देश-प्रदेश

निजी विद्यालयहरुले असुलेका शुल्क फिर्ता गर्न शिक्षा विभागमा विद्यार्थीको धर्ना

Posted: 2018-04-25 15:38:56

 
सुनाखरी न्युज/
काठमाडौँ — निजी विद्यालयहरुले भर्नाको बेला असुलेका चर्को शुल्क फिर्ता लिन दबाव दिने उद्देश्यले विद्यार्थी संगठनहरुले बुधबार शिक्षा विभागमा धर्ना दिएका छन् । अनेरास्ववियू, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैटौंलगायत विद्यार्थी संगठनले शिक्षा विभाग भक्तपुरमा करिब डेढ घण्टा धर्ना दिएका हुन् ।
 
 
 
शुल्कवृद्धि रोक्न र लिइसकेको शुल्क फिर्ता लिने उद्देश्यले शिक्षा विभाग घेराउ गरेर धर्ना दिइएको अनेरास्ववियूका सचिव आरसी लामिछानेले बताए।निजी विद्यालयहरुले शिक्षा मन्त्रालयले जारी गरेको संस्थागत विद्यालय शुल्क मापदण्ड निर्दे्शिका २०७२ कार्यान्वयन नगरेको भन्दै ती संगठनहरुले विरोध जनाउँदै आएका छन्।
 
शुल्क वृद्धि फिर्ता गराउन र फिर्ता नगर्ने विद्यालयलाई कारवाही गर्न दबाब दिन विद्यार्थी संगठनहरुले आन्दोलनको घोषणा गरेका हुन्। वैशाख १४ गतेभित्र शुल्क फिर्ता लिन देशभरका स्थानीय तहका प्रमुखहरुको कार्यालय घेराउसहित धर्ना दिने ती विद्यार्थी संगठनले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ।
 
आगामी बजेटमा शिक्षा क्षेत्रमा २० प्रतिशत बजेट छुट्टाउन, चर्को शुल्क वृद्धि घटाउन, शैक्षिक प्रमाणपत्रको आधारमा विद्यार्थीलाई कर्जा दिन, विद्यालय तहको शिक्षा निशुल्क बनाउन दबाव दिने उद्देश्यले प्रधानमन्त्रीलाई समेत ज्ञापन पत्र बुझाउने लामिछानेले जानकारी दिए।
 
अनेरास्ववियूका कार्यवहाक अध्यक्ष महेश बर्तौला, नेविसंघ अध्यक्ष नैनसिंह मगर, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अखिल छठौंका अध्यक्ष विमल पोखरेल लगायतले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका हुन्।
 
शुल्क वृद्धि, विवादित नवौं शिक्षा ऐनको खारेजी लगायतका विषयमा विद्यार्थी संगठनहरुले दबावमूलक कार्यक्रम गर्दै आएका छन्।
 



More News



निजी विद्यालयहरुले असुलेका शुल्क फिर्ता गर्न शिक्षा विभागमा विद्यार्थीको धर्ना

Posted: 2018-04-25 15:38:56

सुनाखरी न्युज/ काठमाडौँ — निजी विद्यालयहरुले भर्नाको बेला असुलेका चर्को शुल्क फिर्ता लिन दबाव दिने उद्देश्यले विद्यार्थी संगठनहरुले बुधबार शिक्षा विभागमा धर्ना दिएका छन् । अनेरास्ववियू, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैटौंलगायत विद्यार्थी संगठनले शिक्षा विभाग भक्तपुरमा करिब डेढ घण्टा धर्ना दिएका हुन् । ...


लोकतन्त्रको एक दशक लोकतन्त्रकै उपहास, ब्यवस्था फेरियो चरित्र उही

Posted: 2018-04-24 09:54:34

सुनाखरी न्युज/ काठमाडौं – मुलुकमा लोकतन्त्र वहाली भएको एक दशक पुरा भएको छ । यो अवधिमा ब्यवस्था फेरियो चरित्र उही रहेकोले लोकतन्त्रत्रै उपहास भएको छ । मुलुकको जीवनमा एक दशक छोटो हुन सक्ला तर व्यक्तिका निम्ति यो एक युग हो । तथापि, हाम्रो मुलुकका निम्ति बितेको दशक विश्वकै लागि अपत्यारिलो हुने गरी घटनाप्रधान रह्यो । ...


महिलाजति चोरबाटो विदेश किन जान्छन् ?

Posted: 2018-04-21 06:47:24

सुनाखरी न्युज/ धनगढी — कैलाली कनरीकी २१ वर्षीया लक्ष्मी चौधरी चार वर्षअघि अवैध बाटो भएर घरेलु कामदारका रूपमा कुवेत पुगिन् । त्यहाँ उनले सोचेजस्तो काम र दाम पाउन सकिनन् । दुई वर्ष नबित्दै फर्किइन् । जाँदाजस्तो फर्किन सजिलो भएन, लक्ष्मीलाई ।...


कस्तो होला नयाँ वर्ष? ज्योतिषी यसो भन्छन्

Posted: 2018-04-15 11:09:55

सुनाखरी न्युज/ काठमाडौं- विक्रम सवत् २०७५ विरोधकृत नाम संवत्सर हो। यो वर्षका राजा सूर्य तथा मन्त्री शनि ग्रह हुन्। राजा सूर्य र मन्त्री शनिले आपसमा शत्रुत्वको भाव राख्नाले वर्ष व्यवस्था उत्कृष्ट हुन मुस्किलै पर्ला, राष्ट्रिय समस्या समाधानतर्फ उदासीनता कायमै रहला। जनहितका कार्यक्रममा जनप्रतिनिधिहरूको खासै ध्यान नपुग्ला। ...


पदीय चुनौतीलाई अवसरमा परिणत गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको घोषणा

Posted: 2018-04-12 13:46:23

सुनाखरी न्युज/ काठमाडौं -नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक सर्वेन्द्र खनालले पदीय चुनौतिलाई अवसरमा परिणत गर्ने बताएका छन् । उनले सशस्त्र प्रहरी बलसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता समेतजनाउँदै आफ्नोपदवहाली गरे ।


Advertisements