देश-प्रदेश

प्रदेश नं ३ को राजधानी निर्धारणका लागि सम्भाव्यता अध्ययन शुरु, प्रस्तावमा आएका तीन सहर

Posted: 2018-05-15 15:45:29

 
 सुनाखरी न्युज/ काठमाडौँ उपत्यकालगायत १३ जिल्ला मिलेर बनेको यस प्रदेशका जनताको आय, आर्जन  उपलब्ध साधन तथा स्रोत, विकास, निर्माण र प्रशासनिकता लाई दृष्टिगत गरेर मात्र यस प्रदेशको राजधानी तोकिने बताईएको छ । 
 
मुलुकमा राजनीतिक परिवर्तन भएपछि तीनवटै तहलाई अधिकार सम्पन्न्न बनाउन स्थानीय तहदेखि नै विभिन्न दलका नेताले समन्वय गरिरहेको प्रदेशसभा सदस्यले जानकारी दिनुभयो । देशमा प्रादेशिक तह गठन भएपछि विभिन्न प्रदेशले आ–आफ्नो प्रदेशको राजधानी तोक्ने तथा राजधानीको सम्भाव्यता अध्ययनका लागि विशेष समिति गठन गरिरहेका छन । यस प्रदेशमा पर्ने विभिन्न १३ जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै दललाई समेटेर सम्भबना अध्ययनका लागि यही वैशाख १४ गते समिति गठन गरिएको थियो । हालको अस्थायी मुकाम मकवानपुरस्थित हेटौँडालाई नै राजधानी बनाउन त्यहाँका स्थानीयवासीले पहल गरिरहेका छन ।
 
राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको सचिवालयमा अहिलेसम्म नुवाकोटको विदुर, भक्तपुरको बोडे, काभ्रेपलाञ्चोकको बनेपामा राजधानी हुनुपर्ने प्रस्ताव आएकाले तीनवटै जिल्लाका शहरमा संभाब्यता अध्ययन शुरु गरिरहेको छ ।
विभिन्न दलबाट प्रतिनिधित्व गर्ने नेताहरुले छलफल गरी करीब डेढ महिनाको समयावधिमा ल्याउने परिणामलाई समितिले प्रदेशसभामा पठाउने छ । सर्वसम्मत भएमा उक्त सभाले त्यसलाई अनुमोदन गर्ने तर विवाद भएमा दुई तिहाइ बहुमतबाट निर्णय लिइनेछ ।
 



More News



यी रुटमा चल्ने छन सशस्त्र प्रहरी बल नेपालका नि:शुल्क बस

Posted: 2018-10-16 11:02:15

सुनाखरी न्युज/ काठमाडौं - सशस्त्र प्रहरी बल नेपालद्वारा बडादशैंको अवसरमा काठमाडौं उपत्यकामा ४ वटा निःशुल्क बस चलाउने भएको छ। बडादशैंको बेला सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको ...


शाहवंशीय श्रीपेच सर्वसाधारणको अवलोकनका लागि खुला

Posted: 2018-10-15 15:26:08

सुनाखरी न्युज/ काठमाडौं - शाहवंशीय राजाहरुले लगाउने श्रीपेच सोमबारबाट सर्वसाधारणलाई अवलोकनका लागि खुल्ला गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उद्घाटन गरेसँगै श्रीपेच सर्वसाधारणको अवलोकनका लागि खुला ...


एराप्रपा(राष्ट्रवादी)का अध्यक्ष डा.लोहनीले दिए सम्पुण नेपाली लाई विजय दशमि २०७५ को शुभकामना

Posted: 2018-10-15 13:03:51

सुनाखरी न्युज/ काठमाडौं - विजया दशमि २०७५ को पावन अवसरमा नेपाल लगायत संसारभर रहनु भयका नेपालिहरुमा हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु। धार्मिक सामाजिक एवं सास्कृतिक रुपले आपसि अभिवृद्दि गराउने यस ...


प्रहरी कार्य प्रभावकारिताका लागि समुदाय - प्रहरी साझेदारी आवश्यक : गृहमन्त्री रामबहादुर थापा ’बादल’

Posted: 2018-10-15 09:17:02

सुनाखरी न्युज/ काठमाडौं - गृहमन्त्री रामबहादुर थापा ’बादल’ ले देशमा शान्ति सुरक्षा सुदृढ गर्ने, सबै प्रकारका अपराध न्यूनिकरण तथा निस्तेज गर्न र नागरिकलाई छिटो छरितो एवं प्रभावकारी सेवा प्रवाह गर्ने जिम्मेवारी पूरा गर्न ...


साइकल यात्रीको ‘बिहेअघि सेक्स नगरौं’ अभियान

Posted: 2018-10-15 06:07:36

सुनाखरी न्युज/ सप्तरी- यहाँका अशोक यादव साइकलका पाइडल घुमाउँदै जहाँ पुग्दा पनि मानिसहरु झुरुप्प जम्मा भइहाल्छन् । उनीप्रति यस्तो आकर्षणको कारण हो, साइकलमा लेखिएको सन्देश । साइकलको अगाडि ‘नो सेक्स विफोर म्यारिज’ लेखिएको प्लेकार्ड टाँसिएको छ । आधा दाह्री फुलेका अशोक उमेरले आधा सय वर्ष पुगे ।...


Advertisements