विश्व-प्रवास

अमेरिकी प्रतिबन्ध तत्काल नहटाए ‘गम्भिर परिणाम भोग्न’ चीनको चेतावनी

Posted: 2018-09-22 06:22:43

 
रोयटर्स/
 
बेइजिङ — रुससँग लडाकु जेट विमान खरिद गरेपछि अमेरिकाले चीनमाथि सैनिक प्रतिबन्ध लगाएको छ । त्यसको प्रतिक्रियामा चीनले अमेरिकालाई प्रतिबन्ध तत्काल नहटाए ‘गम्भिर परिणाम भोग्न’ चेतावनी दिएको छ । 
 
 
 
चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले निकै कडा भाषामा ‘चिन आवश्यक परे जवाफी कदम के हुन्छ भन्नेमा निकै प्रष्ट रहेको’ जनाएका छन् ।
 
 
वासिङटनले युक्रेन तथा अमेरिकी राजनीतिमा हस्तक्षेपकारी नीति अबलम्बन गरेपछि रुसविरुद्ध लगाइएको प्रतिबन्धको चीनले उल्लंघन गरेकाले पछिल्लो कदमा चाल्नुपरेको जनाएको छ ।
चीनले हालै रुसबाट १० वटा ‘सुखोई सु–३५’ लडाकू विमान र ‘एस–४००’ क्षेप्यास्त्र खरिद गरेको थियो । बेइजिङले सन् २०१४ मा रुसविरुद्ध अमेरिका तथा उसका साझेदारहरुले लगाएको प्रतिबन्धमा असंलग्नता जनाउँदै आएको छ ।
 
अत्याधुनिक हतियार उत्पादन गर्ने चीनले हवाई प्रतिरक्षा प्रणाली सुदृढ गर्नका लागि रुससँग जेट तथा क्षेप्यास्त्र खरिद गरेको देखिएको छ । अमेरिकी प्रतिबन्ध चीनभन्दा पनि रुसविरुद्ध लक्षित भएको देखिएको छ । अधिकारीहरुले वासिङटनको निर्णय रुसविरुद्ध भएको जनाउँदै आफ्नो नियत कुनैपनि देशलाई कमजोर आँक्नु नरहेको जनाएका छन् ।
 
तर यसले दुई देशबीचको समन्वय थप सुदृढ बनाउने बीबीसीले जनाएको छ । अमेरिकी कदमले चीनसँग हालैका दिनमा ब्यापार युद्धका कारण ब्रिग्रिएको सम्बन्ध थप चिसिने अन्तर्रा्ष्ट्रिय सञ्चामाध्यले जनाएका छन् ।
 
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०० अर्ब अमेरिकी डलर बराबरको चीनीयाँ सामानमा नयाँ कर लगाउने घोषणा गरेपछि दुई देशको सम्बन्ध थप तनावपूर्ण बनेको हो ।
 
हालसम्मकै ठूलो परिणामका सामानमा लगाइएको अमेरिकी कर आगामी सेप्टेम्बर २४ देखि कार्यान्वयन आउनेछ । नयाँ कर करिब ६ हजार सामानमा लागु हुने वासिङटनले जनाएको छ ।
चिनमा उत्पादित हाते झोला, धान, कपडा लगायतका सामानमा अमेरिकाले कर लगाएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको नयाँ कर नीतिको चीनले प्रतिकार गरे कर बढाएर २० प्रतिशत पुर्‍याउने चेतावनी दिएका दिएका छन् ।
 
ट्रम्पले नयाँ करले ‘अमेरिकाको कोषमा धेरै पैसा जम्मा हुने’ दाबी गरे । उनले त्यसका अतिरिक्त थप २ सय ६० अर्ब डलर बराबरका चीनीयाँ आयातमा कर लगाउने चेतावनी दिएका छन् । अमेरिकाले चीनबाट करिब ५०० अर्ब अमेरिकी डलर बराबरको सामान आयात गर्छ ।



More News



आफ्नै आफ्नी प्रेमिकालाई मारेर, प्रेमिकाको मुटु रक्सीसँग खाएपछि...

Posted: 2018-10-17 06:26:24

सुनाखरी न्युज/ काठमाडौं — रुसका एक नरभक्षी व्यक्तिलाई १२ वर्षको कारावास सजाय सुनाइएको छ । उनले आफ्नी प्रेमिकालाई मारेर उनको मुटु झिकेर पकाए अनि रक्सीसँगै त्यो मुटु खाइदिए । अलेक्से यास्त्रेबोभ नामक ती व्यक्तिलाई आफ्नी प्रेमिका एकातेरिना निकिफोरोभालाई झगडापछि कैंचीले १२९ पटक हिर्काएर मारेको आरोप छ । उनले प्रेमिकाको घाँटी चक्कुले काटेका थिए । ...


केन्यामा बस दुर्घटना ४२ को मृत्यु

Posted: 2018-10-10 14:01:18

सुनाखरी न्युज/ नैरोबी - केन्याको पश्चिमी क्षेत्रमा बुधबार बिहान भएको बस दुर्घटनामा ४२ जनाको मृत्यु भएको छ । प्रान्तीय ट्राफिक प्रहरी अधिकृत जेरो आरोमले ४२ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो । आरोमले ...


बेपत्ता भएका भनिएका इन्टरपोलका प्रमुख चीनमा पक्राउ

Posted: 2018-10-08 13:42:16

सुनाखरी न्युज/ एजेन्सी -अन्तर्रा्ष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेङ होगवेई कानुन उल्लंघनको आरोपमा चीनमा पक्राउ परेका छन् । इन्टरपोलको मुख्यालय रहेको फ्रान्सको लियोन शहरबाट गत २५ सेप्टेम्बरदेखि बेपत्ता भएका ...


युद्धकालीन समयमा यौनहिंसा विरुद्धका अभियन्ताद्धय नाडिया मुराद र डेनिस मुक्बेजेलाई नोबेल शान्ति पुरस्कार

Posted: 2018-10-05 20:42:28

सुनाखरी न्युज/ नर्वे – यस वर्षको नोबल शान्ति पुरस्कार युद्धका क्रममा हुने यौन हिंसा विरुद्धका अभियन्ता द्वय नाडिया मुराद र डेनिस मुक्बेजेले पाउने भएका छन्। नर्वे्स्थित नोबेल पुरस्कार समितिले उनीहरुलाई युद्धका क्रममा पीडित भएका जनताको रक्षामा महत्वपूर्ण योगदान पुराएको भन्दै सन् २०१८को शान्तिका लागि नोबेल पुरस्कार दिने निर्णय गरेको हो। ...


भूकम्प र सुनामीको कारण ईण्डोनेशिया ५० जनाको मृत्यु

Posted: 2018-09-29 17:15:30

सुनाखरी न्युज/ काठमाडौं- ईण्डोनेशियामा शक्तिशाली भूकम्पपछि सुनामी जाँदा ५० जनाको मृत्यु भएको छ । मध्य ईण्डोनेशियाको सुलावेसी द्वीपमा शुक्रबार गएको ७.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी ५० जनाको मृत्यु भएको बिबिसीले जनाएको छ । सुरुमा ६.० र त्यसपछि ७.४ र ६.१ म्याग्नीच्युडका भूकम्प गएको समाचारमा उल्लेख छ ।...


Advertisements