विश्व-प्रवास

बेपत्ता भएका भनिएका इन्टरपोलका प्रमुख चीनमा पक्राउ

Posted: 2018-10-08 13:42:16

सुनाखरी न्युज/ एजेन्सी -अन्तर्रा्ष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेङ होगवेई कानुन उल्लंघनको आरोपमा चीनमा पक्राउ परेका छन् । इन्टरपोलको मुख्यालय रहेको फ्रान्सको लियोन शहरबाट गत २५ सेप्टेम्बरदेखि बेपत्ता भएका भनिएका मेङ चीनमा पक्राउ परेका हुन् । चीनले कानुन उल्लंघनको आरोप लगाएको भए पनि त्यसबारे थप स्पष्ट पारेको छैन । उनीमाथि कस्तो कारबाही हुन्छ भन्ने पनि एकिन नभएको बताइएको छ । विश्वभरको प्रहरी संगठनको नेतृत्वकर्ता मेंग इन्टरपोलका लागि दुई पटक प्रमुखमा चयन भएका थिए ।
 
 
उनी बेपत्ता भएपछि उनकी पत्नीले आफ्ना पतीको जीउज्यानको सुरक्षाको माग गर्दै आएकी थिइन् । यसैबीच इन्टरपोलले मेङले प्रमुखबाट राजीनामा दिएको पनि जनाएको छ ।
एजेन्सी



More News



श्रीलंकाली प्रधानमन्त्री राजापाक्षेले दिए पदबाट राजीनामा

Posted: 2018-12-15 16:50:39

एजेन्सी- श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले शनिबार आफ्नो पदबाट राजीनामा दिएका छन्। राजापाक्षेले आफ्नै निवासमा राजीनामा पत्रमा हस्ताक्षर गरेका अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। राजापाक्षेको पार्टीका एक जना सांसद शेहान सेमासिङ्घेले वक्तव्य दिएर उनले राजीनामा दिएको बताए। वक्तव्यमा उनले आगामी दिनमा आफ्नो पार्टीले सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने उल्लेख गरेका छन्।...


अमेरिकका पूर्व राष्ट्रपति बुशको निधन

Posted: 2018-12-01 17:50:36

सुनाखरी न्युज/ काठमाडौँ — अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन भएको छ। शुक्रबार साँझ ९४ वर्षको उमेरमा निधन भएको हो । अमेरिकाका ४१ औं राष्ट्रपति बुश सन् १९८९ देखि सन् १९९३ सम्म सत्तामा रहेका थिए। सन् १९२४ मा अमेरिकाको मिल्टनमा जन्मिएका बुश रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति चुनिएका थिए । उनी यस्ता भाग्मानी राष्ट्रपति हुन् जो ८ वर्ष उपराष्ट्रपति हुँदै राष्ट्रपतिमा पदमा चुनिए ।...


इन्टरपोलको अध्यक्षमा रूसी उम्मेदवारलाई हराएर दक्षिण कोरियाका किम निर्वा्चित

Posted: 2018-11-22 07:26:59

सुनाखरी न्युज/ एजेन्सी - अन्तर्रा्ष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को नयाँ अध्यक्षमा दक्षिण कोरियाका किम जोङ याङ निर्वा्चित भएका छन । दुबईमा भएका वार्षिक सम्मेलनमा १९४ सदस्य राष्ट्रको मत पाएर याङ निर्वा्चित भएका ...


अमेरिकाको एक अस्पतालमा अन्धाधुन्द गोली प्रहार, चार जनाको मृत्यु

Posted: 2018-11-20 11:18:03

सुनाखरी न्युज/ काठमाडौं - अमेरिकाको एक अस्पतालमा एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा एक डाक्टरसहित चार जनाको ज्यान गएको छ। अमेरिकाको सिकागोस्थित मर्सी अस्पतालमा स्थानीय समयअनुसार सोमबार ...


कलेजो जोडिएका भुटानी बालिकाको सफल शल्यक्रिया, चिकित्सकहरुले शरीर छुट्टयाएका दुबै बालिकाहरु उपचाररत

Posted: 2018-11-11 10:01:07

सुनाखरी न्युज/ अष्ट्रेलिया — कलेजो जोडिएका १४ महिनाका दुई भुटानी बालिकालाई मेलबर्नका चिकित्सकहरुले सफलतापूर्वक छुट्टयाएका छन् । शरीर जोडिएका निमा र दावा उपचार गराउनका लागि आफ्नी आमासँग करिब २ महिनाअघि अष्ट्रेलिया आइपुगेका थिए । मेलबर्नमा रहेको मेलबर्न रोयल चिल्ड्रेन अस्पतालमा पेडियाट्रिक सर्जन डा. जो क्रामेरीको नेतृत्वमा सम्पन्न भएको उक्त सर्जरी ६ घण्टासम्म चलेको थियो। ...


Advertisements