विश्व-प्रवास

समुद्रमा जहाज अवतरण गरेपछि स्थानीयले डुंगाको सहायताले यात्रुको उद्धार गरे

Posted: 2018-09-29 06:24:49

 

 

बीबीसी/
 
पालिकिर — प्रशान्त महासागरस्थित माइक्रोनेसियामा एक जहाज विमानस्थल नजिकैको समुद्रमा अवतरण भएको छ ।पपुवा न्यू गिनीको एयर न्यू गिनीको जहाज चालकले चुक अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि नजिकैको समुद्रमा पुगेको हो ।
 
 
 
जहाज समुद्रको गहिराई कम भएको स्थानमा रोकिएलगत्तै स्थानीयले डुंगाको सहायताले यात्रुको उद्धार गरेका थिए । जहाजमा ३६ यात्रु तथा ११ चालक दलका सदस्य थिए ।
 
 
 
अधिकारीहरुले जहाजमा सवार कुनै पनि यात्रुको मृत्यु नभएको जनाए । अस्पताल स्रोतलाई उदृत गर्दै रोयटर्स समाचार संस्थाले जनाएअनुसार ४ यात्रु गम्भीर घाइते छन् ।
 
उक्त जहाज माइक्रोनेसियाको फोन्पेइ टापुबाट पपुवा न्यूगिनीको राजधानी पोर्ट मोरेस्बीतर्फ जाने क्रममा वेनो टापुमा अवतरण प्रयास गरिएको हो । माइक्रोनेसिया पश्चिमी प्रशान्त महासागरस्थित ६ सय भन्दा बढी टापुको देश हो । यसको जनसंख्या करिब १ लाख ५ हजार रहेको छ ।
 
एयर न्यू गिनीले खराब मौसमका कारण बोइङ ७३७–८०० धावनमार्ग नजिकै अवतरण गरिएको जनाएको छ । विमानस्थल अधिकारीहरुले घटनाबारे छानबिन सुरु भएको जनाएका छन् । उद्धार गरिएका यात्रु बिल जाइनेशले घटना निकै अप्रत्यारिलो भएको जनाए । उनले उद्धारकर्मीहरु आउनुअघि जहाजमा भरिएको पानी कम्मरसम्म आएको बताए ।
 
चुक अस्पतालका चिकित्सक जेम्स येन्गेलुवले घटनापछि उद्धारका लागि पुग्ने आफू पहिलो व्यक्ति भएको बताए । ‘जब ढोका खुल्यो जहाजभित्र कोलाहल मच्चिएको थियो,’ उनले भने, ‘धन्य, नजिकै २० वटा डुंगा थिए र सबैलाई बाहिर ल्याउन सकियो ।’



More News



आफ्नै आफ्नी प्रेमिकालाई मारेर, प्रेमिकाको मुटु रक्सीसँग खाएपछि...

Posted: 2018-10-17 06:26:24

सुनाखरी न्युज/ काठमाडौं — रुसका एक नरभक्षी व्यक्तिलाई १२ वर्षको कारावास सजाय सुनाइएको छ । उनले आफ्नी प्रेमिकालाई मारेर उनको मुटु झिकेर पकाए अनि रक्सीसँगै त्यो मुटु खाइदिए । अलेक्से यास्त्रेबोभ नामक ती व्यक्तिलाई आफ्नी प्रेमिका एकातेरिना निकिफोरोभालाई झगडापछि कैंचीले १२९ पटक हिर्काएर मारेको आरोप छ । उनले प्रेमिकाको घाँटी चक्कुले काटेका थिए । ...


केन्यामा बस दुर्घटना ४२ को मृत्यु

Posted: 2018-10-10 14:01:18

सुनाखरी न्युज/ नैरोबी - केन्याको पश्चिमी क्षेत्रमा बुधबार बिहान भएको बस दुर्घटनामा ४२ जनाको मृत्यु भएको छ । प्रान्तीय ट्राफिक प्रहरी अधिकृत जेरो आरोमले ४२ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो । आरोमले ...


बेपत्ता भएका भनिएका इन्टरपोलका प्रमुख चीनमा पक्राउ

Posted: 2018-10-08 13:42:16

सुनाखरी न्युज/ एजेन्सी -अन्तर्रा्ष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेङ होगवेई कानुन उल्लंघनको आरोपमा चीनमा पक्राउ परेका छन् । इन्टरपोलको मुख्यालय रहेको फ्रान्सको लियोन शहरबाट गत २५ सेप्टेम्बरदेखि बेपत्ता भएका ...


युद्धकालीन समयमा यौनहिंसा विरुद्धका अभियन्ताद्धय नाडिया मुराद र डेनिस मुक्बेजेलाई नोबेल शान्ति पुरस्कार

Posted: 2018-10-05 20:42:28

सुनाखरी न्युज/ नर्वे – यस वर्षको नोबल शान्ति पुरस्कार युद्धका क्रममा हुने यौन हिंसा विरुद्धका अभियन्ता द्वय नाडिया मुराद र डेनिस मुक्बेजेले पाउने भएका छन्। नर्वे्स्थित नोबेल पुरस्कार समितिले उनीहरुलाई युद्धका क्रममा पीडित भएका जनताको रक्षामा महत्वपूर्ण योगदान पुराएको भन्दै सन् २०१८को शान्तिका लागि नोबेल पुरस्कार दिने निर्णय गरेको हो। ...


भूकम्प र सुनामीको कारण ईण्डोनेशिया ५० जनाको मृत्यु

Posted: 2018-09-29 17:15:30

सुनाखरी न्युज/ काठमाडौं- ईण्डोनेशियामा शक्तिशाली भूकम्पपछि सुनामी जाँदा ५० जनाको मृत्यु भएको छ । मध्य ईण्डोनेशियाको सुलावेसी द्वीपमा शुक्रबार गएको ७.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी ५० जनाको मृत्यु भएको बिबिसीले जनाएको छ । सुरुमा ६.० र त्यसपछि ७.४ र ६.१ म्याग्नीच्युडका भूकम्प गएको समाचारमा उल्लेख छ ।...


Advertisements