विश्व-प्रवास

युद्धकालीन समयमा यौनहिंसा विरुद्धका अभियन्ताद्धय नाडिया मुराद र डेनिस मुक्बेजेलाई नोबेल शान्ति पुरस्कार

Posted: 2018-10-05 20:42:28

 
सुनाखरी न्युज/
नर्वे – यस वर्षको नोबल शान्ति पुरस्कार युद्धका क्रममा हुने यौन हिंसा विरुद्धका अभियन्ता द्वय नाडिया मुराद र डेनिस मुक्बेजेले पाउने भएका छन्।
 
नर्वे्स्थित नोबेल पुरस्कार समितिले उनीहरुलाई युद्धका क्रममा पीडित भएका जनताको रक्षामा महत्वपूर्ण योगदान पुराएको भन्दै सन् २०१८को शान्तिका लागि नोबेल पुरस्कार दिने निर्णय गरेको हो।
 
कुर्दिस महिला मुराद इस्लामिक स्टेट(आईएस)का लडाकुको बलात्कार तथा हिंसामा परेर मुक्त भएपछि कुर्दिस जनताको मुक्ति अभियानमा परिचित बनेकी थिइन्।
 
कंगोका चिकित्सक मुक्वेजे युद्दका समयमा यौन हिंसा पीडितको जीवन रक्षामा महत्व पूर्ण भूमिका निर्वाह गरेका थिए। उनले यौन हिंसामा परेका महिलाको उपचारमा विशेष योगदान पुराएका थिए। 
 
पुरस्कार समितिले यौन हिंसालाई युद्धको हतियार बनाउने कार्यको अन्त्यका लागि गरेको प्रयासको कदर गर्दै उनीहरुलाई नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको जनाएको छ। नोबेल शान्ति पुरस्कारका लागि यो वर्ष ३३१ व्यक्ति तथा संस्थाको प्रस्ताव आएको थियो।
 
 



More News



आफ्नै आफ्नी प्रेमिकालाई मारेर, प्रेमिकाको मुटु रक्सीसँग खाएपछि...

Posted: 2018-10-17 06:26:24

सुनाखरी न्युज/ काठमाडौं — रुसका एक नरभक्षी व्यक्तिलाई १२ वर्षको कारावास सजाय सुनाइएको छ । उनले आफ्नी प्रेमिकालाई मारेर उनको मुटु झिकेर पकाए अनि रक्सीसँगै त्यो मुटु खाइदिए । अलेक्से यास्त्रेबोभ नामक ती व्यक्तिलाई आफ्नी प्रेमिका एकातेरिना निकिफोरोभालाई झगडापछि कैंचीले १२९ पटक हिर्काएर मारेको आरोप छ । उनले प्रेमिकाको घाँटी चक्कुले काटेका थिए । ...


केन्यामा बस दुर्घटना ४२ को मृत्यु

Posted: 2018-10-10 14:01:18

सुनाखरी न्युज/ नैरोबी - केन्याको पश्चिमी क्षेत्रमा बुधबार बिहान भएको बस दुर्घटनामा ४२ जनाको मृत्यु भएको छ । प्रान्तीय ट्राफिक प्रहरी अधिकृत जेरो आरोमले ४२ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो । आरोमले ...


बेपत्ता भएका भनिएका इन्टरपोलका प्रमुख चीनमा पक्राउ

Posted: 2018-10-08 13:42:16

सुनाखरी न्युज/ एजेन्सी -अन्तर्रा्ष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेङ होगवेई कानुन उल्लंघनको आरोपमा चीनमा पक्राउ परेका छन् । इन्टरपोलको मुख्यालय रहेको फ्रान्सको लियोन शहरबाट गत २५ सेप्टेम्बरदेखि बेपत्ता भएका ...


युद्धकालीन समयमा यौनहिंसा विरुद्धका अभियन्ताद्धय नाडिया मुराद र डेनिस मुक्बेजेलाई नोबेल शान्ति पुरस्कार

Posted: 2018-10-05 20:42:28

सुनाखरी न्युज/ नर्वे – यस वर्षको नोबल शान्ति पुरस्कार युद्धका क्रममा हुने यौन हिंसा विरुद्धका अभियन्ता द्वय नाडिया मुराद र डेनिस मुक्बेजेले पाउने भएका छन्। नर्वे्स्थित नोबेल पुरस्कार समितिले उनीहरुलाई युद्धका क्रममा पीडित भएका जनताको रक्षामा महत्वपूर्ण योगदान पुराएको भन्दै सन् २०१८को शान्तिका लागि नोबेल पुरस्कार दिने निर्णय गरेको हो। ...


भूकम्प र सुनामीको कारण ईण्डोनेशिया ५० जनाको मृत्यु

Posted: 2018-09-29 17:15:30

सुनाखरी न्युज/ काठमाडौं- ईण्डोनेशियामा शक्तिशाली भूकम्पपछि सुनामी जाँदा ५० जनाको मृत्यु भएको छ । मध्य ईण्डोनेशियाको सुलावेसी द्वीपमा शुक्रबार गएको ७.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी ५० जनाको मृत्यु भएको बिबिसीले जनाएको छ । सुरुमा ६.० र त्यसपछि ७.४ र ६.१ म्याग्नीच्युडका भूकम्प गएको समाचारमा उल्लेख छ ।...


Advertisements