देश-प्रदेश

आजबाट मलमास सुरु नव विवाहित दम्पत्ति सँगै बस्न नहुने

Posted: 2018-05-16 11:43:52

सुनाखरी न्युज/ काठमाडौ( बुधबारदेखि मलमास सुरु भएको छ। यसलाई पुरुषोत्तम मास  वा अधिकमास पनि भन्ने गरिन्छ। मलमासमा पूजापाठ, पवित्र कामहरु नगर्न भनिन्छ। त्यसैगरी सबैभन्दा बढी चर्चा चाहिँ श्रीमान र श्रीमती सँगै बस्न हुन्न भन्ने छ। हरेक तीन वर्षमा एक पटक आउने अधिक मास, मलमास अथवा पुरुषोत्तम मास शुरु भएको छ ।जेठ ३० गतेसम्म रहने यसअवधिमा हिन्दु धर्मालम्बीहरु पूजापाठ, भगवद् भक्ति, व्रत, जप र योग आदि धार्मिक काय गर्दछन् । यस समयमा गरिएको धार्मिक कार्य अरु कुनैपनि महिनामा गरिएको पूजापाठ भन्दा दश गुना फलदायी हुने मान्यता रहेको छ । यसअवधिमा दिनमा सबै मांगलिक कार्य भने गरिन्छ । सौर्यमान र चन्द्रमानबीच हुने अन्तरका कारण प्रत्येक ३२ महिना १६ दिन ४ घडीपछि पर्ने दिनलाई मलमास भनिन्छ ।
 
सौर्यमान अन्तर्गत ३ सय ६५ दिनको एक वर्ष र चन्द्रमानअन्तर्गत ३ सय ५४ दिनको एक वर्ष हुने भएकाले प्रत्येक १२ महिनामा ११ दिनको अन्तर पर्नेछ । यसरी ३२ महिना १६ दिन ४ घडीपछि थपिने एक महिना अधिकमास अर्थात् मलमासका रुपमा मानिन्छ । मलमासमा दान गर्ने परम्परा छ । साथै यस समयमा भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छ भन्ने मान्यता पनि छ । मूलत यस अवधिमा श्राद्ध तथा पितृकर्म, विवाह व्रतवन्ध, चूडाकर्म, सप्ताह, नवाह, महारुद्री, शतचण्डीसहित शुभ मूर्हुतका गृह प्रवेश, नयाँ कार्यको थालनी, यात्रा, कार्यको शुभारम्भ नगर्न शास्त्रमा उल्लेख छ ।अधिक मासमा नव विवाहित दम्पत्तिलाई अलग बस्न प्रेरित गरिन्छ ।
 
 
नेपाली समाजमा अहिले दुई खाले मान्यता ब्याप्त छ पहिलो, धर्मको नाममा हुने हर कुरा सहि हो भनेर अन्धाधुन्ध त्यसको पछि लाग्ने। दोस्रो, धार्मिक कुराहरु सबै अन्धविश्वास र रुढिबादी हुन् भनेर बेवास्ता गर्ने वा निन्दा गर्ने। कुनै बिषयको निष्कर्षमा पुगिहाल्नु अघि त्यसबारे खोज्नु, पढ्नु, बुझ्नु वा जानिफकारहरुसंग सोध्नु महत्वपुर्ण हुन्छ। हाम्रो सनातन धर्मले सिकाएका सबै कुरा अन्धविश्वास हुन्नन्। धर्मले मानिसलाई नियम र अनुशाशनमा बाँध्ने काम गर्छ। धर्मले सुविचार, प्रेम, सदभाव र सकारात्मक सोच विकास गर्नु पर्छ न कि अनावश्यक भय र त्रास फैलाउने काम। हाम्रो हिन्दु धर्मग्रन्थहरुले हामीलाई सधै असल ज्ञान र पाठ सिकाइरहेका हुन्छन। समस्या के मात्र हो भने हाम्रो समाजका पण्डित, पुरोहित र धर्मगुरुहरुले सत्यलाई बिगारेर, बंग्याएर आफ्नो अनुकुलता अनुसार ब्याख्या गर्ने गरेका छन्। आधिकारिक धारणा, ज्ञान के हो नबुझी मनगढ़ंत तरिकाले धर्मको ब्याख्या गर्नाले धेरै भ्रम सिर्जना भएका छन् र गलत परम्पराहरु स्थापित हुँदै गएका छन्।
 
 
अधिकमास अन्धविश्वास हैन तर यसपालीको मलमास कडा छ, श्रीमान श्रीमतीले एक अर्काको मुख समेत हेर्न हुन्न भन्नु चाही अन्धबिस्वास हो। यस अवसरमा काठमाडौंको कीर्तिपुरस्थित मच्छेनारायणमा मेला लाग्ने गर्दछ ।
 
 
 



More News



यी रुटमा चल्ने छन सशस्त्र प्रहरी बल नेपालका नि:शुल्क बस

Posted: 2018-10-16 11:02:15

सुनाखरी न्युज/ काठमाडौं - सशस्त्र प्रहरी बल नेपालद्वारा बडादशैंको अवसरमा काठमाडौं उपत्यकामा ४ वटा निःशुल्क बस चलाउने भएको छ। बडादशैंको बेला सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको ...


शाहवंशीय श्रीपेच सर्वसाधारणको अवलोकनका लागि खुला

Posted: 2018-10-15 15:26:08

सुनाखरी न्युज/ काठमाडौं - शाहवंशीय राजाहरुले लगाउने श्रीपेच सोमबारबाट सर्वसाधारणलाई अवलोकनका लागि खुल्ला गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उद्घाटन गरेसँगै श्रीपेच सर्वसाधारणको अवलोकनका लागि खुला ...


एराप्रपा(राष्ट्रवादी)का अध्यक्ष डा.लोहनीले दिए सम्पुण नेपाली लाई विजय दशमि २०७५ को शुभकामना

Posted: 2018-10-15 13:03:51

सुनाखरी न्युज/ काठमाडौं - विजया दशमि २०७५ को पावन अवसरमा नेपाल लगायत संसारभर रहनु भयका नेपालिहरुमा हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु। धार्मिक सामाजिक एवं सास्कृतिक रुपले आपसि अभिवृद्दि गराउने यस ...


प्रहरी कार्य प्रभावकारिताका लागि समुदाय - प्रहरी साझेदारी आवश्यक : गृहमन्त्री रामबहादुर थापा ’बादल’

Posted: 2018-10-15 09:17:02

सुनाखरी न्युज/ काठमाडौं - गृहमन्त्री रामबहादुर थापा ’बादल’ ले देशमा शान्ति सुरक्षा सुदृढ गर्ने, सबै प्रकारका अपराध न्यूनिकरण तथा निस्तेज गर्न र नागरिकलाई छिटो छरितो एवं प्रभावकारी सेवा प्रवाह गर्ने जिम्मेवारी पूरा गर्न ...


साइकल यात्रीको ‘बिहेअघि सेक्स नगरौं’ अभियान

Posted: 2018-10-15 06:07:36

सुनाखरी न्युज/ सप्तरी- यहाँका अशोक यादव साइकलका पाइडल घुमाउँदै जहाँ पुग्दा पनि मानिसहरु झुरुप्प जम्मा भइहाल्छन् । उनीप्रति यस्तो आकर्षणको कारण हो, साइकलमा लेखिएको सन्देश । साइकलको अगाडि ‘नो सेक्स विफोर म्यारिज’ लेखिएको प्लेकार्ड टाँसिएको छ । आधा दाह्री फुलेका अशोक उमेरले आधा सय वर्ष पुगे ।...


Advertisements