विश्व-प्रवास

केन्यामा बस दुर्घटना ४२ को मृत्यु

Posted: 2018-10-10 14:01:18

सुनाखरी न्युज/ नैरोबी - केन्याको पश्चिमी क्षेत्रमा बुधबार बिहान भएको बस दुर्घटनामा ४२ जनाको मृत्यु भएको छ । प्रान्तीय ट्राफिक प्रहरी अधिकृत जेरो आरोमले ४२ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो । आरोमले मृतकको संख्या बढ्न सक्ने बताउनुभयो ।बसमा ५२ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।
 
 
 बस दुर्घटनाको खास कारण थाहा नभएको केन्या रेडक्रसले जनाएको छ । केन्यामा सडक दुर्घटनामा वर्षेनी तीन हजारको मृत्यु हुने गरेको छ । डिसेम्बर २०१७ मा बस र ट्रक जुध्दा ३६ जनाको मृत्यु भएको थियो । 
रासस/ एएफपी



More News



अमेरिकका पूर्व राष्ट्रपति बुशको निधन

Posted: 2018-12-01 17:50:36

सुनाखरी न्युज/ काठमाडौँ — अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन भएको छ। शुक्रबार साँझ ९४ वर्षको उमेरमा निधन भएको हो । अमेरिकाका ४१ औं राष्ट्रपति बुश सन् १९८९ देखि सन् १९९३ सम्म सत्तामा रहेका थिए। सन् १९२४ मा अमेरिकाको मिल्टनमा जन्मिएका बुश रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति चुनिएका थिए । उनी यस्ता भाग्मानी राष्ट्रपति हुन् जो ८ वर्ष उपराष्ट्रपति हुँदै राष्ट्रपतिमा पदमा चुनिए ।...


इन्टरपोलको अध्यक्षमा रूसी उम्मेदवारलाई हराएर दक्षिण कोरियाका किम निर्वा्चित

Posted: 2018-11-22 07:26:59

सुनाखरी न्युज/ एजेन्सी - अन्तर्रा्ष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को नयाँ अध्यक्षमा दक्षिण कोरियाका किम जोङ याङ निर्वा्चित भएका छन । दुबईमा भएका वार्षिक सम्मेलनमा १९४ सदस्य राष्ट्रको मत पाएर याङ निर्वा्चित भएका ...


अमेरिकाको एक अस्पतालमा अन्धाधुन्द गोली प्रहार, चार जनाको मृत्यु

Posted: 2018-11-20 11:18:03

सुनाखरी न्युज/ काठमाडौं - अमेरिकाको एक अस्पतालमा एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा एक डाक्टरसहित चार जनाको ज्यान गएको छ। अमेरिकाको सिकागोस्थित मर्सी अस्पतालमा स्थानीय समयअनुसार सोमबार ...


कलेजो जोडिएका भुटानी बालिकाको सफल शल्यक्रिया, चिकित्सकहरुले शरीर छुट्टयाएका दुबै बालिकाहरु उपचाररत

Posted: 2018-11-11 10:01:07

सुनाखरी न्युज/ अष्ट्रेलिया — कलेजो जोडिएका १४ महिनाका दुई भुटानी बालिकालाई मेलबर्नका चिकित्सकहरुले सफलतापूर्वक छुट्टयाएका छन् । शरीर जोडिएका निमा र दावा उपचार गराउनका लागि आफ्नी आमासँग करिब २ महिनाअघि अष्ट्रेलिया आइपुगेका थिए । मेलबर्नमा रहेको मेलबर्न रोयल चिल्ड्रेन अस्पतालमा पेडियाट्रिक सर्जन डा. जो क्रामेरीको नेतृत्वमा सम्पन्न भएको उक्त सर्जरी ६ घण्टासम्म चलेको थियो। ...


श्रीलंकामा राजनीतिक संकट बढ्दै, राष्ट्रपतिबाट संसद भंग

Posted: 2018-11-10 09:27:22

सुनाखरी न्युज/ एजेन्सी - (कोलम्बो) श्रीलंकामा राजनीतिक संकट गहिरिँदै गएपछि राष्ट्रपति मैत्रिपाला सिरिसेनाले संसद् नै भंग गरिदिएका छन । राष्ट्रपति सिरिसेनाले गएरातिदेखि लागू हुने गरी संसद् भंग गरेका हुन् । संसद् भंग भएसँगै ...


Advertisements