देश-प्रदेश

पदीय चुनौतीलाई अवसरमा परिणत गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको घोषणा

Posted: 2018-04-12 13:46:23

 
 
सुनाखरी न्युज/
काठमाडौं -नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक सर्वेन्द्र खनालले पदीय चुनौतिलाई अवसरमा परिणत गर्ने बताएका छन् । उनले सशस्त्र प्रहरी बलसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता समेतजनाउँदै आफ्नोपदवहाली गरे । 
 
बिहीबार बिहान गृहमन्त्रालयमा दर्ज्यानी चिह्न ग्रहण कार्यक्रममा खनालले लिखित मन्तव्य संक्षिप्त रुपमा राखेका थिए । पदीय जिम्मेवारीसँगै चुनौति पनि रहेको भन्दै उनले यसलाई आफूले अवसरको रुपमा लिएको बताए ।
 
 
 
आफूसँगै दर्ज्यानी चिह्न ग्रहण गरेका सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई बधाइ दिँदै सर्वेन्द्रले सहकार्य गरेर अघि बढ्ने बताए ।
 
उनले संगठनको प्रभावकारीता बढाउन वृत्ति विकासमा जोड दिने र प्रहरी संगठनको क्रियाकलापलाई पारदर्शी तथा जवाफदेही बनाउने बताए ।
 
गृहमन्त्रालयको ८२ बुँदे कार्ययोजनालाई पालना गर्ने प्रतिवद्धता खनालले जनाए ।
 
सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले ऐन नियमअनुसार इमान्दारीतापूर्वक काम गर्ने र चेन अफ कमाण्ड कायम गर्ने बताए । उनले उपलब्ध स्रोत साधनको परिचालन गरेर सशस्त्रको प्रहरी बललाई आधुनिकीकरण गर्ने पनि बताए ।
 
खनालले आतंककारी गतिविधि र समाजमा खलल पुर्‍याउने कामलाई रोक्नका लागि क्रियाशील हुने बताए । त्यसका लागि आवश्यक नीति नियम निर्माणमा जोड दिने पनि उनले बताए ।
 
सशस्त्र प्रहरीका महानिरीक्षक खनालले पनि गृहमन्त्रालयको ८२ बुँदे कार्ययोजनालाई अनुसरण गर्ने बताए ।
 
गृह मन्त्रालयका सचिव प्रेम कुमार राईले ६ महिना वा एक वर्ष वा मासिक कार्ययोजना बनाएर काम गर्न सुझाव दिए । उनले कर्मचारीहरुको वृत्ति विकासमा ध्यान दिन पनि सुझाव दिए ।



More News



विषाक्त मदिरा सेवनपछि मलेसियामा मृत्यु भएका नेपालीको शव ल्याउन समय लाग्ने

Posted: 2018-09-23 14:01:35

सुनाखरी न्युज/ काठमाडौँ - मलेसियाको क्वालालम्पुर र सेलाङ्गगोर राज्यमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ। थप ४ जनाको अवस्था गम्भीर छ भने अन्य ६ जनाको स्वास्थ्य सुधारोन्मुख छ। मृतकको शव ...


संयुक्त राष्ट्रसंघको ७३औं महासभामा भाग लिन प्रधानमन्त्री के पि शर्मा ओली २१ सदस्यी टोली को नेतृत्व गर्दै अमेरिका प्रस्थान

Posted: 2018-09-23 13:26:36

सुनाखरी न्युज/ काठमाडौँ - राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका उडेका छन । संयुक्त राष्ट्रसंघको महासभा ...


राष्ट्रिय युवा शक्तिको काठमाडौं महानगर कार्यसमिति गठन

Posted: 2018-09-23 09:44:22

सुनाखरी न्युज/ काठमाडौँ - एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को भातृ संगठन राष्ट्रिय युवा शक्तिका काठमाडौं महानगर कार्यसमिति गठन भएको छ । शनिबार भएको भेलाले मदन केसीको अध्यक्षतामा २१ सदस्य कार्यसमिति गठन ...


अमेरिकामा गोली लागि एक नेपालीको मृत्यु, एक घाइते

Posted: 2018-09-22 14:25:05

सुनाखरी न्युज/ अमेरिका – अमेरिका मेरिल्याण्डको हार्डफोर्ड काउन्टीमा गोली चल्दा एक नेपालीसहित तीन अमेरिकी नागरिकको मृत्यु भएको छ भने एक नेपाली घाइते भएका छन्। अमेरिकाको बाल्टिमोर भन्दा ३५ माइल उत्तरपूर्व एबरडिनमा रहेको राइट एड कम्पनीको विरण केन्द्रभित्र गोली चल्दा पर्वत माइती भई कास्की घर भएकी हाल बाल्टीमोर बस्दै आएकी ४१ बर्षीया वृन्दा गिरीको मृत्यु भएको हो। ...


साउदी अरब काम गर्न जाने नेपालीको तलव सुविधा ३०० रियाल बढ्यो, कम्तिमा १३ सय रियाल

Posted: 2018-09-22 07:12:16

सुनाखरी न्युज/ काठमाडौं- साउदी अरबमा काम गर्न जाने कामदारका लागि ६ वर्षपछि न्यूनतम ज्यालामा पुनरावलोकन भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको प्रस्तावलाई गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले स्विकृत गरेको हो। ...


Advertisements