अन्तर्बार्ता

उत्कृष्ट बाणिज्य वन्दै छ कृषि विकास बैंकः लिलाप्रकाश सिटौला

Posted: 2018-07-11 12:07:09

 
कृषिक्षेत्रमा काम गर्ने भन्दै २०२४ सालमा स्थापना भएको बैङ्क यतिबेला विकास बैङ्कबाट परिवर्तन भई कमर्सियल बैङ्क बनिसकेको छ । राष्ट्र बैङ्कमा फस्ट क्लास अफिसर भएर काम गरिसकेका लिलाप्रकाश सिटौलाले सीईओको जिम्मेवारी सम्हालेपछि कृषि विकास बैङ्कले आफ्नो परम्परागत छविलाई परिवर्तन गर्दै ‘हाइटेक’ छवि बनाएको छ । यसै सन्दर्भमा बैंकका प्रमूख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलासँग गरिएको कुराकानीको संक्षेप ।
कृषि विकास बैङ्क देशकै उत्कृष्ट वाणिज्य बैङ्क बन्न सक्दैन ? 
कृषि विकास बैङ्क नेपालको उत्कृष्ट वाणिज्य बैङ्क बन्ने लगभग अन्तिम चरणमा छ । मैले केही एक्सन प्लानहरू बनाएको थिए र ती प्लानलाई निष्कर्षमा पुर्याउँछु भनेको थिएँ र हामी निष्कर्षमा पुग्ने चरणमा छौँ । खासमा कृषि विकास बैङ्कलाई आधुनिकीकरण गर्ने मेरो सोच थियो । त्यहीअनुसार बैङ्कलाई आधुनिक बैङ्कको रूपमा अगाडि बढाएको हुँ । कमर्सियल बैङ्कहरूले दिने सबैखाले सेवा सुविधा हामीले पनि दिएका छौँ । जस्तैः ई–बैैङ्किङ, मोबाइल बैङ्किङ, डेबिट–क्रेडिट कार्डलगायत आईपीसी, ईसीजीको सुविधा दिएका छौँ । साथै आईपीओ, एफपीओ खरिद बिक्रीका लागि सी–आस्वा सेवा पनि दिएका छौँ । 
सुरक्षाको हिसाबले पनि कमर्सियल बैङ्कले भन्दा सुरक्षित बैङ्किङ सुविधा हामीले उपलब्ध गराएका छौँ । सुरक्षा विशेषता भएका नयाँ नयाँ प्रविधि हामीले भित्र्याइसकेका छौँ । कृषि विकास बैङ्कको पुरानो समस्या भनेको आईटीको थियो । आईटी पोलिसी बनायौँ र आईटीलाई आर १६ कोर बैङ्किङ सिस्टम (सीबीएस) मा विकास गरिसकेका छौँ । कर्मचारी व्यवस्थापनमा पनि हामीले ठूलै फड्को मारेका छौँ । नयाँ पुस्तालाई अवसर दिनुका साथै पुराना कर्मचारीलाई स्तर वृद्धिका लागि नयाँ नयाँ तालिम दिने कार्यलाई तीव्र पारेका छौँ । कर्मचारी व्यवस्थापनमा पारदर्शी भएका छौँ । भर्खरै मात्र आठ सयजना नयाँ कर्मचारीको नियुक्ति गरेका छौँ । करियर डेभलपमेन्ट अनि प्रोमसनका कुरामा हामीले विशेष ध्यान दियौँ । अब हामीकहाँ इन्टरनल कन्ट्रोल सिस्टममा कुनै पनि समस्या छैन । सबैभन्दा ठूलो समस्या हिसाब मिलानको थियो त्यो पनि हामीले यो आर्थिक वर्षबाट पूर्णरूपमा समाधान गर्दैछौँ । राष्ट्र बैङ्कको नीतिअनुसार नीति नियम बनाएर रिस्क म्यानेजमेन्ट, विजनेस कन्टिन्युटी प्लान, लिक्विडिटी, इन्टरनल अडिट पोलिसी, क्रेडिट पोलिसी, गाइडलाइन पूर्ण रूपमा तयार भएर बोर्डले पास गरी लागू पनि भइसकेका छन् । यसले गर्दा आन्तरिक रूपमा हामी बलियो बनेका छौँ । 
तपाईंहरू विशुद्ध कमर्सियल बैङ्कका रूपमा परिवर्तन भइसक्नुभएको छ ?
हो, विकास बैङ्कको अवधारणालाई परवर्तन गरी हामी पूर्ण रूपमा वाणिज्य बैङ्कको लयमा छौँ । बैङ्कका सबै शाखालाई सीबीएस प्रणालीमा ढाली सकेका छौँ । बैङ्कको पूर्ण सिस्टमलाई पनि अडिट गरिरहेका छौँ । बैङ्कले व्यापार बिस्तारलाई पनि तीव्र पारेको छ । बैङ्कको आम्दानी धेरै राम्रो बढेको छ । हामीले एलसी (प्रतित पत्र), ग्यारेन्टी (बैङ्क जमानत), विदेशी मुद्रा लेनदेनलगायतको कार्य गरेका छौँ । साधारण सभालाई निरन्तरता दिएका छौँ । अब कृषि विकास बैङ्कलाई हामीले विशुद्ध कमर्सियल बैङ्क बनाइसकेका छौँ । 
कृषि विकासको नाम त परिवर्तन गर्नु भएन नि ?
नाम परिवर्तनको कुरा पनि उठेको हो तर हाम्रो परम्परागत ग्राहकको सङ्ख्या ठूलो छ । हामीले एकैचोटि आफ्नो परम्परालाई पूरै परिवर्तन गर्न सक्दैनौँ । यो गर्नु उचित पनि होइन । यसलाई परिमार्जन गर्ने हो । हाम्रो मास अझै पनि कृषि विकास बैङ्कमा नै अभ्यस्त छ । हाम्रो कार्य र प्रभावले कृषि विकास बैङ्क भनेर चिनायो यसलाई परिवर्तन गर्नभन्दा सेवामा गुणस्तर वृद्धि गरी बजारमा प्रतिस्पर्धामा जान उचित ठानेर हामी अगाडि बढ्यौँ । हाम्रो फोकस पनि कृषिमा नै हो । हामी आधुनिक प्रणालीलाई प्रयोगमा ल्याउने र आफ्नो अस्तित्वलाई बचाउने पक्षमा छौँ । सरकारी स्वामित्वको बैङ्क भएकाले पनि तुरुन्तै लोगो, नाम परिवर्तन गर्ने सहजता पनि छैन । केही परिवर्तन गर्न पर्यो भने पनि जनताबाट अनुमोदन गर्नुपर्ने हुन्छ । कृषि विकास बैङ्क भनेर नै चिनिएकाले पनि नाम परिवर्तनलाई हामीले प्राथमिकतामा राखेका छैनौँ । नाम भन्दा पनि कामलाई हामीले महत्व दिएका छौँ । 
कर्मचारीको व्यवस्थापन कसरी गर्नुहुन्छ ? 
कर्मचारीमा क्षमता नभएको भन्ने होइन, समय सापेक्ष स्किल छैन भने हामीले स्किल डेभलपमेन्टका लागि विभिन्न तालिम दिने कार्य गछौँ । हामीले निरन्तर जस्तो कर्मचारी भर्ना, कर्मचारीको स्तरोन्नति गर्ने कार्य गरि नै राखेका छौँ । दुर्गम जिल्लादेखि सुगमसम्ममा कर्मचारीलाई स्थानान्तरण गर्ने कार्य गरिरहन्छौँ । कर्मचारीको व्यवहारको कुरामा यदि त्यस्तो भएमा उनीहरूलाई व्यक्तिगत व्यवहारमा सुधारका लागि विभिन्न वर्कसपमा सहभागी गराउने अथवा कार्वाही गर्नेसम्म पनि हुनेछ ।  
 
कृषि क्षेत्रको विकासलाई मध्यनजर गरेर खोलिएको बैङ्क व्यावसायिक हुनुको पछाडिका कारण के होला ?
कृषि विकास बैङ्कको प्रतिस्पर्धाको क्षेत्र कृषि नै हो । हाम्रो उद्देश्य अहिले पनि कृषि क्षेत्रको विकास गर्ने नै हो । फाइदाभन्दा कृषिमै अभ्यस्त भएकाले सन्तुष्ट छौँ । अहिले पनि ३४ प्रतिशतको पोर्टफोलियो कृषिमै छ । अहिलेको बजेटमा पनि ४० प्रतिशत बजेट कृषिमै छुट्याउने योजना बनाएका छौँ । हाम्रो प्रतिस्पर्धाको क्षेत्र भनेको नै कृषि हो । नयाँ आर्थिक वर्षमा पनि कृषिमा केन्द्रित हुनुपर्छ भनेर नयाँ नयाँ कर्यक्रमहरू ल्याउँदैछौँ । हामी व्यावसायिक हुनुको अर्थ कृषि क्षेत्रलाई छोड्नु होइन कि यसलाई आधुनिकीकरण र व्यावसायीकरण गर्दै लैजानु हो । अझ कृषि क्षेत्रको विकासका लागि क्षेत्रगतरूपमा (सातै प्रदेशमा) लगानी वृद्धि गर्ने सोचमा छौँ ।
कृषिमा कति लगानी गर्नु भएको छ ?
कृषिमा मात्र ३४ अर्ब लगानी गरेका छौँ । अन्य वाणिज्य बैङ्कले ५ देखि १० प्रतिशत मात्र लगानी गर्ने भनिरहँदा हामीले ३४ प्रतिशत लगानी कृषिमा मात्रै गरेका छौँ । यसलाई अझै बढाउँदै छौँ । कृषि विकास बैङ्कले कृषि क्षेत्रलाई नै बढी प्राथमिकता दिन्छ । तर कृषिमा प्राथमिकता दिने भनेको कृषिमा मात्रै केन्द्रित रहने भनेको होइन । अन्य वाणिज्य बैङ्कले दिने सबै सुविधा कृषि विकास बैङ्कले पनि दिन्छ । यसले कृषिमा ऋण लगानी गर्ने मात्रै होइन, निक्षेप सङ्कलन गर्ने, व्यापार व्यावसाय तथा उद्योगहरूमा लगानी गर्ने सबै काम यो बैङ्कले गर्छ । 
कृषि विकास बैङ्कले शाखा विस्तारलाई कसरी लिएको छ ? नेपालका बैङ्कहरूमध्ये सबैभन्दा बढी शाखा हाम्रा छन् । २५५ वटा शाखा कार्यालय सञ्चालनमा छन् भने अरू पनि खुल्ने क्रममा छन् । यो आर्थिक वर्षमा हाम्रा २७५ वटा शाखा पुग्नेछन् । हरेक स्थानीय निकायमा शाखा कार्यालय पुर्याउन लागि परेका छौँ । 
सरकारले हरेक स्थानीय तहमा वाणिज्य बैङ्क पुग्नुपर्ने र हरेक नेपालीको बैङ्क खाता अनिवार्य भनेको छ । यो अभियानमा कृषि विकास बैङ्क कत्तिको सफल छ ?
कृषि क्षेत्रमा सबैभन्दा बढी आबद्धता भएको बैङ्कको नाताले र देशभर शाखा सञ्जाल फैलिएको नाताले बैङ्कसँग कतै न कतै सबै जनता कनेक्ट हुन् भन्ने हाम्रो निरन्तरको प्रयास हो । चाहे त्यो सेयर होल्डर, चाहे त्यो ऋणी वा रकम जम्माकर्ताको रूपमा होस् । कुनै न कुनै रूपमा हामीसँग जोडिउन् भन्ने अभियान हाम्रो हो । यो अभियानलाई सार्थकता प्रदान गर्न सेवा विस्तार गर्ने, वित्तीय साक्षरता विस्तार गर्ने  कार्य गरेका छौँ । जति धेरैको खाता खोल्न सफल भयौँ त्यति नै वित्तीय प्रगाढता बढ्छ, आर्थिक मध्यस्थता वृद्धि हुन्छ र आर्थिक कारोबार बढ्छ । जनता कहीँ न कहीँ बैङ्कसँग जोडिन्छन्, यसले वित्तीय पारदर्शिता बढाउँछ । 
 



More News



ईच्छा शक्ति भएमा केहीले पनि रोक्दैन भन्ने उदाहरण बनेकी छन् शाखा अधिकृत शारदा पन्थी

Posted: 2018-12-05 20:01:30

सुनाखरी न्युज/ गुल्मी- गुल्मी जिल्लाको रेसुंगा न.पा.वडा नं.६मा मित्रलाल मरासिनी र लक्ष्मी मरासिनीको दोस्रो सन्तानको रुपमा जन्मनु भएकी शारदा पन्थीको १९ वर्षकै उमेरमा प्रविणता प्रमाणपत्र तह पढ्दा पढ्दै विवाह प्रहरी निरीक्षक गोविन्द पन्थी संग भएको थियो ।श्रीमानले साथ दिए र वातावरण पाएमा महिलाले प्रगती गर्न सक्छन् भन्ने उदाहरण उहाँ बन्नु भएको छ। १ छोरा र १ छोरी की आमा बनेकी शारदाले उक्त अवधीमा मास्टर डिग्री गरी लोकसेवाको तयारी गरी खुल्ला प्रतिस्पर्धामा नाम निकाल्न सफल शारदा पन्थी संगको सफलता कसरी मिल्यो भन्ने सन्दर्भमा हाम्रा संवादाताले गरेको कुराकानी – ...


१५ औं पञ्चवर्षिय योजनाको खाकामा समृद्ध नेपालः प्रा.डा. कँडेल

Posted: 2018-11-04 13:26:38

राष्ट्रिय योजना आयोग मुलुकको विकासका लागि योजना तय गर्ने मुख्य निकाय हो । मुलुकले पहिलोपटक संघीय संरचनाको अभ्यास गरिरहेको अवस्थामा संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारबीच समन्वय गरी समृद्धिको लक्ष्यअनुरूपका योजनाहरू ल्याउनुपर्ने आवश्यकता छ । संघीयतालाई संस्थागत गर्दै वर्तमान सरकारको लक्ष्यअनुसार मुलुकलाई समृद्धिको मार्गमा अगाडि बढाउन आयोगले के कस्तो तयारी गर्दै छ त्यस बिषयमा योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलसँग गरिएको कुराकानीको संक्षेपः...


रेटिङ ‘ओपिनियन’ हो, सिफारिस वा सल्लाह होइनः साजन गोयल

Posted: 2018-10-17 05:47:02

नेपालको हकमा क्रेडिट रेटिङको अवधारणा नयाँ हो। यहाँ क्रेडिट रेटिङ एजेन्सी सुरु भएको पनि पाँच वर्षमात्रै भएको छ। स्वेच्छाले क्रेडिट रेटिङ गराउने परिपाटी बसिनसकेको नेपालमा अधिकांश रेटिङहरु नियमनकारी निकायले लागू गरेका बाध्यात्मक प्रावधानका कारण भएको पाइन्छ। कम्पनीहरुले आफ्नो वास्तविक अवस्था बाहिर ल्याउन नचाहेका कारण स्वेच्छाले रेटिङ गराउने परिपाटी सुरु हुन नसकेको बताइन्छ। यसै सन्दर्भमा क्रेडिट रेटिङ, यसका फाइदारबेफाइदा, लागत तथा नेपालमा क्रेडिट रेटिङको अवस्थाबारे मुलुकको दोस्रो रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालका सिइओ साजन गोयलसँगको कुराकानीको सम्पादित अंशः...


धेरै हाइप्रोफाइलका सेक्स स्क्याण्डल पनि बाहिर आउन सक्छनः समाजशास्त्री

Posted: 2018-10-13 06:28:51

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार अहिले सबैभन्दा बढी आलोचित भएको र रक्षात्मक अवस्थामा पुग्नुको पछाडि राजनीतिक भन्दा पनि सामाजिक कारण छन् भन्दा बहस अवश्य होला । तर, सामाजिक अपराधहरुको नियन्त्रण गर्न नसके पनि अपराधीलाई कारवाही गर्ने सन्दर्भमा समेत सरकार असफल भएको भन्दै नागरिक स्वस्फूर्त विरोधमा उत्रेका छन् ।प्रस्तुत छ, समाजशास्त्री ढकालसँग बलात्कार र यौनजन्य हिंसाका घटनाहरुको सन्दर्भमा समाजशास्त्रीय कोणबाट गरेको प्रश्नोत्तर –


आर्थिक र बौद्धिक लगानी उत्तिकै महत्वपूर्ण छन्: जीवा लामिछाने, संरक्षक तथा पुर्वअध्यक्ष गैरआवासीय नेपाली संघ

Posted: 2018-10-10 19:13:43

जीवा लामिछाने गैरआवासीय नेपाली संघ संघको स्थापनाकालदेखि नै लगातार रुपमा सक्रिय रहँदै आउनुभएको छ । नेपालको आर्थिक विकासमा गैरआवासीय नेपालीहरुले सामूहिक लगानीबाटै टेवा पुराउन सक्ने विश्वास लामिछानेको रहेको छ । संघको संरक्षक तथा पुर्वअध्यक्ष समेत रहनु भएका लामिछानेसंग गैरआवासीय नेपाली संघको समाचार संयोजक चिरन शर्माले नेपालमा हुन लागेको विज्ञ सम्मेलनको सम्वन्धमा गरिएको कुराकानी ।...


Advertisements