अन्तर्बार्ता

तेस्रो त्रैमासमा बैङ्क तथा वित्तीय संस्थाको अवस्था राम्रो देखियो– नरवहादुर थापा, कार्यकारी निर्देशक,नेपाल राष्ट्र बैंक

Posted: 2018-05-08 14:58:40

 
 
चालु आर्थिक वर्ष २०७४/७५ को   तेस्रो त्रैमासमा बैङ्क तथा वित्तीय संस्थाले राम्रो मुनाफा गरेका छन् ।  बैङ्कहरूले आफूसँग लगानी गर्ने रकम छैन भनेर कोलाहल गरिहँदा उनीहरूले प्रस्तुत गरेको वित्तीय विवरणले नसोचेको नाफा हासिल भएको छ । बैङ्कहरूले मुद्दती निक्षेपमा  ११ प्रतिशतभन्दा नबढ्ने र साधारण बचतमा ८ प्रतिशतभन्दा माथि नजाने सहमति गरे । अहिले ब्याजदर स्थिर छ । कतिपयले बैङ्कहरूले ब्याजदरमा सिन्डिकेट लागू गरेको आरोपसमेत लगाए ।  यसै सन्दर्भमा केन्द्रित रहेरनेपाल राष्ट्र बैङ्क अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापासँग गरिएको कुराकानीको संक्षेपः
 
बैङ्कहरूको तेस्रो त्रैमास सकिएको छ,  यसलाईं तपाईंले कसरी हेर्नुभएको छ ? 
 
तरलतामा अघिल्ला वर्षको तुलनामा समस्या भएता पनि  कर्जा  विस्तार चाहिँ रोकिएको छैन । वार्षिक रूपमा हेर्ने हो भने झण्डै १९ प्रतिशतले कर्जा विस्तार भएको छ । कर्जा विस्तार उल्लेख्य रहेका कारण पनि  बैङ्क तथा वित्तीय संस्थाको खासगरी वाणिज्य बैङ्कको  मुनाफामा वृद्धि भएको हो ।  अर्को कुरा सबै बैङ्कहरू नेपाल राष्ट्र बैङ्कको नियमनमा छन् ।  राष्ट्र बैङ्कले अन्तर्रा्ष्ट्रिय असल अभ्यासहरू बैङ्क तथा वित्तीय संस्थामा लागू गरेको छ । बैङ्क तथा वित्तीय संस्थाहरू अन्य  निकायभन्दा पारदर्शी पनि छन् । अनुशासित पनि  उत्तिकै छन् । यिनीहरू अरू क्षेत्रका प्रतिष्ठानभन्दा बढी पारदर्शी र अनुशासित भएका कारण मुनाफा वृद्धि सम्भव भएको हो । यस्तै अहिले नेपाल पुनःनिर्माण अर्थात् नव निर्माणमा गएको छ । आयातमा उल्लेख्य विस्तार भएका कारण ट्रस्ट रिसिट लोन, (व्यापार आयात लोन)  बढेको हो । २÷३ महिनाका लागि  कर्जा लिन्छन् र फेरि रिपेमेन्टक हुन्छ । यसको साइकल हुँदै जान्छ ।  कर्जा असुली पनि हुन्छ र ब्याज पनि असुली हुन्छ । तीन महिनामा लोन परिपक्व हुन्छ अर्थात आयात बढेको कारणले बैङ्कहरूको मुनाफा बढेको हो ।  यसैबीच अर्को कारण पनि छ । राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई स्प्रेडदर (कर्जा र निक्षेपको ब्याजदरको अन्तर) ५ प्रतिशतभन्दा मुनि राख्न निर्देशन दिएको छ ।  अहिले कर्जा, व्याजदर र तरलतामा जुन किसिमको उतार चढाव आएको छ, यो चाहिँ निक्षेपमा दिने ब्याजदरभन्दा कर्जामा लिइने ब्याजदर बढी भएकाले हो । अहिले स्प्रेडदर औषतमा साढे ५ प्रतिशतको हाराहारीमा रहेको छ ।  यी कारणले बैङ्कको चालु आर्थिक वर्षको नौ महिनामा मुनाफा ३६ अर्ब पुगेको हो । यसो हेर्दा  १६–१७ प्रतिशतको मुनाफा देखिन्छ ।  
 
तरलता अभावकै बीच यतिको नाफा बढ्नुलाई स्वभाविक मान्न सकिन्छ ?
 
यसलाई स्वभाविक नै मान्नुपर्ने हुन्छ किनभने बैङ्क तथा  वित्तीय संस्थामा कुनै समस्या आएको छैन । खराब कर्जाको अनुपात अत्यन्त न्यून छ । वाणिज्य बैङ्कहरूको हिसाब किताब गर्दा २ प्रतिशतभन्दा बढी खराब कर्जा छैन । खराब कर्जा नबढ्दा लोन लस प्रोभिजन कर्जा व्यवस्था गर्नु पर्दैन ।  त्यस कारणले पनि मुनाफा बढेको हो । यदि बैङ्कहरूको खराब कर्जा ५–६ प्रतिशत भएको भए यो स्तरको मुनाफा हँुदैनथ्यो । 
 
केही समयअघि बैङ्कहरूको ब्याजदरमा  निकै उतार चढाव देखियो यसको सन्तुलनका लागि के गर्न सकिएला ?
 
अहिले अर्थतन्त्रले नयाँ मोड लिइरहेको छ । आर्थिक गतिविधि बढिरहेका छन् । लगानीकर्ताको आत्मविश्वास बढेको छ । यसकारण पनि कर्जाको माग बढेको छ । देश पुनःनिर्माणको चरणमा छ । कर्जा विस्तार हुनु र कर्जाको माग बढ्नु स्वाभाविक हो ।  यसले पनि बैङ्क तथा वित्तीय संस्थाले विजनेस पाएको अवस्था हो । जुन अन्य क्षेत्रमा देखिँदैन ।  अहिले परिवर्तित अवस्थाको रिफ्लेक्सन हो जस्तो लाग्छ व्याजदरको उतार चढाव ।  
 
केही महिनायता बैङ्कहरूले खुला बजारलाई  बेवास्ता गर्दै  ब्याजदरलाई नियन्त्रण गरेका छन् र अहिले ब्याजदर स्थिर छ । यसले अर्थतन्त्रमा कस्तो असर गर्ला ?
 
जटिल अवस्थामा आए पनि यस्तो हुन आएको हो । यो विस्तारै– विस्तारै हट्छ । बैङ्क तथा वित्तीय संस्थामा स्वस्थ प्रतिस्पर्धा हुन्छ । राष्ट्र बैङ्कको फोकस भनेको बैङ्क तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिस्पर्धा नहोस् भन्ने नै हो । सबै कुरा ठिकठाक हुनासाथ यसमा सुधार आउँछ ।  यतिबेला २० प्रतिशत ब्याजदर बढायो भयो भने त्यो अर्थतन्त्रले धान्न सक्तैन ।
 
जोखिम छ तर हामीले त्यही जोखिम ननिम्तियोस भनेर  कुल पुँजीको २५ प्रतिशत मात्र ल्याऊ भनेर खुला गरेका हौँ । अहिले नेपालमा पर्याप्त मात्रामा विदेशी विनिमय सञ्चिती छ । त्यसैले डराउनपर्ने अवस्था छैन । 
पटक–पटक देखिने तरलताको (लगानीयोग्य रकम) समस्या समाधानका लागि के गर्नुपर्ला ? 
 
तरलताको कमी होइन । तरलता अधिक नै छ । तर निक्षेप चाहिँ कर्जाको तुलनामा बढ्न सकेको छैन । झण्डै १९ प्रतिशत कर्जाको विस्तार छ भने  निक्षेपको वृद्धिदर १५ प्रतिशत छ ।  निक्षेप र कर्जा बीचको असन्तुलनका कारणले नै ब्याजदरमा उतार चढाव देखिएको हो । अहिले राष्ट्र बैङ्कमा  २० अर्ब अधिक तरलता छ । यो पर्याप्त हो । समस्या समाधान हुँदै गएको छ । नेपाल सरकारको पुँजीगत खर्च पनि बढ्दै गएको छ । 
 
 
अहिले बैङ्कहरूले विदेशी संस्थासँग ऋण लिइरहेका छन् । यो दीर्घकालीन समाधान हो ?
 
पक्कै पनि यो दीर्घकालीन समाधान हो । यदि आन्तरिक रूपमा वित्तीय सञ्चालन गर्न सकिँदैन र छैन भने विदेशी बचत पनि हाम्रो जस्तो देशमा प्रयोग गर्नुपर्ने हुन्छ ।  यसलाई दृष्टिगत गरेर राष्ट्र बैङ्कले बाह्य कर्जा लिन सक्ने द्वार  खोलेको हो ।
 
 
 
यदि बैङ्कहरूले तिर्न सकेनन् भने जोखिम पनि उत्तिकै देखिन्छ नि होइन ?
 
जोखिम छ तर हामीले त्यही जोखिम ननिम्तियोस भनेर  कुल पुँजीको २५ प्रतिशत मात्र ल्याऊ भनेर खुला गरेका हौँ । अहिले नेपालमा पर्याप्त मात्रामा विदेशी विनिमय सञ्चिती छ । त्यसैले डराउनपर्ने अवस्था छैन । 
 
विदेशी विनिमय सञ्चिती कति छ ?
 
अहिले १ हजार ४९ अर्ब  विदेशी विनिमय सञ्चिती छ । त्यो भनेको ११ महिनाको वस्तु आयात धान्न पर्याप्त छ ।  यो उल्लेख्य नै मान्नुपर्छ । ८ महिनाको विदेशी विनिमय सञ्चितीलाई हामीले पर्याप्त मान्दछौँ तर अहिले ११ महिनालाई पुग्ने जति छ । बैङ्कले विदेशबाट ऋण लिँदैमा विदेशी विनिमय सञ्चितीमा चाप पर्छ भन्ने होइन ।  
 
तेस्रो त्रैमासमा पनि ३/४ वटा बैङ्कले राष्ट्र बैङ्कले तोकेको चुक्ता पुँजी पु¥याउन सकेनन्, अब के हुन्छ ?
 
२८ मध्ये २५ वटा वाणिज्य बैङ्कको चुक्तापुँजी पुगेको छ । तीनवटा चुक्तापुँजी पु¥याउने चरणमा छन् । लगभग समस्या समाधान भयो भन्दा हुन्छ । 



More News



बजेटमा औद्योगिक क्षेत्रलाई प्राथमिकता दिनपर्छ: भवानी राणा

Posted: 2018-05-19 09:04:07

भवानी राणा/ अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ- मुलुक संघीयतामा प्रवेश गरेपछि तेस्रो बजेट ल्याइँदै छ । आर्थिक वर्ष ०७५-७६ का लागि यही जेठ १५ गते संघीय सरकारले ल्याउने बजेटमा यसअघि अभ्यास नभएको वित्तीय संघीयता अवलम्बन गरिने छ । संघीय सरकारले बजेट ल्याएपछि असार १ र १० गतेभित्र क्रमशः प्रदेश र स्थानीय सरकारले बजेट ल्याउँदैछन् । यसै सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग गरिएको कुराकानीको संक्षेपः...


‘मोदी भ्रमण रणनीतिक हो’: प्रा. जयराज आचार्य

Posted: 2018-05-13 10:24:44

प्रा. जयराज आचार्य काठमाडौँ — प्रा. जयराज आचार्य नेपालका तर्फबाट संयुक्त राष्ट्रसंघका लागि पूर्वस्थायी प्रतिनिधि हुन् । नेपाली कूटनीतिका धरोहर यदुनाथ खनालसँग निकट रहेर अध्ययन गरेका आचार्यको ‘यदुनाथ खनाल स् जीवनी र विचार’ पुस्तक प्रकाशित छ । बीपी कोइराला र गिरिजाप्रसाद कोइरालासँग निकट रहेर काम गरेका आचार्यको भारतीय पूर्वप्रधानमन्त्री तथा बीजेपी नेता अटल विहारी बाजपेयीसँग पनि राम्रो सम्बन्ध छ । कूटनीतिक क्षेत्रका अध्येता प्राध्यापक आचार्यसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण, नेपाल–भारत सम्बन्ध र नेपालको कूटनीतिबारे यसो भन्छन्:...


तेस्रो त्रैमासमा बैङ्क तथा वित्तीय संस्थाको अवस्था राम्रो देखियो– नरवहादुर थापा, कार्यकारी निर्देशक,नेपाल राष्ट्र बैंक

Posted: 2018-05-08 14:58:40

चालु आर्थिक वर्ष २०७४/७५ को तेस्रो त्रैमासमा बैङ्क तथा वित्तीय संस्थाले राम्रो मुनाफा गरेका छन् । बैङ्कहरूले आफूसँग लगानी गर्ने रकम छैन भनेर कोलाहल गरिहँदा उनीहरूले प्रस्तुत गरेको वित्तीय विवरणले नसोचेको नाफा हासिल भएको छ । बैङ्कहरूले मुद्दती निक्षेपमा ११ प्रतिशतभन्दा नबढ्ने र साधारण बचतमा ८ प्रतिशतभन्दा माथि नजाने सहमति गरे । अहिले ब्याजदर स्थिर छ । कतिपयले बैङ्कहरूले ब्याजदरमा सिन्डिकेट लागू गरेको आरोपसमेत लगाए । यसै सन्दर्भमा केन्द्रित रहेरनेपाल राष्ट्र बैङ्क अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापासँग गरिएको कुराकानीको संक्षेपः...


यौनलाई अश्लील भन्नु गलत होस् साहित्यकार गौतम

Posted: 2018-05-05 09:55:52

ध्रुवचन्द्र गौतम- साहित्यकार ध्रुवचन्द्र गौतम ७४ वर्ष पुगिसके । अहिलेसम्म ५० भन्दा बढी पुस्तक लेखिसकेका गौतमका २५ वटा उपन्यास प्रकाशित छन् । उनका कथा कविता पनि प्रकाशित छन् । १० वर्षको उमेरदेखि कविता लेख्न थालेका गौतम ७४ वर्षको उमेर पुग्दा पनि लेखिरहेका छन् । हरेक दिन उनी केही न केही लेखेकै हुन्छन्, लेखाइबाट उनी अझै थाकेका छैनन् । २०७४ मा उनको ‘एक आनाको जमाना’ नामक अनुभव उपन्यास प्रकाशनको अन्तिम चरणमा छ । उनै गौतमसँग साहित्यको विभिन्न पाटोबारे गरिएको कुराकानीः...


औद्योगिक वातावरण अव सुध्रिन्छ-मातृकाप्रसाद यादव, उद्योग, वाणिज्य तथा आपूति मन्त्री

Posted: 2018-05-02 11:58:33

मातृकाप्रसाद यादब अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री छन् । तेस्रो पटक मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका यादव फरक काम गर्ने शैलीका कारण सधैं चर्चामा हुन्छन् । एलडिओलाई शौचालयमा थुनेका यादबले मन्त्री पद समेत गुमाए । उनीसँग मुलुकको उद्योग व्यवसायका विभिन्न पक्ष्गमा अधारितरही गरिएको कुराकानी ।...


Advertisements