देश-प्रदेश

यो वर्षको आर्थिक बृद्धि ४.९ प्रतिशतमात्रै हुने एडीबीको प्रक्षेपण

Posted: 2018-04-11 13:51:00

 
 
सुनाखरी न्युज/
काठमाडौं- एसियाली विकास बैंक (एडीबी) ले नेपालको चालु आर्थिक वर्षक २०७४र०७५ को आर्थिक वृद्धिदर ४.९ मा सीमित हुने प्रक्षेपण गरेको छ ।
 
गत २०१७ को सेप्टेम्बरमा ४.७ प्रतिशतले आर्थिक वृद्धि हुने आँकलन गरेको एडीबीले यसलाई संशोधन गरेर अहिले ४.९ प्रतिशत पुर्‍याएको हो ।
 
 
 
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत भने ७.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने लक्ष्य राखेको थियो । एडीबीले भने सरकारले तोकेको लक्ष्यभन्दा कम वृद्धिदर मात्र हासिल हुने प्रक्षेपण गरेको हो ।
 
गत आर्थिक वर्षको तुलनामा यो वर्ष कोदो र मकै जस्ता वर्षे बालीको उत्पादन बढ्ने आँकलन गरिएको छ ।
 
विगतमा भएको राजनितीक अस्थिरतासँगै उत्पादनमुलक उद्योगमा भएको कम लगानीका कारण यो वर्षको औद्योगिक वृद्धिदरमा असर गर्ने एडीबीको दावी छ । तर थोक तथा खुद्रा ब्यापार विस्तार, वित्तीय मध्यस्थता यात्रा तथा पर्यटन क्षेत्रको वृद्धिदर भने बढ्ने अनुमान गरिएको छ ।
 
एडीबीले आर्थिक वर्ष २०७५र०७६ मा कुल गार्हस्थ उत्पादन (जीडीपी) को आकार ५.५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । आर्थिक वर्ष २०७५र०७६ मा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि विद्युत आयातमा कमी आउने एडीबीको आँकलन छ ।
 
तर, स्थानीय सरकार प्रदेश सरकारहरु खर्चमा बृद्धि र कमजोर राजस्व परिचालनका कारण बजेट घाटा भने बढ्न सक्ने एडीबीको आँकलन छ ।
 
चालु आर्थिक वर्षमा मुद्रास्फ्रिति बढेर ५.५ प्रतिशत पुग्ने एडीबीले बताएको छ । गत वर्ष यस्तो मुद्रास्फ्रिति ४.५ प्रतिशत रहेको थियो । यो वर्ष नेपाल राष्ट्र बैंंकले चालु आर्थिक वर्षमा मुद्रास्फीतीलाई ७ प्रतिशत भन्दा कम राख्ने लक्ष्य राखेको छ ।



More News



निजी विद्यालयहरुले असुलेका शुल्क फिर्ता गर्न शिक्षा विभागमा विद्यार्थीको धर्ना

Posted: 2018-04-25 15:38:56

सुनाखरी न्युज/ काठमाडौँ — निजी विद्यालयहरुले भर्नाको बेला असुलेका चर्को शुल्क फिर्ता लिन दबाव दिने उद्देश्यले विद्यार्थी संगठनहरुले बुधबार शिक्षा विभागमा धर्ना दिएका छन् । अनेरास्ववियू, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैटौंलगायत विद्यार्थी संगठनले शिक्षा विभाग भक्तपुरमा करिब डेढ घण्टा धर्ना दिएका हुन् । ...


लोकतन्त्रको एक दशक लोकतन्त्रकै उपहास, ब्यवस्था फेरियो चरित्र उही

Posted: 2018-04-24 09:54:34

सुनाखरी न्युज/ काठमाडौं – मुलुकमा लोकतन्त्र वहाली भएको एक दशक पुरा भएको छ । यो अवधिमा ब्यवस्था फेरियो चरित्र उही रहेकोले लोकतन्त्रत्रै उपहास भएको छ । मुलुकको जीवनमा एक दशक छोटो हुन सक्ला तर व्यक्तिका निम्ति यो एक युग हो । तथापि, हाम्रो मुलुकका निम्ति बितेको दशक विश्वकै लागि अपत्यारिलो हुने गरी घटनाप्रधान रह्यो । ...


महिलाजति चोरबाटो विदेश किन जान्छन् ?

Posted: 2018-04-21 06:47:24

सुनाखरी न्युज/ धनगढी — कैलाली कनरीकी २१ वर्षीया लक्ष्मी चौधरी चार वर्षअघि अवैध बाटो भएर घरेलु कामदारका रूपमा कुवेत पुगिन् । त्यहाँ उनले सोचेजस्तो काम र दाम पाउन सकिनन् । दुई वर्ष नबित्दै फर्किइन् । जाँदाजस्तो फर्किन सजिलो भएन, लक्ष्मीलाई ।...


कस्तो होला नयाँ वर्ष? ज्योतिषी यसो भन्छन्

Posted: 2018-04-15 11:09:55

सुनाखरी न्युज/ काठमाडौं- विक्रम सवत् २०७५ विरोधकृत नाम संवत्सर हो। यो वर्षका राजा सूर्य तथा मन्त्री शनि ग्रह हुन्। राजा सूर्य र मन्त्री शनिले आपसमा शत्रुत्वको भाव राख्नाले वर्ष व्यवस्था उत्कृष्ट हुन मुस्किलै पर्ला, राष्ट्रिय समस्या समाधानतर्फ उदासीनता कायमै रहला। जनहितका कार्यक्रममा जनप्रतिनिधिहरूको खासै ध्यान नपुग्ला। ...


पदीय चुनौतीलाई अवसरमा परिणत गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको घोषणा

Posted: 2018-04-12 13:46:23

सुनाखरी न्युज/ काठमाडौं -नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक सर्वेन्द्र खनालले पदीय चुनौतिलाई अवसरमा परिणत गर्ने बताएका छन् । उनले सशस्त्र प्रहरी बलसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता समेतजनाउँदै आफ्नोपदवहाली गरे ।


Advertisements