अन्तर्बार्ता

‘मोदी भ्रमण रणनीतिक हो’: प्रा. जयराज आचार्य

Posted: 2018-05-13 10:24:44

 
प्रा. जयराज आचार्य 
काठमाडौँ — 
प्रा. जयराज आचार्य नेपालका तर्फबाट संयुक्त राष्ट्रसंघका लागि पूर्वस्थायी प्रतिनिधि हुन् । नेपाली कूटनीतिका धरोहर यदुनाथ खनालसँग निकट रहेर अध्ययन गरेका आचार्यको ‘यदुनाथ खनाल स् जीवनी र विचार’ पुस्तक प्रकाशित छ ।
 
 
 
बीपी कोइराला र गिरिजाप्रसाद कोइरालासँग निकट रहेर काम गरेका आचार्यको भारतीय पूर्वप्रधानमन्त्री तथा बीजेपी नेता अटल विहारी बाजपेयीसँग पनि राम्रो सम्बन्ध छ । कूटनीतिक क्षेत्रका अध्येता प्राध्यापक आचार्यसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण, नेपाल–भारत सम्बन्ध र नेपालको कूटनीतिबारे यसो भन्छन्:
नेपालमा २०७२ असोजमा संविधान जारी भएपछि नेपाल–भारत सम्बन्धले कोल्टे फेर्‍यो । त्यतिबेला नेपालको असन्तुष्ट पक्षलाई साथ र समर्थन व्यक्त गर्दै भारतले पनि असन्तुष्टि व्यक्त गर्‍यो । नेपालविरुद्ध तीव्र कूटनीतिक ‘लबिइङ’ गर्‍यो । त्यतिले मात्र पुगेन, नाकाबन्दी नै लगायो ।
 
नेपाल–भारत सम्बन्ध पछिल्लो समय बिग्रनुमा त्यही नाकाबन्दीको दुष्परिणाम हो । यसले नेपालमा भारतविरोधी भावना बढायो, जुन स्वाभाविक पनि थियो । यहाँ भारत चुकेको छ । भारतले एक प्रकारले गल्ती गरेको छ । जुन विषय भारतमै पनि महसुस भयो । त्यही बिग्रिएको सम्बन्ध सुधार्दै जाने क्रममा संविधान जारी भएपछि नेपाली प्रधानमन्त्रीको ४ पटक भारत भ्रमण भयो । पछिल्लो समय प्रधानमन्त्री ओलीको भारत भ्रमण र त्यसलगत्तै अहिलेका भारतीय समकक्षी मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध सुधारोन्मुख देखिन्छ । यसले राजनीतिक तहमा अन्तरक्रिया गराउँछ । सम्बन्धमा भ्रमणको महत्त्व छुट्टै हुन्छ । तर भ्रमणमा भएका सहमति र सम्झौतामा भने निगरानी आवश्यक रहन्छ ।
 
जनकपुरबाट सुरु भएको मोदी भ्रमणलाई धार्मिक दृष्टिकोणबाट हेरिएको छ । यहाँको विश्लेषण के छ– यो भ्रमण कति धार्मिक र कति राजनीतिक हो ?
यो भ्रमण धार्मिक हुँदाहुँदै पनि यसमा राजनीतिक र कूटनीतिक आयम छन् । हामीले बुझ्नु आवश्यक छ स् मोदी र भारत सरकारको स्वार्थमा जनकपुर (तराई भेग) मात्र छैन । सम्पूर्ण नेपालमा छ । अहिले पनि मोदी जनकपुर मात्र होइन, पशुपतिनाथ र मुक्तिनाथसम्म पुग्नुभएको छ । मुक्तिनाथ हाम्रो उत्तरी सीमा क्षेत्रमा पर्छ । नेपालको तराई, पहाड र हिमाललाई जोड्ने गरी भ्रमण गरिएको छ । तर यो धार्मिक मात्र होइन, राजनीतिक र रणनीतिक भ्रमण पनि हो । एक कुशल राजनीतिक नेता भएकाले मोदीले आफ्ना धार्मिक, सामाजिक र सांस्कृतिक क्रियाकलापलाई पनि राजनीतिक स्वार्थ्सिद्धिमा प्रयोग गरेको देखिन्छ, जुन उहाँको दृष्टिले हेर्दा स्वाभाविक छ । उहाँ ‘राएसएस’को पृष्ठभूमिबाट उठेर बीजेपीको नेता हुँदै गुजरातको मुख्यमन्त्री र सन् २०१४ मा भारतकै कार्यकारी हुनुभएको हो । मोदीका क्रियाकलाप भारत र उहाँका दृष्टिबाट पूर्ण छ । त्यसमा आवश्यक ‘ट्याकल’ गर्ने काम हाम्रोतर्फको हो ।
 
यो भ्रमणलाई रणनीतिक पनि भन्नुभयो, कसरी ? 
नेपाल रणनीतिक भौगोलिक अवस्थामा छ । नेपाल दुई ठूला र उदीयमान शक्ति भारत र चीनको बीचमा छ । भारतले परम्पराकै रूपमा आफ्नो सुरक्षा चासो हिमाली भेगसम्म रहेको बताउँदै र मान्दै आएको छ । यसमा उनीहरू अडिग नै छन् । त्यसैले हिमाली क्षेत्रमा रहेको मुक्तिनाथको भ्रमण गर्नु धार्मिक दृष्टिले मात्र होइन, रणनीतिक तवरले पनि महत्त्वपूर्ण छ ।
 
मोदीको अभिनन्दनलाई लिएर एकातिर देशभित्रै विरोध भयो, अर्को्तिर हाम्रा मुख्यमन्त्रीले औपचारिक मन्तव्यमै भारतीय प्रधानमन्त्रीसामु आफूहरूमाथि विभेद भएको सुनाए, यसलाई कसरी हेर्नुभएको छ ?
 
हामी भारतसितको सम्बन्ध सुधार्न चाहन्छौं । त्यसमा आफ्नो सम्पूर्ण प्रयास लगाउँछौं । त्यसैले अभिनन्दन ठूलो कुरा होइन, यसलाई सामान्य रूपमै लिनुपर्छ । तर विदेशी पाहुनासित आफ्नो आन्तरिक राजनीतिको फिराद गर्नु बिल्कुल गलत थियो । गर्न नहुने काम हो, त्यो । २ नम्बर मात्र होइन, सातै प्रदेशका समस्या हामी आफैंले सल्टाउनुपर्छ । हाम्रा आन्तरिक विषयमा न कुनै विदेशीलाई फिराद गर्न मिल्छ, न समस्या समाधान गर्न उनीहरूको रोहवर नै चाहिन्छ । हाम्रो नेतृत्वले यसमा ख्याल गर्न जरुरी छ ।
 
नेपाल–भारत सम्बन्धमा ‘अब कुनै असमझदारी रहनेछैन’ भनियो । के यो सम्भव छ ?
यति निकट राष्ट्रहरूबीच सधैं समझदारी हुन्छ भन्न म सक्दिनँ, यस्तो पत्याउन गाह्रो छ । सधैं असमझदारी मात्र हुन्छ भन्ने पनि होइन । कुनै असमझदारी छ भने लामो समय रहिरन पनि सक्दैन । कूटनीतिक तवरमा र राजनीतिक खपतमा असमझदारी छैन भनिन्छ । तर, व्यवहारमा कैयौं कठिनाइ छन् । अदुवा, अलंैची, अम्रेसो, चियालगायत नेपाली उत्पादन भारतले रोकिदिने गरेको छ । नेपालको कृषि उत्पादन रोकिनु असमझदारीको एउटा उदाहरण हो । निकटतम सम्बन्धमा असमझदारी र समझदारी भइरहन्छ । यसलाई व्यावहारिक कूटनीतिक र राजनीतिक स्तरबाट सल्टाउँदै जानुपर्छ ।
 
लामो समय राजनीतिक तहमा दुई पक्षीय सम्बन्ध कायम हुन सकेको थिएन । अहिले पुनस् राजनीतिक तहमा सम्बन्ध विस्तार भइसकेको हो ?
नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमण नै भारतीय प्रधानमन्त्रीका तर्फबाट १७ वर्षपछि भएको थियो । आई. के. गुजरालपछिका प्रधानमन्त्रीले नेपालको द्विपक्षीय भ्रमण गर्नुभएको थिएन । भलै, २००२ मा सार्कको ११ औं शिखर सम्मेलनमा भाग लिन अटल विहारी बाजपेयी आउनुभएको थियो । त्यो १७ वर्षमा नेपालबाट १६ पटक उता भ्रमण भए । त्यो भनेको राजनीतिक तहमा दुई पक्षीय सम्बन्ध राम्रोसँग अघि बढ्न नसकेको हो । अहिले नेपालको आन्तरिक राजनीतिक बलियो बनेको देखिन्छ । तर नयाँ संविधानपछि केही जटिलता पनि छन् ।
 
एकातिर भारतमा हिन्दुत्वको राजनीति गरेर माथि आएको बीजेपी शक्तिमा छ अर्का्तिर, दुई हजार वर्षदेखि हिन्दु धर्म अपनाउँदै आएको नेपाल धर्म्निरपेक्ष राष्ट्र भएको छ । यहाँ एउटा प्रसंग जोडौं– नरेन्द्र मोदीले सार्क मुलुकका राष्ट्र तथा सरकार प्रमुखलाई आफ्नो शपथग्रहणमा निम्त्याउनुभएको थियो । त्यहाँ सहभागी भुटानी प्रधानमन्त्रीले फर्कने क्रममा काठमाडौं ओर्लेर पशुपतिनाथको मन्दिर दर्शन गर्नुभयो, यो तीर्थाटान मात्र थिएन, यसको कूटनीतिक संकेत थियो । दक्षिण एसियामा बगेको नयाँ हावाप्रति संकेत थियो यो । भुटानका प्रधानमन्त्री हिन्दु त हुनुहुन्थेन, तर पनि राजनीतिक र कूटनीतिक चाल देखाउनुभयो । हाम्रा नेताहरूले यस्तो संकेत बुझ्नुभएन । जबकि, जंगबहादुर राणाले १८५७ मा भएको आन्तरिक विद्रोहमा भारतीयलाई होइन, अंग्रेजलाई मद्दत गरे । यसले गर्दा ४ जिल्ला फर्काए । उनले तत्कालीन बहाव बुझे । नेतृत्वले आफ्नो राष्ट्रको हित बुझ्नुपर्छ । त्यो हावा बुझ्नुपर्छ ।
 
त्यसो भए आहिलेका नेताले यस्ता चाल बुझ्दैनन् भन्न खोज्नुभएको हो ? 
हो, अहिले त्यस्तो कूटनीतिक चाल त्यति बुझिएको पाइँदैन । कूटनीतिमा हावा कता बगेको छ त्यसको जानकारी राख्ने निकाय सशक्त छैन । कहाँ के भएको छ, हाम्रा पछिल्लो नेतृत्वले ख्याल गरेको देखिँदैन । बलियो सरकार बनेको छ । यसमा नेतृत्वले ख्याल गरेर अघि बढ्न आवश्यक छ । कूटनीतिमा कान र आँखा खुला राख्दै अन्तर्रा्ष्ट्रिय वेग बुझ्न आवश्यक छ ।
 
तपाईंले हाम्रो संविधानको धर्म्निरपेक्षताप्रति इंगित गर्न खोज्नुभएको हो ? 
पक्कै पनि । कतिपय नेपालीले त्यो षड्यन्त्रपूर्वक राखिएको शब्द भनेका छन् । तयार गरिएको लिखतमा कलमले थपेको आशंका छ । यस्ता विषय संविधानसभाले होइन, जनमत संग्रहले निर्णय गर्नुपर्ने हो । त्यसतर्फ हामीले सोच्दै सोचेनांै । यहाँहरूलाई थाहै छस् स्विट्जरल्यान्डजस्तो प्रजातान्त्रिक मुलुकमा समेत ३ सय ३६ पटक जनमत संग्रह भइसकेको छ । प्रत्येक महत्त्वपूर्ण विषयमा जनतासित सोधिन्छ । हामी लोकतन्त्रको नारा त दिन्छांै तर जतनताको भावनालाई पन्छाएर निर्णय लिन्छौं । यही हाम्रो समस्या हो । आफूलाई जे मन लाग्यो, त्यही गर्छांै । यो ठीक छैन ।
 
भारतले नेपालमा विकासको प्रतिबद्धता गर्ने तर परियोजना पूरा नहुने, सहयोग नआउने विषयलाई कसरी लिनुभएको छ ? 
यसको पछिल्लो उदाहरण हो– भूकम्पपछिको पुनर्निर्माणमा भारतको सहयोग । यो ठूलो कमजोरी हो । भारतका लागि प्रत्युत्पादक भइसकेको छ यो । नेपालका लागि पनि हितमा छैन यो । पहिले हामीले यति ठूलो रकम भारतबाटै आओस् भनेर किन पछि लाग्यौं ? त्यो नै गलत थियो । ब्रह्मशमशेरको पुस्तकमा ९० सालको महाभूकम्पको विषय र पुनर्निर्माणबारे उल्लेख छ । भारतमा औपनिवेशिक शासन थियो । अंग्रेजले नेपाललाई पुनर्निर्माणमा सहयोग गर्छु भन्ने धारणा राख्दा हाम्रोतर्फबाट सन्देश थियो, ‘तपाईंहरूको देशमा पनि भूकम्प गएको छ । विनाश भएको छ । अहिले हामीलाई सहयोग चाहिँदैन । आफ्नोमा केन्द्रित हुनुस् ।’ त्यतिबेला पुनर्निर्माण धेरै प्रभावशाली ढंगले भएको पढ्न पाइन्छ । अहिले पनि हामीले आफ्नो जनशक्ति परिचालन गरेर पुनर्निर्माण गर्न सक्थ्यौं । हामीसँग सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर करिब २ लाख अनुशासित जनशक्ति छ, तीमध्ये १ लाखलाई परिचालन गर्न सक्थ्यौं । उही खर्च र पारिश्रमिकमा धेरै काम हुन सक्थ्यो । तर हामी आत्मनिर्भरतामा काम गर्दैनौं । खालि अर्काको मुख ताक्छौं । विदेशीको सहयोगको आशा गर्छाैं । यो हाम्रो परराष्ट्रनीतिको ठूलो कमजोरी हो ।
 
नेपाल र भारतका कैयौं विषय दुई पक्षीय प्रबुद्ध व्यक्ति समूह (ईपीजी) मा छलफलकै क्रममा छ । यसलाई कसरी हेर्नुभएको छ ? 
अहिले ईपीजीमा काम भइरहेको छ । यो समूहको काम नै सुझाव प्रतिवेदन दिने हो । त्यो सुझावलाई कार्यावन्यन गर्ने दुईदेशीय सरकारले हो । प्रतिवेदन कस्तो आउँछ, त्यो अहिल्यै आकलन गर्न सकिँदैन । तर, प्रतिवेदन कार्यावन्यनमा चुनौती देखेको छु । आपसी विश्वास, सद्भाव र पारस्परिक सहयोगको भावना हुनुपर्छ । त्यसो भए सहकार्यका अन्य विषय मिल्दै जानेछ । आपसी विश्वासको स्थानमा अविश्वास र सहयोग पनि स्पष्ट नहुँदा कार्यावन्यनमा कठिनाइ आउन सक्छ ।
 
नेपाल–भारत सम्बन्धको मुख्य समस्या के हो जस्तो लाग्छ ?
नेपालको भारतमाथिको अति निर्भरता नै हो । निर्भरता हटाउनेतर्फ प्रयास गरिरहेका छैनौं । नारा मात्र लगाउँछौं । राजनीति पनि त्यही आधारमा गर्छौं जसले गर्दा समस्या समाधान गर्नेतर्फ उन्मुख छैन । समाधान गर्ने नै हो भने भारततर्फको परनिर्भरता घटाउनैपर्छ । अहिले ऊसितको व्यापार घाटा साढे ६ अर्बजति छ । त्यसमा घाटा नै ६ सय अर्ब छ । भारतमा हाम्रो तर्फबाट उल्लेख्य उत्पादन जानै सकेको छैन । हुन त उत्पादनै छैन । यस्तो अवस्थामा समानता, पारस्परिक सम्मानका आधारमा खडा गर्ने भनेको ‘विसफुल थिङकिङ’ मात्र हो ।
 
नेपालमा भारतका मुख्य चासोहरू के के देख्नुभएको छ ?
भारतको पहिलो चासो सुरक्षा नै हो । दोस्रो, परम्पारगत रूपमा नेपालमाथि खेलिरहेको प्रभावशाली भूमिकाको निरन्तरता हो । तेस्रो, नेपालको जलस्रोत हो । विद्युत्मा भन्दा पनि सिंचाइ र पिउने पानीमा भारतको चासो छ । महाकाली नदीको पानी दिल्ली सहरमा पिउनका लागि लैजाने विषय पढ्न पाइन्छ । बिजुलीको विषय गौण छ । भारतबाटै नेपालले विद्युत् खरिद गरेको छ । चौथो, भारतले नेपालमा गर्ने व्यापार नै हो । कसैले पहिलो मान्छन् तर त्यो हुनै सक्दैन । किनकि भारतको सार्कमा नै ५ प्रतिशत मात्रा व्यापार छ । त्यसमा पनि नेपालतर्फ कति होला, यो विषयलाई सोच्न सक्छौं ।
 
हाम्रो आन्तरिक राजनीतिमा भारतको भूमिकालाई लिएर पनि प्रश्न उठ्ने गरेको छ नि ?
यहाँको राजनीतिक अस्थिरताको कारण हाम्रो देशभित्रकै हो । पञ्चायतका ३० वर्षमा राजाकै प्रत्यक्ष शासन थियो, तर त्यस अवधिमा पनि कुनै प्रधानमन्त्रीले ५ वर्ष काम गर्न पाएनन् । त्यतिबेला राजालाई कसले रोकेको थियो ? बहुदल आएपछि पनि हामी आफैं कहिले मध्यावधि निर्वाचन त कहिले सांसद किनबेचको खेलमा लाग्यौं । विवाद त हामी आफैं गर्छाैं । संस्कृतमा कूटनीतिसम्बन्धी एउटा भनाइ छ– ‘द्वयोर्विवादे तृतीयस्य लाभस्’ अर्थात दुईजनाबीच झगडा भयो भने तेस्रो पक्षले लाभ लिन्छ । हामीले आपसमा झगडा गरेपछि त बाह्य तत्त्वले काम गर्छ नै । यथार्थमा १२ बुँदे सम्झौता दिल्लीमा भयो, त्यो ०७ सालको दोस्रो संस्करण थियो । तर हाम्रा नेताहरूले बुझेनन्, मैले त त्यसअघि नै पनि भनेको थिएँ यो कुरा । हामीले आफ्नो घरको व्यवस्थापन राम्ररी गर्‍यौं भने बाह्य पक्षले केही गर्न सक्दैन । आन्तरिक शक्तिहरू मिल्दा त हामीले संविधान जारी गरेर नाकाबन्दीजस्तो परिस्थितिको पनि सामना गर्‍यौं नि ।
 
भूराजनीतिमा हामी कहाँ छौं र भारतले कुन तवरले यसलाई हेर्ने गरेको छ ?
भूराजनीतिक रूपमा हामी निकै रणनीतिक ठाउँमा छौं । भारतको उत्तरमा नेपाल छ । नेपालको उत्तरमा चीन छ । चीन शक्तिशाली राष्ट्र बन्दै गएको छ । विश्वको दोस्रो अर्थतन्त्र हो । जनसंख्याको हिसाबमा चीन भारतभन्दा अलिकति मात्र धेरै भए पनि आर्थिक तवरमा भारतभन्दा ५ गुणाभन्दा माथि छ । चीन विश्व नेतृत्वतर्फ लम्केको छ । त्यसैले उसको नेपालमा हुने उपस्थिति भारतको चासोको विषय बन्नु स्वाभाविक हो ।
 
नेपाललाई अन्तर्रा्ष्ट्रिय समुदायले भारतको आँखाबाट नै हेर्ने गरेको धारणा कत्तिको सत्य हो ?
अन्तर्रा्ष्ट्रिय सम्बन्धको सिद्धान्तमा यस्तो स्वाभाविक हो । यो महत्त्वपूर्ण तत्त्व पनि हो । सबैले टाढाबाट हेर्दा भारतका चासोको विषय हो भनेरै हेर्छन् । लगानीकै विषयमा पनि उनीहरू पहिला सोच्छन– भारतले नेपालमा कत्तिको लगानी गरेको छ ? आर्थिक र व्यावहारिक दृष्टिले किन लगानी गरेको छैन भनेर सोच्छन् । त्यसैले राजनीतिक, कूटनीतिक र रणनीतिक दृष्टिले पनि भारत तर्फबाट हेर्छन् । नेपाल भारतबाट तीनतर्फ घेरिएको छ, त्यसैले यहाँको नक्सा मात्र हेरेर पनि उसले भारतकै दृष्टिबाट हेर्ने मनोविज्ञान बनाउँछ ।
 
यसलाई कसरी चिर्न सकिन्छ ? 
हाम्रो कूटनीतिक संयन्त्रलाई बलियो पारेर त्यही तवरको ‘लबिइङ’ आवश्यक हुन्छ । हुन त, अहिले पनि केही लगानी बाहिरबाट आएका छन् । छिमेकी चीनबाट पनि आएको छ, साना परियोजनादेखि ठूला परियोजनासमेत ।
 
अहिले चीन पनि भारतकै शैलीमा आक्रामक रूपमा अघि बढेको छ भन्ने पनि छन् । यहाँको विश्लेषण के छ ?
चीन नेपालमा भारतसित प्रतिस्पर्धा गर्न चाहँदैन, यो कुरा हामीले बुझ्नुपर्छ । चीन त अमेरिकासित प्रतिस्पर्धा गरिरहेको छ । चीन विश्वशक्ति हो भने भारत क्षेत्रीय शक्ति हो । चीनले नेपालमा भारतसित प्रतिस्पर्धा गरेर के पाउँछ ? चीनको नेपालसितको व्यापार १ अर्ब डलर हाराहारी मात्रै छ । भारतसित ८५र८६ अर्ब डलरको छ । भारसितको त्यत्रो व्यापारिक सम्बन्धलाई बिगारेर चीनले नेपालसित किन केही गर्न चाहन्छ र ? अहिले ‘बेल्ट एन्ड रोड इनिसियटिभ’को प्रसंग छ, त्यो पनि नेपालका निम्ति होइन, चीनले आफ्नै लागि भारत जाने बाटो बनाउन लागेको हो । यो तथ्य हामीले बुझ्नुपर्छ ।
 
उत्तर भारतका पश्चिम बंगाल, विहार, उत्तर प्रदेश र उत्तराञ्चलका ४० करोडभन्दा बढी जनसंख्यालाई लक्षित गरी चीनले नेपालबाट बाटो खोजेको हो । मलाई खुसी के लागेको छ भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हालैको चीन भ्रमणमा त्यो बाटो तपाईंहरू आफ्नै लगानीमा बनाउनुहोस् भन्नुभयो । यो ठीक हो, हामी ऋण बोकेर त्यत्रो ठूलो बाटो बनाउन सक्दैनौं, जसको हामी सदुपयोग गर्न सक्दैनौं । नेपाल–चीन सम्बन्ध, चीन–भारत सम्बन्ध र नेपाल–भारत सम्बन्ध तीन अलग र स्वतन्त्र विषय हुन् । यी सम्बन्धको विकासका आआफ्नै तर्क छन् । नेपाल–चीन सम्बन्ध जतिसुकै घनिष्ठ भए पनि त्यो चीन–भारत सम्बन्धको प्रतिस्थापक हुन सक्दैन । उनीहरू निकै ठूला देश हुन्, नेपाल उनीहरूको दाँजोमा धेरै सानो छ । नेपाल र चीनबीच १४१४ किलोमिटर सीमा छ तर भारत–चीन सिमाना ३ हजार किलोमिटर छ । भलै, अरुणाञ्चल र अक्साइ चीन क्षेत्र विवादास्पद छ, यसलाई बिर्सनु हुँदैन ।
 
भारत र चीन पनि एकआपसमा सम्बन्ध राम्रो बनाउन लागिरहेका छन् । यसबाट हामीलाई फाइदा–बेफाइदा के होला ?
नेपाललाई फाइदै हुन्छ । कतिपयको सोचाइ छ– उनीहरूको सम्बन्ध बिगँ्रदा नेपाललाई फाइदा हुन्छ, तर त्यस्तो होइन । उनीहरूको सम्बन्ध बिग्रँदा हामीलाई संकट पर्छ । सन् १९६२ कै भारत–चीन युद्धमा पनि नेपालले संकट महसुस गर्नुपर्‍यो । नेपालका जवानहरू भारतको सेनामा छन् । तिनीहरूको प्रयोगको कुरा छ । नेपालको बाध्यतालाई चीनले बुझिदियो र त्यसमा कुनै सिकायत गरेन । त्यसैले उनीहरूको सम्बन्ध सुध्रिएको राम्रो हो । त्यसमा हामीले कसरी फाइदा लिन सक्छौं, त्यो चाहिँ सोच्नुपर्ने विषय हो । दुवैतिर सम्बन्ध सुधार गर्ने, यताका सामान निर्यात गर्ने हाम्रो प्राथमिकतामा पर्नुपर्छ । हामीले उताबाट के झर्छ भनेर मात्र सोच्नु हुँदैन, के बेचेर उनीहरूका बजारबाट फाइदा लिन सक्छौं भनेर कदम चाल्नुपर्छ ।
 
मोदी युरोप र चीनको भ्रमणपछि नेपाल आए । अब अन्य छिमेकमा पनि भ्रमण गर्ने र बंगलादेशका प्रधानमन्त्रीलाई कलकत्तामा भेट्नेसम्मका कार्यक्रम छन् । यी भ्रमण कतै भारतकै आगामी निर्वाचनलाई ध्यानमा राखेर भइरहेका त छैनन् ?
मोदी धर्म, कूटनीति र राजनीति सबैलाई मिसाएरै अघि बढिरहनुभएको छ । उहाँको त्यो चरित्र हामीले बुझ्नुपर्छ । ‘सर्वे लोका स् राजधर्म प्रविष्टास्’ भनेजस्तै सम्पूर्ण क्रियाकलाप राजनीतिमै हुन्छन्, यसमा आश्चार्य छैन । आफ्नो स्वार्थ त जसले पनि हेर्छ नि! उहाँले आफ्नो हितका लागि जे गर्नुहुन्छ, त्यो उहाँको दृष्टिकोणबाट सामान्य नै हो ।
 
अब अलि फरक प्रसंग, पश्चिमा शक्तिको उपस्थितिलाई चाहिँ यहाँ कसरी हेर्नुहुन्छ ? 
यहाँ पश्चिमा शक्ति पनि एक हिसाबले हावी छ, त्यसलाई नियन्त्रण गर्न नसक्नु हाम्रो कूटनीतिक कमजोरी हो । नेपालको पहिले बेलायतसँग मात्र कूटनीतिक सम्बन्ध थियो । भारत स्वतन्त्र हुनुअघि अमेरिकासित पनि सम्बन्ध जोड्यौं । ०७ सालपछि भने संसारभर सम्बन्ध विस्तार गर्ने हाम्रो परराष्ट्र नीति बन्यो । तर त्यस्तो सम्बन्धमा लाभ मात्र होइन, चुनौती पनि आउँछन् र त्यसलाई व्यवस्थापन गर्न सक्नुपर्छ भन्ने हामीले बुझ्न सकेनौं । सम्बन्धहरूलाई हाम्रो हितमा नियमित र नियन्त्रण गरेर अघि बढाउन सक्छौं कि सक्दैनौं भनेर हामीले विचार गर्नुपर्छ ।
 
यहाँ अहिले युरोपेलीहरूको खेल छ, सानाठूला सबैको । सम्बन्धले जटिलता पनि ल्याउँछ । त्यही जटिलता व्यवस्थापन गर्न नेपाललाई गाह्रो भइरहेको छ । संघीयता र धर्म्निरपेक्षतामा हामीले कसरी खेल्न नदिने भनेर सोच्न जरुरी छ । खासगरी पश्चिम नेपालमा धर्मान्तरको समस्या बढिरहेको छ, त्यसलाई कसरी व्यवस्थापन गर्ने ? यो भनेको भोलिको द्वन्द्वको वीजारोपण हो, यसलाई हामीले नियन्त्रण गर्नुपर्छ ।
 
सरकारले सदाचार नीतिको कुरा ल्याएको छ नि ? 
ठीक हो, हाम्रै छिकेकी भारत, बंगलादेश, पाकिस्तानले थुप्रै आइएनजीओहरूलाई प्रतिबन्ध लगाएका छन् । तर मलाई थाहा छैन, अवाञ्छित गतिविधिमा सरिक कुन चाहिँ आईएनजीओलाई नेपालले प्रतिबन्ध लगाएको छ ? मुख्य कुरा अब नेपालको विकासका लागि विदेशीहरूको सरकारी र गैरसरकारी क्षेत्रबाट धेरै सहयोग लिइराख्नुपर्ने स्थितिमा छैनौं । यहाँ जुन बैंकमा गए पनि लामो लाइन देख्न सकिन्छ । ७ खर्ब रुपैयाँ विप्रेषण भित्रिरहेको छ । यत्रो युवाशक्ति बाहिरिराखेका छन्, तिनलाई यहीं अवसर दिन सक्यौं भने देश हराभरा हुन्छ।
कान्तिपुरवाट



More News



नेपालमा सिमेन्ट उद्योगको अवस्था राम्रो छ: सतिषकुमार मोर

Posted: 2018-07-25 06:49:24

सुनाखरी न्युज- चर्चित औद्योगिक घराना लक्की ग्रुपका अध्यक्ष सतिषकुमार मोर नेपाल उद्योग परिसंघ(सिएनआई) का वरिष्ठ उपाध्यक्ष हुन् । शिवम् सिमेन्टका प्रवर्दक समेत रहेका मोरसँग शिवम् सिमेन्टले पव्लिक कम्पनीको रुपमा पहिलो पटक प्राथमिक सेयर (आइपिओ) जारी गर्ने तयारी गरेको सन्दर्भमा नेपालमा सिमेन्ट बजारको अवस्था, चुनौती, अवसर लगायत बिषयमा मोरसँग गरिएको कुराकानी ।...


‘समाधनको सूत्र: सामूहिक विद्वताको प्रयोग’: प्रा. डा. भगवान कोइराला

Posted: 2018-07-14 09:34:25

प्रा. डा. भगवान कोइराला- भगवान कोइरालाको परिचय जरुरी छैन । उनले सहिद गंगालाल राष्ट्रिय हृदय सेन्टरलाई स्थापित, परिचित र विश्वसनीय बनाए । पछि उनी त्रिवि, शिक्षण अस्पतालको पनि प्रमुख बने । अहिले उनी मनमोहन कार्डियोथोरासिक सेन्टरमा प्रमुख छन् । सरकारी अस्पतालमार्फत करिब १४ हजार मुटुको अप्रेसन गरेका उनले नेपालको चिकित्सा शिक्षा र सरोकारवाला राजनीतिको पनि मुटु छामेका छन् ।...


उत्कृष्ट बाणिज्य वन्दै छ कृषि विकास बैंकः लिलाप्रकाश सिटौला

Posted: 2018-07-11 12:07:09

कृषिक्षेत्रमा काम गर्ने भन्दै २०२४ सालमा स्थापना भएको बैङ्क यतिबेला विकास बैङ्कबाट परिवर्तन भई कमर्सियल बैङ्क बनिसकेको छ । राष्ट्र बैङ्कमा फस्ट क्लास अफिसर भएर काम गरिसकेका लिलाप्रकाश सिटौलाले सीईओको जिम्मेवारी सम्हालेपछि कृषि विकास बैङ्कले आफ्नो परम्परागत छविलाई परिवर्तन गर्दै ‘हाइटेक’ छवि बनाएको छ । यसै सन्दर्भमा बैंकका प्रमूख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलासँग गरिएको कुराकानीको संक्षेप ।...


नेपालमा इन्टरनेट शुल्क धेरै घटाउन सकिन्छ: अस्गर अली

Posted: 2018-06-30 19:29:13

प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि विज्ञका रूपमा नियुक्त गरेका अस्गर अली नेपालको लोकप्रिय पेमेन्ट गेटवेमा इसेवाका अध्यक्ष हुन् । सूचना प्रविधि क्षेत्रमा १४ वर्षको अनुभव रहेका अली प्रधानमन्त्रीको विज्ञका रूपमा नियुक्त भएपछिका अनुभव र चुनौती तथा प्रविधि क्षेत्रका समसामयिक विषयमा गरिएको कुराकानीको संक्षेप । ...


मेलम्चीको पानी दसैंअघि जसरी पनि आउँछः सचिव ठाकुर

Posted: 2018-06-23 08:13:02

सुनाखरी न्युज/ काठमाडौँ — मेलम्ची खानेपानी आयोजना अवपनि निर्धारित समयमा सम्पन्न हुने हो कि होइन भन्ने प्रतीक्षा मुलुकमा ब्यवग्ररुपमा भइरहेको छ । आयोजनाको समय लम्बिदै जाने र त्यसबापत राज्यले थप खर्च पनि गरिरहनु पर्ने देखिएको छ । आयोजनाको तालुक मन्त्रालयका रुपमा रहेको खानेपानी तथा सरसफाइ मन्त्रालयको सचिवमा गजेन्द्रकुमार ठाकुर हालै पुनः जिम्मेवारीमा पुगेका छन् । सचिव ठाकुरसँग मेलम्ची आयोजना र सरोकारका विषयमा गरिएको कुराकानीको संक्षेप ।...


Advertisements