अन्तर्बार्ता

धेरै हाइप्रोफाइलका सेक्स स्क्याण्डल पनि बाहिर आउन सक्छनः समाजशास्त्री

Posted: 2018-10-13 06:28:51

निर्मला ढकाल/
काठमाडौं- 
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार अहिले सबैभन्दा बढी आलोचित भएको र रक्षात्मक अवस्थामा पुग्नुको पछाडि राजनीतिक भन्दा पनि सामाजिक कारण छन् भन्दा बहस अवश्य होला । तर, सामाजिक अपराधहरुको नियन्त्रण गर्न नसके पनि अपराधीलाई कारवाही गर्ने सन्दर्भमा समेत सरकार असफल भएको भन्दै नागरिक स्वस्फूर्त विरोधमा उत्रेका छन् ।
विशेषगरी महिला र बालवालिकामाथि हिंसाका घटनाको ग्राफ ह्वात्तै बढेको छ । ९ महिनाकी शिशुदेखि ७४ वर्षीया बृद्धासमेत बलात्कारको शिकार भएका छन् । यस्तो लाग्छ सामाजिक अपराधसँग सरकार निरीह हुँदैछ । अपराध अनुसन्धानमा अन्तर्रा्ष्ट्रियस्तरमै ख्याती कमाएको नेपाल प्रहरी कञ्चनपुर प्रकरणबाट बदनाम बनाइँदैछ ।
बलात्कार र महिलामाथिका हिंसा बढिरहेका बेला यो प्रश्न समाजशास्त्रीय कोणबाट पनि उठ्न थालेको छ । समाजशास्त्री निर्मला ढकालले यही प्रश्न उठाएकी छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रिचन्द्र क्याम्पसमा समाजशास्त्र अध्यापन गराउने ढकालले आफ्नो एमफिलको अध्ययन पनि यसै विषयमा गरेकी छन् । बलात्कारीको बारेमा अध्ययन नगरी बलात्कार जस्ता सामाजिक अपराधका घटना नियन्त्रण नहुने उनको बिचार छ । प्रस्तुत छ, समाजशास्त्री ढकालसँग बलात्कार र यौनजन्य हिंसाका घटनाहरुको सन्दर्भमा समाजशास्त्रीय कोणबाट गरेको प्रश्नोत्तर –
 
बलात्कार र महिलामाथि यौन हिंसाका घटना ह्वात्तै बढे, यो संयोगमात्र हो कि अर्को कोणबाट पनि हेर्नुपर्छ ?
 
अहिले बढेको भन्ने मलाई लाग्दैन । यस्ता घटना पहिले पनि हुन्थे तर मिडियाका कारण अहिले बाहिर आएका छन् । मान्छेमा यस्ता घटना लुकाउनु हुँदैन भन्ने चेतना बढेको छ । छिमेकीले पनि यस्तो कुरा लुकाउनुहुँदैन भनेर पीडितलाई दबाब दिएका हुन्छ्न । त्यसैले अहिले बढेको होइन कि,अहिले घटनाहरु सार्वजनिक भएका हुन् भनेर बुझ्नुपर्छ ।
 
बलात्कारका जस्ताखाले घटना बाहिर आइरहेका छन्, ती यौन प्रयोजनका कारणमात्र भएका हुन् भन्न सकिन्छ ?
 
हाम्रोमा यस्ता घटना हुनुको पछाडि अलिकति चाहिँ दार्श्निक पक्ष पनि हेर्नुपर्छ । द्धन्द्धोत्तर समाजमा यस्ता घटनाहरु देखा पर्छन् भनिन्छ । अर्को त माइग्रेसको कारण पनि समाजमा यस्ताखाले अपराध बढ्छन् भनेर हामीले पढ्छौं ।
 
बलात्कारकै समाचार हेर्ने हो ६०र७० वर्षका बृद्धा बलात्कृत भएका छन् । ९ महिनादेखि ९ वर्ष उमेरका बच्चामाथि बलात्कार भएका छन् । यी घटना त ‘फिजिकल डिजायर’का कारण भएको जस्तो देखिँदैन । यौन शन्तुष्टिका लागि भएका बलात्कार यी हुँदै होइनन् ।
 
 
यो पनि पढ्नुहोस
‘तालिम, पोर्नसाइट प्रतिवन्ध वा मदिरा निषेधले बलात्कार रोकिँदैन’
शारिरिक आनन्दका लागि हुन्थ्यो भने त उमेरको पनि कुरा आउँथ्यो । यो ग्याप भनेको मनोवैज्ञानिक समस्या पनि हो । एकदमै ग्रसित मान्छेहरु यस्ता अपराधमा छन् भन्ने देखाउँछ
शारिरीक आनन्दका लागि हुन्थ्यो भने त उमेरको पनि कुरा आउँथ्यो । यो ग्याप भनेको चाहिँ, यो मनोवैज्ञानिक समस्या पनि हो । एकदमै ग्रसित मान्छेहरु यस्ता अपराधमा छन् भन्ने देखाउँछ ।
 
जुन मान्छे कुनै स्टेजमा आफैं पनि यौन दुव्र्यवहारमा परेको छ भने त्यसले कुनै न कुनै स्तरमा आएर त्यो हर्कत गर्छ । एक्लोपन, बेरोजगारी जस्ता कुरा पनि बलात्कारसँग कहिँ न कहिँ जोडिएका हुन्छन् ।
भन्नलाई पोर्न साइटहरुको कारण पनि भन्छन् । तर, मलाईचाहिँ त्यस्तो लाग्दैन । पोर्न साइट हेर्ने उमेर समूहको मान्छेले वा त्यो वर्गको मान्छेले बलात्कार गरेको छ कि छैन ? त्यो पनि हेर्नुपर्ने हुन्छ । मलाई लाग्दैन, पोर्न साइट हेर्ने पुस्ताको मान्छेले बलात्कार गरेको छ ।
 
समाजशास्त्रीय कोणबाट हेर्दा, बलात्कारसँग समाजको संरचना वा सामाजिक बनोटको पनि सम्बन्ध हुन्छ ?
 
अवश्य पनि बलात्कार सामाजिक सम्बन्धको उपजनै हो । समाजको स्वरुप परिवर्तन हुँदै जाँदाखेरि समाजका उपरी संरचनाहरु फेरिन थाल्छन् । मान्छेका सोच्ने व्यवहारहरु परिवर्तन हुन थाल्छन् ।
पहिलाको जसरी परिवारका सदस्य र नजिकका नातेदारलाई हेर्ने दृष्टिकोण अहिले फेरिदैछ । सम्बन्धहरुमा खुकुलोपन आउन थालेका छन् । उनीहरुसँग गरिने व्यवहारमा खुकुलोपन आउन थालेका छन् ।
उदाहरणका लागि बाबु र छोरीका बीचको जुन आत्मीयता र उत्तरदायित्वको बन्धन थियो त्यो समाज खुकुलो हुँदै जाँदा यसमा पनि परिवर्तन भइरहेका छन् । परिवारभित्रकै सदस्यहरुबीच जुन घटनाहरु आइरहेका छन्, त्यो भनेको सामाजिक सम्बन्धहरुमा आइरहेको खुकुलोपनको नकारात्मक प्रभाव पनि हो ।
 
हिजो यी सामाजिक सम्बन्धहरुलाई के ले बाँधेको थियो र आज खुकुलिदैछन् ?
 
पहिला पहिला कतिपय सम्बन्धमा धार्मिक कारणले पनि मान्छेलाई रोकेको हुन्थ्यो । यस्तो काम गर्नु पाप हो भन्ने हुन्थ्यो । अहिले त मान्छेमा धर्मप्रति विश्वास कम हुँदै जाँदा यसो गर्दा के हुन्छ र ? भन्ने सोच विकसित भइरहेका छन् ।
 
मैले धर्मले अपराध गर्नबाट मान्छेलाई रोकेको थियो त भन्न खोजेको होइन तर धर्मले एकप्रकारको मान्छेमा डर र बन्धन राखेको थियो त्यो बेला ।
 
खुकुलोपन पनि के कारण आउछ भनेर बुझ्नुपर्ने हुन्छ । एउटा त परिवारको बिखण्डन हो । पहिले हामी संयुक्त परिवारमा बस्थ्यौं । परिवारको सदस्यमा आफ्नो परिवारप्रति दायित्व बढी हुन्थ्यो । घरकै साना साना बच्चाहरु हर्नेदेखि लिएर सबै सम्बन्ध अलि कसिलो हुन्थ्यो ।
 
पहिलाको जसरी परिवारका सदस्य र नजिकका नातेदारलाई हेर्ने दृष्टिकोण अहिले फेरिँदैछ । सम्बन्धहरुमा खुकुलोपन आउन थालेका छन् । उनीहरुसँग गरिने व्यवहारमा खुकुलोपन आउन थालेका छन्
 
अहिले त एउटा परिवार माइग्रेट भएर बिखण्डन भइरहेको हुन्छ । एउटै परिवार धेरै ठाउँमा बिभाजित भएको छ । एक अर्काप्रतिको निकटता, आत्मीयता र उत्तरदायित्व पनि कम हुँदै गएको छ । पहिलाको जस्तो समाज अहिले विल्कुल छैन । परिवारकै सदस्यहरुबीच,आफन्तहरुबीच आत्मीयता घटेको छ,जसका कारण समाजमा यौन हिंसाका घटना बढिरहेका हुन सक्छन् ।
 
सम्बन्धमा आएको खुकुलोपनले समाजमा प्रभाव त पारेकै छ हेर्नुस । यसलाई स्वभाविक प्रक्रियाका रुपमा मात्र लिएर हुँदैन । बलात्कारमा संलग्न व्यक्तिहरुको प्रपर रिसर्च होस त धेरै कुरा बाहिर आउछन् ।
 
तपाईंले भन्न खोजेको बलात्कारीलाई पक्राउ गरेर जेल हाल्नेमात्र अपराध नियन्त्रण होइन, उनीहरुको मनोवृत्ति पनि अध्ययन गर्नुपर्छ भन्ने हो ?
 
एउटा बलात्कारी समातिन्छ र जेल जान्छ । तर त्यसले अपराध नियन्त्रण भइरहेका त छैनन् नि । अहिले जसरी बलात्कारका घटना कहालीलाग्दो ढंगले बाहिर आइरहेका छन्, ती घटनाको भित्री पाटोसम्म अध्ययन हुन सकेको छैन ।
 
मैले अघिनै भनेँ,बलात्कारका जुन घटना र पात्रहरु देखाइएको छ ती घटना ‘सेक्स प्लिजर’को लागि भन्दा पनि विक्षिप्त मानसिक अवस्थाका मान्छेले गरेका अपराधका रुपमा देखिन्छन् ।
 
हामीकहाँ ती अपराधिक कर्ममा संलग्न व्यक्तिका बारेमा अध्ययन भइसकेको छैन । यो समस्या एउटा व्यक्तिको अपराधमात्र होइन । त्यसो भए त एउटा बलात्कारीलाई झुण्ड्याउँदा हुन्थ्यो । तर, एउटा बलात्कारीलाई झुण्ड्याउँदैमा यो समस्या सकिने होइन ।
 
यसका लागि के गर्ने त ?
 
के कारणले त्यो व्यक्ति यो हदसम्मको अपराध गर्न उद्यत भयो । कस्तो मानसिकताको व्यक्तिले बलात्कार गरिरहेका छन् भन्ने कुराको बहस प्राज्ञिक कोणबाट पनि भएको छैन र उच्चस्तरीय छानविन पनि भएको छैन ।
 
मलाई लाग्छ कुनै पनि बलात्कारीको बारेमा र यस्ता अपराध किन हुन्छन् भन्ने बारेमा आधिकारिक ढंगले रिसर्च भएको छैन । यदि हुन्थ्यो भने बाहिर आउँथ्यो होला । कस्तो व्यक्तिले बलात्कार गर्छ ? उसको परिवेश र ट्र्याक रेकर्डबारे बाहिर आउँदै आउँदैन ।
 
जस्तो कि–बाबुले छोरीलाई बलात्कार गरेको कुरा आउछ । कस्तो अवस्थामा त्यो घटना भयो ? ऊ कुन अवस्थाको मान्छे हो ? विस्तृत अध्ययन र छानविन नै हुँदैन । बलात्कार त भयो, बलात्कारी पक्राउ पनि पर्छ । कारवाही पनि हुन्छ । तर, त्यो घटनाका पछाडिको मनोविज्ञान र व्यक्तिका बारेमा अध्ययन गरियो भने यस्ता अपराध किन र कस्ता व्यक्तिबाट हुन्छन् भन्ने तथ्यमा पुग्न सकिन्छ ।
 
परिवार वा नाताभित्र कुन अवस्थामा यस्ता सम्बन्ध हुन पुग्छन् ? बालिका वा बृद्धामाथिका अपराधका घटना एउटैखाले व्यक्तिबाट भएका छन् कि फरक अवस्था छ ? प्राज्ञिक कोणबाट यसको रिसर्च गर्न ढीला भएको हो कि जस्तो लाग्छ ।
 
तर, पनि तपाईंहरुको कोणबाट हेर्दा कस्ताखाले व्यक्ति वा परिवारमा यस्ता अपराध बढी भएका छन् ?
 
ठ्याक्कै त्यसरी अध्ययन त भएको छैन ।
 
मनोवैज्ञानिक रुपमा निकै विक्षिप्त मान्छेहरु पो यस्ता अपराधमा धेरैजसो संलग्न छन् कि ? उनीहरुले कुन स्टेजमा यस्ता अपराध गरे ? यी प्रश्नको उत्तर त अझै पनि खोजि भइसकेको छैन । रेपलाई कम गर्ने हो भने कस्ताखालका व्यक्ति यस्ता अपराधमा संलग्न छन् भन्ने पनि खोजिनुपर्छ ।
 
बलात्कारका जुन घटना र पात्रहरु देखाइएको छ ती घटना ‘सेक्स प्लिजर’को लागि भन्दा पनि विक्षिप्त मानसिक अवस्थाका मान्छेले गरेका अपराधका रुपमा देखिन्छन्
त्यस्तो मानसिकता के हो, जसले उनीहरुलाई बालिकादेखि बृद्धामाथिसमेत अपराध गर्न उक्साउँछ भनेर अध्ययन गर्नुपर्छ । उनीहरुको पारिवारिक, मनोवैज्ञानिक र शारिरीक अवस्थाको समेत अध्ययन गर्नुपर्छ ।
 
किनकि सेक्स प्लिजरका लागि चाहिँ रेप भएको मानिँदैन । रेप र सेक्स प्लिजर बिल्कुल फरक कुरा हो । एउटा सद्दे मान्छेले सेक्स प्लिजरका लागि बालिका र बृद्धा बलात्कार गर्छ भन्ने कुरा आफैंमा मेल खाँदैन । त्यसैले अपराधीमाथि पनि अध्ययन गरौं भनेको हो मैले ।
 
हामीले पनि आधिकारिक अध्ययन प्रतिवेदनहरु र घटनाका प्रवृत्तिहरुका आधारमा विश्लेषण गर्ने हो । ठ्याक्कै यस्तै भन्ने त छैन । कतिपय कुरा मैले माथि पनि भनेँ कि सामाजिक सम्बन्धहरु खल्बलिएका छन् ।
 
बैदेशिक रोजगारीका कारण पनि समाजमा कहीँ न कहीँ प्रभाव पारेको छ । सामाजिक सम्बन्धहरु खल्बलिएका छन् । वैदेशिक रोजगारीका कारण घरभित्रै बिभिन्नखाले सम्बन्ध स्थापित हुने र त्यसलाई जोगाउन वा दबाउन अपराधिक घटना हुने गरेका पनि देखिन्छ । यसलाई विभिन्न कोणबाट हेर्नुपर्छ ।
 
हाम्रो सामाजिक संरचना परिवर्तन हुँदैछ, सामाजिक सन्बन्धहरु फेरिँदैछन् । त्यसैले घटनाहरु बाहिर आउन थालेका छन् । समाज परिवर्तन र सामाजिक सन्बन्ध फेरिने स्टेजमा यस्त घटनाहरु बढी नै आउँछन् ।
 
तपाईको मतलब, समाज परिवर्तन हुँदै गर्दा यस्ता घटनाहरु नयाँ नयाँ ढंगले बाहिर आउँछन् भन्ने हो ?
 
मार्क्र्सवादी कोणबाट हेर्दाखेरि पनि के देखिन्छ भने समाजमा ठूलो परिवर्तन आइरहेका बेला सामाजिक सम्बन्धहरुमा पनि ठूल्ठूला परिवर्तन आउँछन् । समाजमा हुने अपराधको स्वरुप पनि भिन्न प्रकारका हुन्छन् ।
 
हिजो सामन्तवादी युगमा पुरुष प्रधान समाजमा बलात्कारलाई पनि मर्दाङ्गी भनिथ्यो । उसले ५ वटी ७ वटी श्रीमती राख्दा उसको अधिकारभित्र पथ्र्यो । जब हामी परिवर्तनमा आइसकेका छौं । तर, पनि उसले त्यो आचरण छाड्दैन । मनभित्र त्यो मनोविज्ञान त यथावत छ ।
 
त्यसैले संक्रमणका बेला पनि यस्ता घटना बढिरहेका छन् । सामाजिक स्वरुपमा परिवर्तन हुँदाखेरि सबै कुरा सकारात्मक परिवर्तन मात्र हुन्छन् भन्ने छैन । नकारात्मक परिर्वतन पनि धेरै देखिन्छन् ।
 
समाजशास्त्रीय दृष्टिबाट पनि अध्ययन त हुनुपर्ला नि ?
 
हाम्रोमा बलात्कार पीडित कस्ता व्यक्ति छन् त्यो पनि हेर्नुपर्छ । बालिकाहरु आफन्त वा चिनेजानेका व्यक्तिबाट बलात्कृत भएका छन् । एउटै घरमा दश ठाउँका मान्छे बस्छन् । त्यहीँभित्र बालिका असुरक्षित छन् । शारीरिक र मानसिक रुपमा अपांग भएका महिला बलात्कार पीडित भएको देखिन्छ ।
 
सामान्य अवस्थामा युवती बलात्कृत भएका त छन् । तर, त्यो संख्या निकै कम छ । यो भनेको के हो भने कमजोरमाथि बढी अत्याचार भइरहेको छ । अत्याचार गर्ने व्यक्तिको सामाजिक स्तरको बारेमा हेरियो भने बलात्कार कम गर्ने उपायका बारेमा छलफल गर्न सजिलो हुने थियो ।
 
बलात्कार र यौन हिंसाका घटनाको प्रकृति र प्रवृति पनि फरक हो ?
 
हाम्रोमा मात्र होइन हरेक समाजमा यौन हिंसाका घटना त हरेक स्तरमा हुन्छन् । यौन हिंसाका युनिभर्सिटीमा पनि भइरहेका छन् । सरकारी कार्यालय वा मिडियामा पनि भइरहेका होलान् ।
 
अझ पुरुषमाथि हुने सेक्स एसल्टका घटना त आउने सकेका छैनन् । पुरुषमाथि पनि त हिंसा त भएका होलान् नि छैनन् र ? कतिपय महिलाले इच्छा पूरा गराउन पुरुषलाई बाध्य पारेका वा इमोसनल ब्ल्याकमेल गरेका घटना पनि होलान् । तर सामाजिक संरचना अहिले त्यो स्टेजमा पुगिसकेको छैन कि यी घटना पुरुषले बाहिर ल्याइहाल्छन् ।
 
जस्तो कि–बाबुले छोरीलाई बलात्कार गरेको कुरा आउँछ । कस्तो अवस्थामा त्यो घटना भयो ? ऊ कुन अवस्थाको मान्छे हो ? विस्तृत अध्ययन र छानविन नै हुँदैन । बलात्कार त भयो, बलात्कारी पक्राउ पनि पर्छ । कारबाही पनि हुन्छ । तर, त्यो घटना पछाडिको मनोविज्ञान र व्यक्तिका बारेमा अध्ययन गरियो भने यस्ता अपराध किन र कस्ता व्यक्तिबाट हुन्छन् भन्ने तथ्यमा पुग्न सकिन्छ
तर पनि बैदेशिक रोजगारीका कारण कतिपय घटना बाहिर आएका छन्, जहाँ पुरुष पीडित भएका छन् । परिवारका लागि कमाउन जान्छ, आउँदा सम्पत्ति पनि हुन्न, श्रीमती पनि हुन्न । श्रीमती छोरा छोरीका लागि कति सपना सजाएको हुन्छ । मानसिक रुपमा कति पीडित होलान् उनीहरु । कुनै केटीले गरेको रेप केस त बाहिर आउँदैन नि ।
 
बलात्कार र धर्मको सम्बन्धचाहिँ हुन्छ कि हुँदैन ? कतिपयले हिन्दूृ धर्म नै बलात्कारको कारखाना हो भन्ने तर्क पनि गरिरहेका छन् नि ?
 
हिन्दू धर्मले बलात्कारको पक्षपोषण गर्छ भनेर पनि कतिपयले बहस गरेको पढ्न पाइन्छ । तर मलाई कुनै धर्मका कारण बलात्कार बढेको भन्ने लाग्दैन । कुनै पनि धर्मले गलत गर भनेर लेखेको आजसम्म पढेको छैन । धर्मलाई बलात्कारसँग जोडेर दोष दिनुचाहिँ गलत हो ।
 
हामीले धर्मलाई कसरी प्रयोग गर्‍यौं भन्ने हो । समाजमा भएको शक्तिशाली वर्गले धर्मलाई आफू अनुकुल प्रयोग गरेको हुन सक्छ । जस्तो कि–वेदका ठेली त हामी पढ्दैनौं । तर, कुनै पण्डितले वा विद्धानले धर्ममा यसो भनेको छ है भन्यो भने त्यही पत्याउँछौं । यो त धर्मशास्त्रको दोष होइन नि ।
 
पूजा गर्न बस्नुहुन्छ भने पण्डितले जे भन्छ तपाई त्यहि गर्नुहुन्छ । त्यो शास्त्रमा के लेखेको छ भनेर तपाईले हेर्नुहुन्न बरु पण्डितलाई विश्वास गर्नुहुन्छ । धर्मभीरुहरुले जे कुरा बाहिर ल्याए त्यसलाई समाजले पत्यायो । कुनै पनि धर्मले बलात्कारलाई प्रोत्साहन गर्छ भन्ने होइन । धर्मका ठेकेदार र केही शक्तिसाली व्यक्तिले बनाएको भाष्यका पछाडि हामी लाग्नुहुँदैन कि ।
 
पुरुष पनि यौन हिंसाबाट पीडित छन् ?
 
किन नहुनु ? धेरै घटना दबाइएका छन् । हामीले थाहा पाएका कतिपय त्यसता घटना पनि छ । तर ती घटना बाहिर आउन अझै हाम्रो समाज त्यो अवस्थामा पुगिसकेको छैन ।
 
सेक्सका बारेमा हाम्रो समाज अझै अनुदार छ । खुलेर कुरा गर्ने भन्दा लुकेर अपराध गर्ने कर्मका रुपमा सेक्स परिभाषित छ । जुन वर्गले त्यसको बारेमा खुलेर बहस गर्छ त्यो वर्गमा बलात्कारका घटना कम छन् । बलात्कारी र पीडितको वर्ग पनि हेर्नुपर्छ । जसलाई फिजिकल एसल्ट भनेको के हो भन्ने कुरा पनि थाहा हुँदैन, उनीहरु पीडित भएका छन् ।
 
अझ पुरुषमाथि हुने सेक्स एसल्टका घटना त आउने सकेका छैनन् । पुरुषमाथि पनि त हिंसा त भएका होलान् नि छैनन् र ? कतिपय महिलाले इच्छा पूरा गराउन पुरुषलाई बाध्य पारेका वा इमोसनल ब्ल्याकमेल गरेका घटना पनि होलान् । तर सामाजिक संरचना अहिले त्यो स्टेजमा पुगिसकेको छैन
 
दश १२ वर्षका बालिकालाई सेक्सुअल ह्यारेसमेन्ट भइरहेको छ भन्ने कसरी थाहा हुन्छ ? मध्यम वर्ग र माथिल्लो वर्गमा भएका यौन हिंसाका घटना त अझ बाहिर आएकै छैनन् । इज्जत प्रतिष्ठाको कुराले पनि धेरै घटना बाहिर आउन सकेका छैनन् । मेरो जागिर जान्छ कि, अथवा उल्टै मलाई नै दोषी भन्छन् कि भनेर पनि धेरै पीडितले घटना बाहिर ल्याउँदैनन् ।
 
महिलाकै पनि मध्यमवर्गका घटना त अझै पनि भित्रभित्रै दबाइन्छन् होइन ?
 
अहिले जे जति घटना आएका छन्,साना बालिका वा बृद्धबृद्धाका धेरै छन् । उनीहरुमाथिको अपराधमात्र बाहिर आएको छ । यदि ती बालिकाको ठाउँमा उमेर पुगेका महिला हुन्थे भने समाजमा के भनिन्थ्यो ?
ऊ आफैं उत्ताउली भएर गइहोली अनि यस्तो भयो । उसलाई चाहिएको थियो होला । ऊ आफैं खोज्दै गइहोली । यस्तो कुरा पुरुषले मात्र होइन महिलाले नै गरिरहेका हुन्छन् । धन्न बच्चाहरुको केस भएकाले मान्छेले त्यो हदसम्म आरोप लगाएका छैनन् । नत्र त समाज यही हो । पीडितमाथि नै लान्छना लगाएका धेरै उदाहरण छन् । अनि कसरी घटनाहरु बाहिर आउँछन् ।
 
उदाहरण नै दिउँ न, अस्ति भर्खरै दरबारमार्गको ल्याण्डमार्क होटलमा भएको बलात्कारको केसमा उल्टै बलात्कृत युवतीको चरित्रमाथि प्रश्न उठाउने गरी धेरै टीकाटिप्पणी भए । समाचारमा समेत अप्रत्यक्ष रुपमा युवतीकै आनिबानीका कुराहरु ल्याइए । मिडियाले ग्ल्यामरका रुपमा समेत प्रयोग गरे ।
 
कतिपय घटनामा लाखौं रुपैयाँ लेनदेन गरेर मिलाइएका पनि छन् । कतिपय ब्ल्याकमेल पनि भएका होलान् । तर, बलात्कारकै घटना पनि मेलमिलापमा टुंगिएका छन् । यस्तोमा चाहिँ मध्यम वर्गका मान्छे छन् । किनकि इज्जत प्रतिष्ठा पनि त्यही वर्गलाई चाहिने रहेछ । अको कुरा त क्याजुअल सेक्सको प्रचलनले पनि त्यो वर्गलाई फरक बनाएको छ ।
 
क्याजुअल सेक्स चाहिँ के हो नि ?
 
क्याजुअल सेक्स भन्ने शब्द अहिले निकै चर्चामा छ । कतिपयले फ्रेण्डस वीथ बेनेफिट पनि भन्दा रहेछन् । यो एक प्रकारको सहमतिमा हुने अनौपचारिक सेक्स सम्बन्ध हो । सहमतिमा यौन सम्बन्ध राख्ने तर वैधानिक चाहिँ होइन ।
 
हाम्रो सामाजिक संरचना परिवर्तन हुँदैछ, सामाजिक सन्बन्धहरु फेरिँदैछन् । त्यसैले घटनाहरु बाहिर आउन थालेका छन् । समाज परिवर्तन र सामाजिक सन्बन्ध फेरिने स्टेजमा यस्त घटनाहरु बढी नै आउँछन्
जस्तो कि श्रीमान बाहिर गएको छ लामो समय उतै बस्छ । श्रीमानले उता आफ्नो व्यवस्था गर्छ भने श्रीमतीले केही समयको लागि सेक्स डिजायर पूरा गर्नका लागि पारिवारिक ब्याकग्राण्ड नबिगारी कोहीसँग क्याजुअल सेक्स सम्बन्धमा रहन्छन् ।
 
त्यसलाई हाम्रो समाजले कसरी हेर्ने ? समाजले कति स्वीकार गर्छ ? हाम्रोमा महिलाले सेक्स पार्टनर राख्ने कुरा त स्वीकार छैन । विवाहोत्तर सम्बन्ध पनि पुरुषले राखे माफी दिने तर महिलाले राखे चरित्रसँग जोडेर बाँच्नै नदिने अवस्था छ । कतिपय कुराहरु धेरै लुकाउँदा पनि त्यसले अपराध ल्याइरहेको छ कि ? यो कोणबाट बहस गर्नुपर्छ ।
 
त्यो त एक प्रकारले लिभिङ टुगेदर भयो, यसमा पनि महिलानै हिंसामा परे भनेर आइरहेको छ नि ?
 
त्यति त महिला नै यसमा पीडित भए । ममाथि यस्तो दुव्र्यवहार भयो भन्दा उल्टै लान्छित हुनुपर्छ । उनीहरुको घरमै प्रश्न उठ्छ । बीचको लेभलका घटना त आउन बाँकी नै छ ।
 
क्याजुअल सेक्स भन्ने शब्द अहिले निकै चर्चामा छ । कतिपयले फ्रेण्डस वीथ बेनेफिट पनि भन्दा रहेछन् । यो एक प्रकारको सहमतिमा हुने अनौपचारिक सेक्स सम्बन्ध हो । सहमतिमा यौन सम्बन्ध राख्ने तर वैधानिक चाहिँ होइन
मन मिल्ने साथीहरुसँग सेक्स गर्ने अवस्था छ भने अपराध हुन्न । कुण्ठित भएको व्यक्तिले यौन दुव्र्यवहार गर्छ । यस्तो कुण्ठा त महिलामा पनि छ । कुनै न कुनै रुपमा महिलाले सेक्स डिजायर पूरा गर्न पुरुषमाथि पनि एसल्ट भएका होलान् । हाम्रोमा त्यस्ता कुरा त बाहिर आउँदैनन् ।
 
हाम्रोमा मिडल क्लास र हाइक्लास, महिलाले पुरुषमाथि भएका घटना त आउनै बाँकी छन् । समाज त्यो स्टेजमा पुगेको छैन । मिडियाका कराण सोसाइटी चाँडै त्यो स्टेजमा पुग्छ । अहिले मिटु ह्यासट्याग अभियान नेपालमा पनि आइपुगेको छ, कतिपय घटना बाहिर आउलान् पनि ।
 
बाहिर त अहिले पनि कुरा नमिलेपछि आउने त हुन् नि ?
 
एउटा मान्छेले पैसा तिरेर रिलेसन राख्छ भने गुपचुप हुन्छ । बाहिर आउने पनि पैसा तिर्न नसक्नेकै हुन् । महिलाले पुरुष हायर गर्ने गरेको पनि स्टडी रिपोर्ट मैले हेर्दै थिएँ । समाजका प्रतिष्ठित महिलाले पनि सेक्स डिजायर पूरा गर्न पुरुषलाई भाडामा लिने गरेको सुनिन्छ ।
 
घटना त बाहिर आएपछि नै थाहा हुने हुन् । तर, अहिलेसम्म मध्यमवर्ग र उच्च वर्ग्भित्रका यौन हिंसा र बलात्कारका घटना कि त पैसाको बलमा दबाइएका छन् कि त प्रतिष्ठाका कारण लुकाइएका छन् । मलाई लाग्छ, विश्वव्यापी ट्रेण्डबाट नेपाल अछुतो हुन सक्दैन ।धेरै हाइप्रोफाइलका सेक्स स्क्याण्डल पनि बाहिर आउन सक्छन् । अनलाइन खबरवाट साभार



More News



धेरै हाइप्रोफाइलका सेक्स स्क्याण्डल पनि बाहिर आउन सक्छनः समाजशास्त्री

Posted: 2018-10-13 06:28:51

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार अहिले सबैभन्दा बढी आलोचित भएको र रक्षात्मक अवस्थामा पुग्नुको पछाडि राजनीतिक भन्दा पनि सामाजिक कारण छन् भन्दा बहस अवश्य होला । तर, सामाजिक अपराधहरुको नियन्त्रण गर्न नसके पनि अपराधीलाई कारवाही गर्ने सन्दर्भमा समेत सरकार असफल भएको भन्दै नागरिक स्वस्फूर्त विरोधमा उत्रेका छन् ।प्रस्तुत छ, समाजशास्त्री ढकालसँग बलात्कार र यौनजन्य हिंसाका घटनाहरुको सन्दर्भमा समाजशास्त्रीय कोणबाट गरेको प्रश्नोत्तर –


आर्थिक र बौद्धिक लगानी उत्तिकै महत्वपूर्ण छन्: जीवा लामिछाने, संरक्षक तथा पुर्वअध्यक्ष गैरआवासीय नेपाली संघ

Posted: 2018-10-10 19:13:43

जीवा लामिछाने गैरआवासीय नेपाली संघ संघको स्थापनाकालदेखि नै लगातार रुपमा सक्रिय रहँदै आउनुभएको छ । नेपालको आर्थिक विकासमा गैरआवासीय नेपालीहरुले सामूहिक लगानीबाटै टेवा पुराउन सक्ने विश्वास लामिछानेको रहेको छ । संघको संरक्षक तथा पुर्वअध्यक्ष समेत रहनु भएका लामिछानेसंग गैरआवासीय नेपाली संघको समाचार संयोजक चिरन शर्माले नेपालमा हुन लागेको विज्ञ सम्मेलनको सम्वन्धमा गरिएको कुराकानी ।...


ज्ञान र सिप भित्र्याउन सम्मेलन कोशेढुङा हुने

Posted: 2018-09-29 06:46:11

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा आगामी १२ र १३ अक्टोवरमा दुई दिने विज्ञ सम्मेलन र विधानसभाको आयोजना गर्दैछ । विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरु र नेपालप्रति चासो राख्ने विदेशी विज्ञहरुसाग नेपालमा अध्ययन, अनुसन्धान तथा विकासमा संलग्न विश्व–विद्यालय, अनुसन्धान केन्द्र तथा व्यवसायिक संस्थालाई जोड्ने अभिप्रायले आयोजना गर्न लागिएको सम्मेलनका सन्दर्भमा सम्मेलन संयोजक द्वय डा. हेमराज शर्मा तथा कुमार पन्तसँग गरिएको कुराकानीको सम्पादित अंश ... ...


नागरिकको खान, लाउन, बस्न र छोराछोरी पढ्न नपाउने अवस्था हुनुहुँदैन: प्रधानमन्त्री ओली

Posted: 2018-09-19 05:54:53

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात महीना पुगेको छ । लामो समयको सङ्घर्षबाट जनताले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सुशासन र विकासका जनआकाङ्क्षालाई सम्बोधन गर्नु सरकारका लागि चुनौतीको विषय रहिआएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारहरूले नेपालको संविधान जारी भएको चौथो वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगलिएको विशेष अन्तर्वार्ताको सम्पादित अंश


संघीयताले बैंकिङ क्षेत्रलाई राम्रो फाइदाः अनिल शाह

Posted: 2018-09-12 07:08:22

काठमाडौं । अनिल केशरी शाह एक जना त्यस्ता ‘लाइक माइन्डेड’ बैंकर मानिन्छन, जसले कुनै न कुनै नयाँ विचार प्रस्तुत गरिरहेका हुन्छन् । अहिले उनी संघीयताले बैंकिङ क्षेत्रलाई राम्रो फाइदा पुगेको निश्कर्षमा छन् । हाल नविल बैंकका सीईओ रहेका शाहसँग हामीले बैंकिङ क्षेत्रमा देखिएका समस्याबारे कुराकानी गरेका छौं । प्रस्तुत छ, बैंकिङ क्षेत्रको अवस्था, स्प्रेड दर र ब्याजदर लगायतका विषयमा बैंकर शाहसँग गरेको कुराकानीः...


Advertisements