अन्तर्बार्ता

यौनलाई अश्लील भन्नु गलत होस् साहित्यकार गौतम

Posted: 2018-05-05 09:55:52

 
 
ध्रुवचन्द्र गौतम-
 
साहित्यकार ध्रुवचन्द्र गौतम ७४ वर्ष पुगिसके । अहिलेसम्म ५० भन्दा बढी पुस्तक लेखिसकेका गौतमका २५ वटा उपन्यास प्रकाशित छन् । उनका कथा कविता पनि प्रकाशित छन् । १० वर्षको उमेरदेखि कविता लेख्न थालेका गौतम ७४ वर्षको उमेर पुग्दा पनि लेखिरहेका छन् । हरेक दिन उनी केही न केही लेखेकै हुन्छन्, लेखाइबाट उनी अझै थाकेका छैनन् । २०७४ मा उनको ‘एक आनाको जमाना’ नामक अनुभव उपन्यास प्रकाशनको अन्तिम चरणमा छ । उनै गौतमसँग साहित्यको विभिन्न पाटोबारे गरिएको कुराकानीः
 
 
यो विषयमा लेख्छु भनेर विषयको छनोट कसरी गर्नुहुन्छ ?
समाजबाटै लिने हो । वर्तमान समाजको मान्छेको सोचाइ बुझाइलाई नै मैले लेखनमा उतार्ने गरेको छु । कुनै पनि विषयवस्तु, आइडिया अथवा प्लट भनु त्यो मेरो दिमागमा फ्याट्ट आउँछ । जब केही फुर्छ अनि म लेख्न थाल्छु । लेख्छु भनेर सोच्नेबित्तिकै झलल्ल परेको उज्यालो आउँछ । त्यो एक निमेषको उज्यालोलाई टपक्क टिपेर लेख्न थाल्छु ।
 
 हामी युवा छँदा समाजले अश्लील मान्ने कुरा अहिले समाजले सहजै स्वीकार्छ । यदि यौनलाई अश्लील भन्नुभएको हो भने पनि गलत हो । के यौन अश्लील हो र ? सान्दर्भिक बनाएर यौनका कुरालाई कलात्मक ढंगले साहित्यमा उतार्दा अश्लील हुँदैन । 
‘उपसंहार तथा चौथो अन्त्य’ उपन्यासको रवि भन्ने पात्र कसरी छान्नुभयो ? 
हाहाहा... त्यो पनि त्यतिबेलाको समयअनुसारको हो । पहिले विषय हुन्छ । त्यो पछि पात्र आउँछ । कस्तो आउने भन्नेकुरा थिमले बताउँछ । किन आयो भन्न गाह्रो छ । 
 
विषयवस्तुको छनोट कसरी गर्नुहुन्छ ? 
‘अलिखित’ उपन्यास मेरो गाउँको अनुभव हो । धेरै ठाउँमा जाँदा धेरै थरिका मान्छे भेटिन्छन् । त्यहाँ धेरै थरिका मान्छेको संगत हुन्छ । त्यस्ता विषयवस्तुलाई लिएर आफ्नो काल्पनिकता अझ भनांै कलात्मकता भरेर लेख्ने हो । लेखक सधैँ एउटै विषयवस्तुमा केन्द्रित हुनुपर्छ भन्ने छैन । त्यसकारण धेरै विषयवस्तु हुने हो । कुन आउँछ भन्ने एकिन हुन्न । जम्मै कुरा वर्तमान समयको पात्र तथा विषयवस्तु हुन्  । 
 
विषयवस्तुको प्राथमिकता त होला नि ?
विषयवस्तु भन्ने कुरा जतिबेला पनि हुन्छ । कुनै निश्चित समयमा हुन्छ भन्ने हुँदैन । हाम्रो वरिपरि २४ घण्टा विषयवस्तु घुमिरहेको हुन्छ । तर, सबैलाई सबैखाले विषयवस्तुले सबैलाई आकर्षण गर्छ भन्ने होइन । एउटै घरका मान्छे पनि कोही लेखक, कोही इन्जिनियर हुन्छन् । टिपिने क्षमतामा भर पर्छ । जुन कुराले छुन्छ त्यही हुन्छ । जुन विषयवस्तु देख्नेबित्तिकै बत्ती बिजुली चम्केजस्तो हुन्छ त्यसैलाई टिपेर लेख्न थाल्छु । 
 
पात्र छनोटको कुनै विधि छ त ?
लेखकले पात्र दिनरात देखिरहेको भेटिरहेको हुन्छ । थिम आएपछि कुन पात्र कहाँ उपयुक्त हुन्छ त्यहीँ राख्ने हो । प्रत्यक्ष भेटेका पात्रलाई उसको असली रूपलाई नमासिने गरी काल्पनिकतामा ढालिन्छ । 
 
वादबाट प्रभावित हुनुहुन्छ पनि भनिन्छ नि ?
मलाई अरूले अस्तित्ववादी विसंगतिवादीबाट प्रभावित छ भन्छन्  । तर, म आफँै स्वयंलाई केहीबाट प्रभावित छु जस्तो लाग्दैन । 
 
पञ्चायतकाल, संवैधानिक राजतन्त्र, गणतन्त्र सबै अवस्थामा तपाईंको कलम चलिरहेको छ । यस्ता राजनैतिक परिवर्तनले एउटा लेखकलाई कस्तो प्रभाव पार्छ ?
समाजमा घटेका प्रत्येक घटनाले साहित्यमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । हामीले पञ्चायत कालमा पनि त्यो व्यवस्थाविरुद्ध लेख्यौं । त्यहीबेला मैले ‘डापी’ भन्ने पुस्तक निकालेँ, त्यतिबेला समालोचना गर्नेले भारतमा इन्दिरा गान्धीले संकटकाल लगाएको हुँदा उतैको घटनाअनुसार पुस्तक लेखिएको भनेर लेखे । म त्यतिबेला पिएचडीका लागि भारतमा बसेको थिएँ । तर त्यो विषयवस्तु नेपालकै थियो, नेपालकै शासन व्यवस्थाविरुद्ध लेखिएको थियो र नेपालमा लेखिएको थियो । प्रकाशन मात्र ढिला भएको थियो । समालोचकले नै पञ्चायतविरुद्ध भन्न सकेनन् । खराबी अहिले पनि लेखिन्छ । तर, त्यो बेलाको जस्तो लेखनमा अहिले गाह्रो छैन । 
 
तपाईंले पञ्चायतविरुद्धको पुस्तक लेख्दा समाजमा कस्तो प्रभाव परेको थियो ?
समाजले जसरी साहित्यलाई प्रभाव पार्छ त्यसरी नै साहित्यले पनि समाजमा प्रभाव पर्छ । पञ्चायतकालमा मैले ‘डापी’ पुस्तक लेख्दा एउटा घनको काम गरेकै हो । त्यस्तै अरू धेरै घनहरु ठोकिँदै गए र त्यो शासन व्यवस्था हट्यो । एक झटारोले परिवर्तन हुँदैन, त्यहाँ त सयौं झटारोहरु पर्न आवश्यक छ । ५ जनाले पढे पनि ५ जनाको मानसिकता त परिवर्तन हुन्छन्  । त्यो बेला प्रभाव भने राम्रै परेको थियो । 
 
पहिले र अहिले लेख्दा के फरक पाउनुहुन्छ ? 
पहिले र अहिलेका पात्र फरक हुन्छन् । अहिले धेरै परिवर्तन भइसक्यो । त्यो बेला सत्ताको विरोध गर्दा पनि सांकेतिक तरिकाले गर्नुपथ्र्योे । अहिले लेखनमा कलात्मकताको अभाव छ । जे लेख्न पनि स्वतन्त्रता भए पनि कलात्मकताको अभाव छ जस्तो लाग्छ । अहिले प्रतिस्पर्धा भनेकै आफैँसँग हो । पहिले लेखक थोरै हुन्थे । नोटिस  हुन्थ्यो । अहिले लेखेर मात्र हुँदैन, प्रचार–प्रसार पनि गर्न सक्नुपर्छ ।  
 
अहिलेको लेखनप्रति सन्तुष्ट हुनुहुन्न हो ?
अहिले निस्केका सबै पढेको छैन तर जति पढेको छु राम्रै छन् । लेखक पनि बढेका छन् । साहित्यकार संख्यात्मक र गुणस्तर सबै बढेका छन् । हामी युवा छँदा लेख्दाखेरि स्वतन्त्रताको चाहना राख्दै लेखिन्थ्यो । तर अहिले त्यो छैन । अहिले कलात्मक बनाउने भन्ने हो । अहिले स्वतन्त्रता छ तर कलात्मकताको अभाव छ । लेखनमा कलात्मकता हुन जरुरी छ । 
 
पहिलेका साहित्यकार र अहिलेका साहित्यकारमा के फरक पाउनुभएको छ त ?
पहिले र अहिले धेरै फरक छ  हामीले हातले लेख्थ्यौ । अहिले पनि म हातैले लेख्छु तर अहिले त्यस्तो छैन । स्रोत साधन प्रशस्त छन् । ज्ञान पनि बढेको छ । नयाँ कुरा आएको छ । राम्रो पनि लेखिरहेका छन् तर कलात्मकताको अभाव भने छ । 
 
कृतिमा के फरक छ ?
अहिले  समाज  धेरै परिवर्तन भएको छ । पहिले  शासकको विरोधी कृति आउँथे । अहिले सिमान्तकृत समुदाय पीडामा परेका मान्छेहरुको कुरा आउन थालेका छन् । पहिले पनि आउन त स्थलगत आउँथे तर कमै हुन्थे, अहिले आएका कृतिहरुमा सामाजिक मुद्दाहरु बढी आउन थालेका छन् । 
 
अहिले बढी अश्लीलता छाएको छ भन्ने सुनिन्छ । हो त ?
यो गलत हो । तपाईं केलाई अश्लीलता मान्नुहुन्छ त्यसले फरक पार्छ । हामी युवा छँदा समाजले अश्लील मान्ने कुरा अहिले समाजले सहजै स्वीकार्छ । यदि यौनलाई अश्लील भन्नुभएको हो भने पनि गलत हो । के यौन अश्लील हो र ? सान्दर्भिक बनाएर यौनका कुरालाई कलात्मक ढंगले साहित्यमा उतार्दा अश्लील हुँदैन । 
 
व्यक्तिगत प्रसंगतिर जाउँ है त । तपाईं कतिबेला पढ्नुहुन्छ ?
यतिबेला पढ्ने भन्ने नै छैन । यदि कुनै पुस्तकको विषयवस्तुले तान्यो भने बिहानबेलुका राति जतिबेला पनि पढेकै हुन्छु । आफ्नो पुस्तक लेख्दा लेख्दै पनि पढिरहेको हुन्छु ।
 
कुन उमेरको हुनुभयो ?
म २००० मा वीरगञ्जमा जन्मेको हुँ । 
 
कहिलेदेखि लेख्न थाल्नुभएको नि ?
लेख्न त २०१० सालदेखि सुरु गरेको हुँ । छापिएको रूपरेखा पत्रिकामा २०२० सालबाट कविता, कथा छापिन थालेको हो । 
पहिलो पुस्तकको प्रकाशन कहिले गर्नु भएको हो ?
पहिलो उपन्यास ‘अन्त्यपछि’ भन्ने २०२४ सालमा छापिएको हो । 
 
लेखक नबन्नुभएको भए के बन्नुहुन्थ्यो ?
मलाई गाउन खुब मन पर्छ । पहिलेबाटै । सायद गायक पो बन्थेँ कि ! 
 
तपाईंका लागि साहित्य के हो ?
अंग्रेजीमा प्यासन भन्छन् क्यारे त्यही हो ।
शुक्रवार साप्ताहिकवाट



More News



नेपालमा सिमेन्ट उद्योगको अवस्था राम्रो छ: सतिषकुमार मोर

Posted: 2018-07-25 06:49:24

सुनाखरी न्युज- चर्चित औद्योगिक घराना लक्की ग्रुपका अध्यक्ष सतिषकुमार मोर नेपाल उद्योग परिसंघ(सिएनआई) का वरिष्ठ उपाध्यक्ष हुन् । शिवम् सिमेन्टका प्रवर्दक समेत रहेका मोरसँग शिवम् सिमेन्टले पव्लिक कम्पनीको रुपमा पहिलो पटक प्राथमिक सेयर (आइपिओ) जारी गर्ने तयारी गरेको सन्दर्भमा नेपालमा सिमेन्ट बजारको अवस्था, चुनौती, अवसर लगायत बिषयमा मोरसँग गरिएको कुराकानी ।...


‘समाधनको सूत्र: सामूहिक विद्वताको प्रयोग’: प्रा. डा. भगवान कोइराला

Posted: 2018-07-14 09:34:25

प्रा. डा. भगवान कोइराला- भगवान कोइरालाको परिचय जरुरी छैन । उनले सहिद गंगालाल राष्ट्रिय हृदय सेन्टरलाई स्थापित, परिचित र विश्वसनीय बनाए । पछि उनी त्रिवि, शिक्षण अस्पतालको पनि प्रमुख बने । अहिले उनी मनमोहन कार्डियोथोरासिक सेन्टरमा प्रमुख छन् । सरकारी अस्पतालमार्फत करिब १४ हजार मुटुको अप्रेसन गरेका उनले नेपालको चिकित्सा शिक्षा र सरोकारवाला राजनीतिको पनि मुटु छामेका छन् ।...


उत्कृष्ट बाणिज्य वन्दै छ कृषि विकास बैंकः लिलाप्रकाश सिटौला

Posted: 2018-07-11 12:07:09

कृषिक्षेत्रमा काम गर्ने भन्दै २०२४ सालमा स्थापना भएको बैङ्क यतिबेला विकास बैङ्कबाट परिवर्तन भई कमर्सियल बैङ्क बनिसकेको छ । राष्ट्र बैङ्कमा फस्ट क्लास अफिसर भएर काम गरिसकेका लिलाप्रकाश सिटौलाले सीईओको जिम्मेवारी सम्हालेपछि कृषि विकास बैङ्कले आफ्नो परम्परागत छविलाई परिवर्तन गर्दै ‘हाइटेक’ छवि बनाएको छ । यसै सन्दर्भमा बैंकका प्रमूख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलासँग गरिएको कुराकानीको संक्षेप ।...


नेपालमा इन्टरनेट शुल्क धेरै घटाउन सकिन्छ: अस्गर अली

Posted: 2018-06-30 19:29:13

प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि विज्ञका रूपमा नियुक्त गरेका अस्गर अली नेपालको लोकप्रिय पेमेन्ट गेटवेमा इसेवाका अध्यक्ष हुन् । सूचना प्रविधि क्षेत्रमा १४ वर्षको अनुभव रहेका अली प्रधानमन्त्रीको विज्ञका रूपमा नियुक्त भएपछिका अनुभव र चुनौती तथा प्रविधि क्षेत्रका समसामयिक विषयमा गरिएको कुराकानीको संक्षेप । ...


मेलम्चीको पानी दसैंअघि जसरी पनि आउँछः सचिव ठाकुर

Posted: 2018-06-23 08:13:02

सुनाखरी न्युज/ काठमाडौँ — मेलम्ची खानेपानी आयोजना अवपनि निर्धारित समयमा सम्पन्न हुने हो कि होइन भन्ने प्रतीक्षा मुलुकमा ब्यवग्ररुपमा भइरहेको छ । आयोजनाको समय लम्बिदै जाने र त्यसबापत राज्यले थप खर्च पनि गरिरहनु पर्ने देखिएको छ । आयोजनाको तालुक मन्त्रालयका रुपमा रहेको खानेपानी तथा सरसफाइ मन्त्रालयको सचिवमा गजेन्द्रकुमार ठाकुर हालै पुनः जिम्मेवारीमा पुगेका छन् । सचिव ठाकुरसँग मेलम्ची आयोजना र सरोकारका विषयमा गरिएको कुराकानीको संक्षेप ।...


Advertisements