देश-प्रदेश

मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम सकियो, ब्रेक थ्रू विहिबार

Posted: 2018-04-10 21:14:07

 
सुनाखरी न्युज/
काठमाडौं-
बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना अन्तर्गत र्निाण भएको सुरुङको ‘ब्रेक थ्रू’ आगमी विहिबार हुने भएको छ । आयोजनाको सुरुङमार्ग खन्ने काम सकिएकाले विहिबार प्रधानमन्त्री केपी शर्मा ओलीको अपस्थितिमा आयोजना अन्तर्गत सुरुङको ब्रेक थ्रु गर्न लागिएको हो । 
सुरुङमार्ग छिचोल्नका लागि बाँकी रहेको ग्याल्थुम सिन्धु ९ किमी सुरुङमार्गमध्ये ३.९ मिटर खनेर पूरा गरिएको ब्रेक थ्रु भएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र प्रसाद पन्तले जानकारी दिए ।  उनका अनुसार सो आयोजना अन्तर्गत अब सुन्दरीजलबाट मेलम्ची हेडवर्क्ससम्म सुरुङभित्रैभित्रै पुग्न सकिने छ । यसअघि सो सुरुङ मार्गलाई विभिन्न खण्डमा विभाजनगरी प्रत्येक खण्डको अलग अलग रुपमा ब्रेक थ्रु गरिएको थियो । 
मेलम्ची आनेपानी आयोजनाले २६ किलोमिटर लामो सुरुङ खन्ने काम सकीएको र यो कार्य ऐतिहासिक उपलब्धि भएको  जनाएको छ । आगामी २०७५ को दशैँअघि मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर पानी प्रशोधन गरी काठमाडौं उपत्यकाभित्र ल्याउने गरी काम गरेको समेत आयोजनाले जनाएको छ ।
आयोजनाले हेडवर्क्सको मुख्य संरचना भेण्ट साफ्ट तथा सुरुङको फाइनल फिनिसिङको काम भने अझै बाँकी नै रहेको आयोजनाले जनाएको छ ।  सो आयोजनाका अनुसार हालसम्म मेलम्ची आयोजनामा २४ अर्ब २२ करोड रुपैयाँ खर्च भएको छ ।
सुरुङ निर्माण कार्य समयमा नै सक्नकालागि सरकारले सुरुङमार्गलाई तीनवटा खण्डमा विभाजन गरेर काम अघि बढाएको थियो । त्यसमध्ये सबैभन्दा लामो सुन्दरीजल–सिन्धुखण्ड ९.४ किमी गत बर्ष व्रेक थ्रु भएको थियो । त्यस्तै दोस्रो लामो ग्याल्थुम–अम्वाथान खण्ड ८.२ किमी गत पुसमा पुरा भएको थियो । बाँकी तेस्रो तथा अन्तिमखण्डकारुपमा ग्याल्थुम–सिन्धु ९ किमी सुरुङमार्गमध्ये ३.९ मिटर खनेर पूरा गरिएको ब्रेक थ्रु भएको हो । 
आयोजनाका अनुसार सुरुङमार्ग खन्नेकाम सकिएको भएपनि सवै काम सकेर राजधानीमा पानी आउन भने अझै आगामी दशैंसम्म कुर्नुपर्ने छ । दशैं अगाव कसवै काम सक्नेगरी तयारी भैरहेको आयोजनाले जनाएको छ । 
मेलम्चीको पानी सुन्दरीजलहुँदै काठमाडौंमा वितरण भएसँगै  आयोजनाले दोस्रो चरणको काम समेत शुरु गर्नेगरी आवश्इक तयारी समेत थालेको जनाएको छ । दोस्रो चरणमा याङ्ग्री र लार्के नदीबाट दैनिक १७ करोड लिटर गरी थप ३४ करोड लिटर खानेपानी थप गर्ने कामका लागि परामर्शदाता परिचालन भैसकेको बताइएको छ ।  परामर्शदाताले एक वर्षभित्रमा आयोजनाको विस्तृत डिजाइन प्रतिवदेन पेश गर्ने जनाएको छ । हालसम्मको तयारी अनुसार दोस्रो चरणको परियोजनाको आगामी आर्थिक वर्षबाट निर्माणकार्य सुरु गर्ने आयोजनाले जनाएको छ ।
सिन्धुपाल्चोकको हेलम्बु स्थित मेलम्ची नदी मुहानबाट काठमाडौंको सुन्दरीजलसम्म २६ किलोमिटर लामो सुरुङ निर्माण गरी १७ करोड लिटर पानी उपत्यका ल्याउने आयोजनाको लक्ष्य छ । आयोजनाको दोस्रो चरणको रुपमा याङ्ग्री र लार्के खोलाबाट ३४ करोड लिटर पानी ल्याउन आवश्यक पहुँच मार्गको दस किलोमिटर ट्रयाक खोल्ने काम समेत सम्पन्न भैसकेको छ । दोस्रो चरणको लागि मेलम्ची मुहान माथी डाईभर्सन गर्न करिब ११ किलोमिटर लामो सुरुङ निर्माण गर्ने लक्ष्य  राखिएको छ । 
 



More News



पूर्वी रुकुममा जीप दुर्घटना, सात जनाको मृत्यु

Posted: 2018-07-18 18:59:44

सुनाखरी न्युज/ रुकुम - रुकुम पूर्वको सिस्ने गाउँपालिका(५ धारापानीमा जीप दुर्घटना हुँसात सात जनाको मृत्यु भएको छ । लु १ ज २५७३ नम्बरको जीप दुर्घटना भएको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए । उनका अनुसार उद्दार कार्य जारी रहेको छ । ...


खानेपानीको जारभित्र भेटियो किरा र लार्भा, कोक, फेन्टा र ड्युमापनि फोहोर

Posted: 2018-07-18 07:09:25

सुनाखरी न्युज/ विराटनगर – उपभोग्य वस्तुको अनुगमन गर्ने निकाय निकम्मा हुँदा बजारमा अखाद्य र म्याद गुज्रिएका सामग्री भेटिन थालेका छन् । अखाद्य र मिसावट भएका तथा म्याद गुज्रिएका दैनिक उपभोग्य वस्तुको बिक्री खुलेआम हुँदा पनि स्थानीय प्रशासन मौन देखिएको छ ।...


नेविसंघको प्रदर्शनमा प्रहरीको लाठी

Posted: 2018-07-17 14:58:58

सुनाखरी न्युज/ काठमाडौँ - चिकित्सा शिक्षा विधेयक र सरकारका पछिल्ला गतिविधिको विरोध गर्न नेविसंघले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको छ। माइतिघरबाट बानेश्वरतर्फ आइरहेका नेविसंघका कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको हो। नेविसंघका कार्यकर्ताले बीचको लेन प्रयोग गरेर प्रदर्शन गर्न ...


आज साउने संक्रान्ति अर्थात कर्कट संक्रान्ति, सूर्य दक्षिणायन हुँदै, लुतो फाल्ने दिन

Posted: 2018-07-17 10:25:52

सुनाखरी न्युज/ काठमाडौँ - आज साउने संक्रान्ति सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ। निरयण सिद्धान्तअनुसार सूर्य दक्षिणायन हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यो दिनलाई महत्त्वपूर्ण दिनका रूपमा लिइन्छ । साउने संक्रान्ति सँगै ...


आजका प्रमूख समाचार यस्ता छन्...

Posted: 2018-07-17 07:13:24

सुनाखरी न्युज/ काठमाडौं– संघअन्तर्गत रहेका अधिकांश जिल्ला कार्यालय आज (मंगलबार) देखि खारेज हुँदै छन् । संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालयहरू खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएका हुन् । सरकारले १ साउनदेखि लागू हुने गरी खारेज हुने जिल्ला कार्यालयको सूची सार्वजनिक गरेको थियो । ...


Advertisements