देश-प्रदेश

देशको अर्थतन्त्र माफियाको हातमा स् गृहमन्त्री थापा

Posted: 2018-05-14 13:05:20

 
सुनाखरी न्युज/
पोखरा — गृहमन्त्री रामबहादुर थापाले देशको अर्थतन्त्र माफिया, ठेकेदार, तस्कर र एकाधिकार (सिन्डीकेट)वालाको हातमा रहेकाले सुशासन, विकास, समृद्धि र शान्ति सुरक्षा कमजोर हुनपुगेको बताएका छन् । देशको विकासको लागि यस्ता प्रवृत्तिको अन्त्य अपरिहार्य भएको भन्दै उनले सरकारले आवश्यक कदम चालेको दाबी गरे । 
 
 
 
‘राजस्व छलि गर्नेको हातमा देशको अर्थतन्त्र छ । बेथिति, अनियमितता, सबै क्षेत्रको तस्करी, कालोबजारी, लागुऔषधको पूर्ण नियन्त्रण र मदिराको व्यवस्थापन नभएसम्म विकास, समृद्धि र शान्ति सुरक्षा पनि हुन सक्दैन,’ प्रेस सेन्टर कास्कीको पत्रकार भेटमा उनले भने, ‘सरकार यस्ता गलत प्रवृत्तिको अन्त्यका लागि दृढतापूर्वक लागेको छ ।’
 
विकास र समृद्धिको एउटा आधार सुशासन, शान्ति र स्थायित्वलाई महत्व दिएर सरकार अघि बढेको उनको भनाई थियो ।
 
ट्याक्सी, ट्रकलगायत यातयात र अन्य क्षेत्रमा विद्यमान सिन्डीकेट अन्त्य गर्ने अभियानमा सरकार लागेको उनले दोहोर्‍याए । विकास, समृद्धि, शान्ति, स्थायित्व, सुशासनलाई स्थापित गर्न भ्रष्टचारलाई जरैदेखि उखेलेर फाल्नुपर्ने र सिन्डीकेटलाई पूर्णरुपमा समाप्त गर्न जरुरी रहेको उनले बताए ।
 
‘यातयात, कृषि, उद्योग, स्वास्थ्यलगायत क्षेत्रमा रहेको एकाधिकारलाई उखेल्न सरकार प्रतिवद्ध छ’ उनले भने, ‘आर्थिक प्रगतिलाई रोक्ने यिनै तत्व हुन । धेरै टाट पल्टने मुठिभर फस्टाउने चलनको अन्त्य आवश्यक छ ।’ खारेज गरिसकेको यातायातमा सिन्डीकेटवाला संस्थाको खातामा रहेको पैसा अवैध भएकाले त्यो सरकारको हुने उनले बताए । यसकालागि एउटा कार्यदल बनेको र त्यसको सिफारीश अनुसार उक्त रकम प्रयोग गर्ने उनको भनाई थियो ।
 
देशमा गुन्डाराजको अन्त्यका लागि गुन्डाको ब्ल्याक लिस्ट तयार भएको भन्दै उलने गुन्डाको ‘सफाया’ गरिने बताए ।
 
देशको आवस्यकता र जनताको जनादेश बिकास र समृद्धि रहेको उनले बताए । सुशासन अभावमा देश पछि परेको उनको टिप्पणी थियो । आगामी बजेटबाट विकासको योजना ल्याउने तयारी भइरहेको उनले बताए । विकासको लागि स्थायित्व र स्थायित्वका लागि पार्टी एकता अहिलेको अपरिहार्यता रहेकाले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुन लागेको उनले बताए । ‘पार्टी एकता अन्तिम चरणमा पुगेको छ । वैचारिक, राजनैतिक र सांगठतिक आधार तयार भएका छन,’ उनले भने ।
 
एक फरक प्रसंगमा गृहमन्त्री थापाले मुलुकमा जाति, धर्म, क्षेत्रको नाममा अस्थिरता ल्याउने तत्वलाई नियन्त्रण र निस्तेज गर्न सरकार प्रतिवद्ध रहेको बताए । यसका लागि काम अघि बढाईसकिएको उनको भनाई थियो ।
 
‘नेपाल बन्दलगायत ध्वंसात्मक काम गर्ने, संविधान र कानुन विपरीत काम काम गर्नेलाई निस्तेज पार्ने (पूर्णत समाप्त पार्न) कठोर कदम चाल्ने छौ,’ विप्लव माओवादीप्रति संकेत गर्दै उनले भने, ‘कठोरतापूर्वका संविधान र कानुनको दायरामा ल्याउने छौं ।’
 



More News



किशोरी अवस्थामै पाठेघरको समस्या

Posted: 2018-05-26 06:20:14

गीता कुँवर/ अछाम – नेपालको संविधानले २० वर्ष पूरा भएपछि मात्र महिलाको विवाहका लागि कानूनी मान्यता दिएको छ। नेपालको सन्दर्भमा यो उमेरका महिला सन्तान जन्माउन पनि शारीरिक रुपमा सक्षम हुन्छन् । तर, पोषिला खानेकुराको अभाव र शारीरिक कमजोरीका कारणले विवाहित र बच्चा जन्माएका आमाको मात्र होइन, अविवाहितको समेत पाठेघर खसेको भेटिन्छ।...


आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

Posted: 2018-05-26 05:50:36

सुनाखरी न्युज/ मंगलबारे – आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् प्रहरी खोरमा परेका छन्। गएराति श्रीमतीको हत्या गरेर फरार अभियुक्त माईजोगमाई गाउँपालिका–५ सोयाङका मदन लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो। माईजोगमाई गाउँपालिका घर भई हाल इलाम नगरपालिका–९ गोलाखर्कमा डेरा गरी बस्दै आएका अन्दाजी ३८ वर्षीय लिम्बूले घरायसी वादविवाद हुँदा आफ्नै श्रीमती बिमला लिम्बूको हत्या गरेको बताइएको छ। ...


नेपालवाटै नेपालीलाई अपहरण गर्न खोज्ने तीन भारतीय सुरक्षाकर्मीसहित चार पक्राउ

Posted: 2018-05-26 05:41:50

सुनाखरी न्युज/ रौतहट – एकजना नेपाली व्यावसायीलाई नेपालबाट अपहरणशैलीमा भारतीय प्रहरीले गाडीमा कोचेर लैजान लागेको अवस्थामा गौर भन्सारबाट नेपाल प्रहरीले चार भारतीयलाई नियन्त्रणमा लिएको छ। भारतीय प्रहरीको गाडी अनुमति नै नलिई नेपाल पसेर एकजना नेपाली व्यावसायीलाई अपहरण शैलीमा लैजान लागेको बेला गौर भन्सारको सुरक्षा चेकजाँच प्वाइन्टमा...


अमेरिकी राजदूतको ओजीपी ‘लबिइङ’, ‘ओजीपी’ जनताप्रति उत्तरदायी बनाउने अभियान हो

Posted: 2018-05-26 05:25:20

सुनाखरी न्युज/ काठमाडौँ — अमेरिकी राजदूत अलैना बी टेप्लिट्जले नेपाल सरकारलाई ‘ओपन गभर्नमेन्ट पार्टनरसिप’ (ओजीपी) को सदस्यता लिन आग्रह गरेकी छन् । उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मन्त्रालयमा भेटेरै त्यस्तो आग्रह गरेकी हुन् । परराष्ट्र अधिकारीका अनुसार भेटमा सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटा पनि थिए । ...


चितवनमा छुट्टाछुट्टै दुर्घटनामा परी एकको मृत्यु, आठ घाईते

Posted: 2018-05-25 14:54:13

सुनाखरी न्युज/ चितवन - चितवनमा भएको छुट्टाछुट्टै भएको दुई वटा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने आठ जना घाईते भएका छन । गयराती पूर्वी चितवनको राप्ती नगरपालिका ११ थाकलटार भन्ने स्थानमा ना ६ त १९५४ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिदा ट्याक्टरमा सवार राप्ती ११ बस्ने वर्ष ६३ का हरिलाल सिङतानको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ...


Advertisements