देश-प्रदेश

भूकम्प प्रभावित जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या चार लाख नाघ्यो

Posted: 2018-05-17 15:25:45

सुनाखरी न्यज/ काठमाडौं-  भूकम्प प्रभावित ३२ जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या चार लाख नाघेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।  स्थानीय तहसँग सहकार्य, प्राविधिक जनशक्ति उपलब्ध र निजी आवास पुननिर्माणमा समयसीमा निर्धारण गरिएकाले घर बनाउनेको संख्या बढेको प्राधिकरणले बताएको छ । मंगलबारसम्मको तथ्यांकअनुसार दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिएकामध्ये चार लाख दुई हजार ७०३ लाभग्राहीको नाम प्रमाणीकरण भएको छ ।
 
 
निजी आवास पुननिर्माणले गति लिएसँगै एक लाख ५२ हजार १३० घर पुननिर्माण भएको छ । पछिल्लो तथ्यांङअनुसार चार लाख ५३ हजार ६८३ घर पुननिर्माण भइरहेको छ । भूकम्प अति प्रभावित १४ जिल्लामध्ये दोलखा र सिन्धुपाल्चोकमा सबैभन्दा धेरै घर पुननिर्माण भएका छन । दोलखामा अहिलेसम्म २८ हजार ८०७ घर पुननिर्माण भइसकेको छ भने ४८ हजार २७१ घर पुननिर्माण भइरहेको छ । अहिलेसम्मको तथ्यांक अनुसार सिन्धुपाल्चोकमा ६९ हजार ४१५ घर पुननिर्माण भइरहेको छ भने २० हजार ९७१ घर निर्माण भइसकेका छन ।  कूल सात लाख ६७ हजार ७०५ लाभग्राही सूचीमा रहेकामा सात लाख दुई हजार ३९४ घरधुरीले पहिलो किस्ता लिइसकेका छन । पहिलो किस्ता रु ५० हजार, दोस्रो किस्ता रु एक लाख ५० हजार र तेस्रो किस्तामा रु एक लाख दिने व्यवस्था गरिएको छ 
 
 
 
यसैगरी तेस्रो  किस्ता भुक्तानीका लागि निवेदन दिने लाभग्राहीको संख्या एक लाख ४८ हजार ४८४ पुगेको छ । तेस्रो किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएको लाभग्राहीको संख्या एक लाख ४० हजार ५६० पुगेको प्राधिकरणले जनाएको छ ।भूकम्पले घर क्षति भई लाभग्राही सूचीमा परेकाले पुननिर्माणका लागि पहिलो तीन किस्तामा अनुदान पाउँछन।
 



More News



महेन्द्रनगरबासीको प्रदर्शनमा प्रहरी हस्तक्षेप, स्थिती नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार, दुवै तर्फका केहि घाइते

Posted: 2018-08-21 13:43:20

सुनाखरी न्युज/ कञ्चनपुर - निर्मला पन्तको बलात्कार र हत्यामा संग्लन अपराधीलाई प्रहरीले लुकाउन खोजेको भन्दै महेन्द्रनगरवासीले आज विरोध प्रदर्शन गरेका छन । नक्कली अभियुक्त सार्वजनिक गरेर प्रहरीले वास्तविक ...


सरकारी अनुगमनको रिस उपभोक्तालाई किन, अनिश्चितकाल तरकारी बिक्री बन्दको घोषणा

Posted: 2018-08-21 09:46:05

सुनाखरी न्युज/ काठमाडौं - सोमबार बिहान अनुगमनमा गएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग र प्रहरीको टोली कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तरकारी बजार अनुगमन गर्न गयो । ...


भूकम्प पीडितको २७ प्रतिशतको मात्र घर निर्माण

Posted: 2018-08-20 10:42:35

सुनाखरी न्युज/ काठमाडौं - राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सबै घर तोकिएको पाँच वर्ष्भित्र निर्माण सम्पन्न हुने बताउनु भएको छ । ट्रान्सपेरेन्सी इन्टरनेशनलको २३ औ ...


बिहान ३ बजे अनुगमनका लागि कालिमाटी फलफूल तथा तरकारी बजार पुगेको टोली व्यापारीको नियन्त्रणमा

Posted: 2018-08-20 09:57:23

सुनाखरी न्युज/ काठमाडौं - अनुगमनका लागि कालिमाटी फलफूल तथा तरकारी बजार पुगेको टोलीलाई व्यवसायी तथा विचौलियाको समूहले नियन्त्रणमा लिएका छन। कालिमाटीमा उपसचिव सहितको अनुगमन ...


भारतीय सेनाका कर्णेल २० राउन्ड गोलीसहित काठमाडौंबाट पक्राउ, विमानस्थलको आन्तरिक टर्मिनलमा चेकजाँचको क्रममा प्रक्राउ परेको

Posted: 2018-08-19 21:23:57

सुनाखरी न्युज/ काठमाडौं– त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट २० राउन्ड गोलीसहित एकजना पक्राउ परेका छन् । विमानस्थलको आन्तरिक टर्मिनलमा चेकजाँचको क्रममा २० राउन्ड गोलीसहित १ जना प्रक्राउ परेका प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा म्याग्दीको साविकको शिखर गाविस घर भएका ४१ वर्षीय बलबहादुर पुन छन् । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पोखरा जान लागेका पुनको ...


Advertisements