विश्व-प्रवास

भूकम्प र सुनामीको कारण ईण्डोनेशिया ५० जनाको मृत्यु

Posted: 2018-09-29 17:15:30

सुनाखरी न्युज/ 
 काठमाडौं- ईण्डोनेशियामा शक्तिशाली भूकम्पपछि सुनामी जाँदा ५० जनाको मृत्यु भएको छ । मध्य ईण्डोनेशियाको सुलावेसी द्वीपमा शुक्रबार गएको ७.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी ५० जनाको मृत्यु भएको बिबिसीले जनाएको छ ।  सुरुमा ६.० र त्यसपछि ७.४ र ६.१ म्याग्नीच्युडका भूकम्प गएको समाचारमा उल्लेख छ ।
 
भूकम्पको केन्ऽबिन्दु सुलावेसी द्वीपको १८ किलोमिटर गहिराइमा भएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले (युएसजिएस) ले जानकारी दिएको छ । भूकम्पपछि करिब ६ फिट लामो सुनामी सुलावेसी द्वीपको पालू शहरमा पसेको थियो । तटिय क्षेत्रका बस्तीहरुमा सुनामीले बढी प्रभावित पारेको अधिकारीहरुले बताएका छन् । त्यसैले पनि धेरै मानवीय तथा भौतिक क्षति भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।
 
 
 
 
सुनामीबाट प्रभावित पालू शहरमा करिब ३ लाखको मानिसको बसोबास छ । त्यहाँ टेलिफोन सेवा समेत ठप्प भएको छ ।  सामाजिक सञ्जालहरुमा शेयर गरिएका भिडिओमा कयौं मानिस चिच्याइरहेका देखिन्छन् ।
मृतकको संख्या अझै बढ्न सक्ने आशंका छ । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।
 
 
 
विश्वका अन्य देशहरुको तुलनामा ईण्डोनेशियामा बढी भूकम्प जाने गरेको छ । पछिल्लो एक महिनामा इण्डोनेशियामा थुप्रै भूकम्प गएका छन् । ५ अगष्ट इण्डोनेशियाको लम्बोकमा गएको शक्तिशाली भूकम्पमा परी ४६० जना भन्दा बढीको मृत्यु भएको थियो ।
 
त्यसअघि सन् २००४ मा इण्डोनेशियाको सुमात्रा द्वीपमा गएको भूकम्पपछि हिन्द महासागरमा सुनामी जाँदा २ लाख २६ हजार मानिसको मृत्यु भएको थियो । सोही समय इण्डोनेशियामा मात्रै करिब सवा ६ लाख नागरिकले ज्यान गुमाएका थिए ।



More News



श्रीलंकाली प्रधानमन्त्री राजापाक्षेले दिए पदबाट राजीनामा

Posted: 2018-12-15 16:50:39

एजेन्सी- श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले शनिबार आफ्नो पदबाट राजीनामा दिएका छन्। राजापाक्षेले आफ्नै निवासमा राजीनामा पत्रमा हस्ताक्षर गरेका अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। राजापाक्षेको पार्टीका एक जना सांसद शेहान सेमासिङ्घेले वक्तव्य दिएर उनले राजीनामा दिएको बताए। वक्तव्यमा उनले आगामी दिनमा आफ्नो पार्टीले सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने उल्लेख गरेका छन्।...


अमेरिकका पूर्व राष्ट्रपति बुशको निधन

Posted: 2018-12-01 17:50:36

सुनाखरी न्युज/ काठमाडौँ — अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन भएको छ। शुक्रबार साँझ ९४ वर्षको उमेरमा निधन भएको हो । अमेरिकाका ४१ औं राष्ट्रपति बुश सन् १९८९ देखि सन् १९९३ सम्म सत्तामा रहेका थिए। सन् १९२४ मा अमेरिकाको मिल्टनमा जन्मिएका बुश रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति चुनिएका थिए । उनी यस्ता भाग्मानी राष्ट्रपति हुन् जो ८ वर्ष उपराष्ट्रपति हुँदै राष्ट्रपतिमा पदमा चुनिए ।...


इन्टरपोलको अध्यक्षमा रूसी उम्मेदवारलाई हराएर दक्षिण कोरियाका किम निर्वा्चित

Posted: 2018-11-22 07:26:59

सुनाखरी न्युज/ एजेन्सी - अन्तर्रा्ष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को नयाँ अध्यक्षमा दक्षिण कोरियाका किम जोङ याङ निर्वा्चित भएका छन । दुबईमा भएका वार्षिक सम्मेलनमा १९४ सदस्य राष्ट्रको मत पाएर याङ निर्वा्चित भएका ...


अमेरिकाको एक अस्पतालमा अन्धाधुन्द गोली प्रहार, चार जनाको मृत्यु

Posted: 2018-11-20 11:18:03

सुनाखरी न्युज/ काठमाडौं - अमेरिकाको एक अस्पतालमा एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा एक डाक्टरसहित चार जनाको ज्यान गएको छ। अमेरिकाको सिकागोस्थित मर्सी अस्पतालमा स्थानीय समयअनुसार सोमबार ...


कलेजो जोडिएका भुटानी बालिकाको सफल शल्यक्रिया, चिकित्सकहरुले शरीर छुट्टयाएका दुबै बालिकाहरु उपचाररत

Posted: 2018-11-11 10:01:07

सुनाखरी न्युज/ अष्ट्रेलिया — कलेजो जोडिएका १४ महिनाका दुई भुटानी बालिकालाई मेलबर्नका चिकित्सकहरुले सफलतापूर्वक छुट्टयाएका छन् । शरीर जोडिएका निमा र दावा उपचार गराउनका लागि आफ्नी आमासँग करिब २ महिनाअघि अष्ट्रेलिया आइपुगेका थिए । मेलबर्नमा रहेको मेलबर्न रोयल चिल्ड्रेन अस्पतालमा पेडियाट्रिक सर्जन डा. जो क्रामेरीको नेतृत्वमा सम्पन्न भएको उक्त सर्जरी ६ घण्टासम्म चलेको थियो। ...


Advertisements