

Posted: 2018-10-15 15:26:08

सुनाखरी न्युज/ काठमाडौं - शाहवंशीय राजाहरुले लगाउने श्रीपेच सोमबारबाट सर्वसाधारणलाई अवलोकनका लागि खुल्ला गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उद्घाटन गरेसँगै श्रीपेच सर्वसाधारणको अवलोकनका लागि खुला ...


एराप्रपा(राष्ट्रवादी)का अध्यक्ष डा.लोहनीले दिए सम्पुण नेपाली लाई विजय दशमि २०७५ को शुभकामना

Posted: 2018-10-15 13:03:51

सुनाखरी न्युज/ काठमाडौं - विजया दशमि २०७५ को पावन अवसरमा नेपाल लगायत संसारभर रहनु भयका नेपालिहरुमा हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु। धार्मिक सामाजिक एवं सास्कृतिक रुपले आपसि अभिवृद्दि गराउने यस ...


प्रहरी कार्य प्रभावकारिताका लागि समुदाय - प्रहरी साझेदारी आवश्यक : गृहमन्त्री रामबहादुर थापा ’बादल’

Posted: 2018-10-15 09:17:02

सुनाखरी न्युज/ काठमाडौं - गृहमन्त्री रामबहादुर थापा ’बादल’ ले देशमा शान्ति सुरक्षा सुदृढ गर्ने, सबै प्रकारका अपराध न्यूनिकरण तथा निस्तेज गर्न र नागरिकलाई छिटो छरितो एवं प्रभावकारी सेवा प्रवाह गर्ने जिम्मेवारी पूरा गर्न ...


साइकल यात्रीको ‘बिहेअघि सेक्स नगरौं’ अभियान

Posted: 2018-10-15 06:07:36

सुनाखरी न्युज/ सप्तरी- यहाँका अशोक यादव साइकलका पाइडल घुमाउँदै जहाँ पुग्दा पनि मानिसहरु झुरुप्प जम्मा भइहाल्छन् । उनीप्रति यस्तो आकर्षणको कारण हो, साइकलमा लेखिएको सन्देश । साइकलको अगाडि ‘नो सेक्स विफोर म्यारिज’ लेखिएको प्लेकार्ड टाँसिएको छ । आधा दाह्री फुलेका अशोक उमेरले आधा सय वर्ष पुगे ।...


Advertisements