अन्तर्बार्ता

आर्थिक र बौद्धिक लगानी उत्तिकै महत्वपूर्ण छन्: जीवा लामिछाने, संरक्षक तथा पुर्वअध्यक्ष गैरआवासीय नेपाली संघ

Posted: 2018-10-10 19:13:43

जीवा लामिछाने गैरआवासीय नेपाली संघ संघको स्थापनाकालदेखि नै लगातार रुपमा सक्रिय रहँदै आउनुभएको छ ।   नेपालको आर्थिक विकासमा गैरआवासीय नेपालीहरुले सामूहिक लगानीबाटै टेवा पुराउन सक्ने विश्वास लामिछानेको रहेको छ ।  संघको संरक्षक तथा पुर्वअध्यक्ष समेत रहनु भएका लामिछानेसंग गैरआवासीय नेपाली संघको समाचार संयोजक चिरन शर्माले नेपालमा हुन लागेको विज्ञ सम्मेलनको सम्वन्धमा गरिएको कुराकानी ।
 
 
० गैरआवासीय नेपाली संघलाई विज्ञ सम्मेलन गर्न आवश्यक प(यो रु
 
– राजनीतिक एजेन्डा सम्वोधन भइसकेकाले अब मुलुक आर्थिक विकासमा केन्द्रित हुनेछ । गैरआवासीय नेपाली समुदायको त्यसमा भूमिका रहनेछ भन्ने कुरामा मलाई सन्देह छैन । नेपालको भावी यात्रालाई सफल बनाउन हामीले संसारभरिबाट क्षमताअनुसारको साधनस्रोत जुटाएर, आफ्नो ज्ञान र सिप लगाएर ठूलो उत्साहका साथ हातेमालो गर्नुपर्छ । राष्ट्र निर्माणको यो अभियानमा योगदान गर्नका लागि विदेशमा रहेका प्रविधि, ज्ञान र क्षमतायुक्त मानव संसाधनको बढिभन्दा बढी प्रयोग गर्ने उद्देश्यले यो सम्मेलन गर्न लागिएको हो । नेपालले हामीबाट यही भूमिकामा अझ व्यापक र विस्तार होस् भनेर अपेक्षा गरेको छ ।
 
 
० नेपाल सरकारले देशमा ट्रेन, ग्यास, पानी जहाज, १० औं हजार मेघावाट विजुलीलगायतका महत्वकांक्षी  योजना अघि सारेको छ यी योजनामा एनआरएनले कसरी टेवा पु¥याउन सक्छन् रु
 
– पूर्वाधार निर्माण, विशेषगरी जलविद्युत उत्पादनमा गैरआवासीय नेपालीले लगानी गरेका छन् । त्यस क्षेत्रमा लगानी अझै बढ्न सक्छ । त्यसैगरी पर्यटन, कृषि आदि क्षेत्रमा पनि केही साथीहरुले लगानी गर्नुभएको छ । वर्तमान कार्यसमितिका साथीहरुले पूर्वाधार निर्माण र ठूला योजनामा लगानी गर्ने उद्देश्यले सरकारको समेत सहभागिता रहने गरी ‘सामुहिक लगानी कोष’ स्थापना गर्ने दिशातर्फ गृहकार्य सुरु गरिसकेको मैले खबर पाएको छु । सामुहिक सहभागिताका आधारमा सरकारले अघि सारेका योजनाहरुमा गैरआवासीय नेपालीहरुले अवश्य लगानी गर्ने छन् ।
 
 
० आर्थिक लागानी छाडेर एनआरएन बैद्धिक लगानीतिर लाग्न थालेको हो भन्न मिल्छ रु
– गैरआवासीय नेपालीको लगानीको कुरा गर्दा आर्थिक र बौद्धिक लगानी उत्तिकै महत्वपूर्ण छन् । आर्थिक लगानीको कुरा गर्दा देशको अर्थतन्त्रलाई कायापलट गर्ने गरी लगानी गर्न सक्ने हैसियत हाम्रो अझै बनिसकेको छैन । पहिलो पुस्ता भएर पनि नेपाली डायस्पोराले छोटो समयमा गरेको प्रगतिलाई कम आँक्न मिल्दैन । केही समययता व्यापार, व्यवसायमा उल्लेख्य प्रगति गर्ने नेपालीको संख्यामा व्यापक वृद्धि हुँदैछ । केही अग्रज नेपालीको सफलताको कथाले अरू नेपालीलाई पनि आफ्नो क्षमताले केही सुरुआत गर्नुपर्ने रहेछ भन्ने भावना जगाइदिएको छ । जोखिम लिनुको सट्टा जागिर खाएर ढुक्कको जीवन गुजार्ने मानसिकतालाई अलिकति जोखिम होस् तर उद्यमी नै बन्नुपर्छ भन्ने भावनाले विस्थापित गर्दैछ । तर गैरआवासीय नेपालीहरुले बौद्धिक क्षेत्रमा अहिले नै ठूलो योगदान गर्नसक्ने सम्भावना मैले देखेको छु । कतिपय बहुउद्देश्यीय कम्पनीका उच्च तहमा अहिले नेपालीलाई भेट्न सकिन्छ । त्यसैगरी विश्वका प्रतिष्ठित विश्वविद्यालय र अनुसन्धान प्रतिष्ठानमा नेपाली समुदायको गर्विलो उपस्थिति देखिइसकेको छ ।
 
 
० नेपालमा हुदै गरेको राजनीतिक स्थायित्वपछि गैरआवासीय नेपालीहरुको भुमिका फेरिएको हो रु
– हाम्रो अभियानको मूलमन्त्र नै ‘नेपालीका लागि नेपाली’ भएकोले हाम्रो भूमिका संधै नेपालको समग्र उन्नतिमा योगदान पु¥याउने नै हो । हामीले त्यो मूल भावनालाई कहिल्यै कमजोर हुन दिनु हुन्न । उद्देश्य त्यही हो । त्यसलाई निर्वाह गर्ने बाटो फरक–फरक हुन सक्ला । देशमा अहिले राजनीतिक स्थिरता कायम रहेकोले हामीलाई यो जिम्मेवारी निर्वाह गर्ने राम्रो वातावरण बनेको मैले महसुस गरेको छु ।
 
० वर्तमान कार्य समितिबारे तपाईंका टिप्पणी रु
 
– यस विषयमा अहिले टिप्पणी नगरौं । पुरानो कार्यसमितिले सुरु गरेका प्रोजेक्टलाई वर्तमान कार्य समितिले समय मै सम्पन्न गर्नेछौं भनेर कबूल गरेको छ । त्यो समय–सीमासम्म उहाँहरुलाई काम गर्न दिउँ ।
 
० गैरआवासीय नेपाली समुदायलाई तपाईं केही भन्नु छ रु
 
– हामीले उठान गरेका धेरै मुद्दा सम्बोधन भएर आएका छन् । गैरआवासीय नेपाली समुदायलाई नेपाल सरकार र नेपालको हरेक वर्गले जिम्मेवारपूर्ण समुहको रुपमा लिएको छ । अब मातृभूमिका लागि केही गरेर देखाउने पालो हाम्रो हो । सबै साथीहरुले यो जिम्मेवारीबोध गरेर आ–आफ्नो क्षेत्रबाट सक्दो योगदान गरौं ।
 
९एनआरएन ग्लोवलको विषेशांकबाट सम्पादित अंश०
 



More News



ईच्छा शक्ति भएमा केहीले पनि रोक्दैन भन्ने उदाहरण बनेकी छन् शाखा अधिकृत शारदा पन्थी

Posted: 2018-12-05 20:01:30

सुनाखरी न्युज/ गुल्मी- गुल्मी जिल्लाको रेसुंगा न.पा.वडा नं.६मा मित्रलाल मरासिनी र लक्ष्मी मरासिनीको दोस्रो सन्तानको रुपमा जन्मनु भएकी शारदा पन्थीको १९ वर्षकै उमेरमा प्रविणता प्रमाणपत्र तह पढ्दा पढ्दै विवाह प्रहरी निरीक्षक गोविन्द पन्थी संग भएको थियो ।श्रीमानले साथ दिए र वातावरण पाएमा महिलाले प्रगती गर्न सक्छन् भन्ने उदाहरण उहाँ बन्नु भएको छ। १ छोरा र १ छोरी की आमा बनेकी शारदाले उक्त अवधीमा मास्टर डिग्री गरी लोकसेवाको तयारी गरी खुल्ला प्रतिस्पर्धामा नाम निकाल्न सफल शारदा पन्थी संगको सफलता कसरी मिल्यो भन्ने सन्दर्भमा हाम्रा संवादाताले गरेको कुराकानी – ...


१५ औं पञ्चवर्षिय योजनाको खाकामा समृद्ध नेपालः प्रा.डा. कँडेल

Posted: 2018-11-04 13:26:38

राष्ट्रिय योजना आयोग मुलुकको विकासका लागि योजना तय गर्ने मुख्य निकाय हो । मुलुकले पहिलोपटक संघीय संरचनाको अभ्यास गरिरहेको अवस्थामा संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारबीच समन्वय गरी समृद्धिको लक्ष्यअनुरूपका योजनाहरू ल्याउनुपर्ने आवश्यकता छ । संघीयतालाई संस्थागत गर्दै वर्तमान सरकारको लक्ष्यअनुसार मुलुकलाई समृद्धिको मार्गमा अगाडि बढाउन आयोगले के कस्तो तयारी गर्दै छ त्यस बिषयमा योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलसँग गरिएको कुराकानीको संक्षेपः...


रेटिङ ‘ओपिनियन’ हो, सिफारिस वा सल्लाह होइनः साजन गोयल

Posted: 2018-10-17 05:47:02

नेपालको हकमा क्रेडिट रेटिङको अवधारणा नयाँ हो। यहाँ क्रेडिट रेटिङ एजेन्सी सुरु भएको पनि पाँच वर्षमात्रै भएको छ। स्वेच्छाले क्रेडिट रेटिङ गराउने परिपाटी बसिनसकेको नेपालमा अधिकांश रेटिङहरु नियमनकारी निकायले लागू गरेका बाध्यात्मक प्रावधानका कारण भएको पाइन्छ। कम्पनीहरुले आफ्नो वास्तविक अवस्था बाहिर ल्याउन नचाहेका कारण स्वेच्छाले रेटिङ गराउने परिपाटी सुरु हुन नसकेको बताइन्छ। यसै सन्दर्भमा क्रेडिट रेटिङ, यसका फाइदारबेफाइदा, लागत तथा नेपालमा क्रेडिट रेटिङको अवस्थाबारे मुलुकको दोस्रो रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालका सिइओ साजन गोयलसँगको कुराकानीको सम्पादित अंशः...


धेरै हाइप्रोफाइलका सेक्स स्क्याण्डल पनि बाहिर आउन सक्छनः समाजशास्त्री

Posted: 2018-10-13 06:28:51

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार अहिले सबैभन्दा बढी आलोचित भएको र रक्षात्मक अवस्थामा पुग्नुको पछाडि राजनीतिक भन्दा पनि सामाजिक कारण छन् भन्दा बहस अवश्य होला । तर, सामाजिक अपराधहरुको नियन्त्रण गर्न नसके पनि अपराधीलाई कारवाही गर्ने सन्दर्भमा समेत सरकार असफल भएको भन्दै नागरिक स्वस्फूर्त विरोधमा उत्रेका छन् ।प्रस्तुत छ, समाजशास्त्री ढकालसँग बलात्कार र यौनजन्य हिंसाका घटनाहरुको सन्दर्भमा समाजशास्त्रीय कोणबाट गरेको प्रश्नोत्तर –


आर्थिक र बौद्धिक लगानी उत्तिकै महत्वपूर्ण छन्: जीवा लामिछाने, संरक्षक तथा पुर्वअध्यक्ष गैरआवासीय नेपाली संघ

Posted: 2018-10-10 19:13:43

जीवा लामिछाने गैरआवासीय नेपाली संघ संघको स्थापनाकालदेखि नै लगातार रुपमा सक्रिय रहँदै आउनुभएको छ । नेपालको आर्थिक विकासमा गैरआवासीय नेपालीहरुले सामूहिक लगानीबाटै टेवा पुराउन सक्ने विश्वास लामिछानेको रहेको छ । संघको संरक्षक तथा पुर्वअध्यक्ष समेत रहनु भएका लामिछानेसंग गैरआवासीय नेपाली संघको समाचार संयोजक चिरन शर्माले नेपालमा हुन लागेको विज्ञ सम्मेलनको सम्वन्धमा गरिएको कुराकानी ।...


Advertisements