विश्व-प्रवास

चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना

Posted: 2018-09-14 20:54:43

 
सुनाखरी न्युज/
लस एन्जलस् -
स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना विहीबार सार्वजनिक गरेको छ। अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधार सहित डिजाइन गरिएको कम्पनीले जनाएको छ। कम्पनीले बीएफआरको प्रयोगमार्फत चन्द्रमाको परिधिमा उड्नका लागि विश्वकै पहिलो यात्रुसँग सम्झौता गरिसकेको बताएको छ। अन्तरिक्षमा यात्रा गर्ने सपना बोकेका व्यक्तिका लागि यो एउटा प्रस्थान विन्दु हो। स्पेसएक्सले यसबारेमा थप विवरण भने सार्वजनिक गरेको छैन।
 
टेस्ला विद्युतीय कार निर्माता कम्पनीका प्रमुख कार्यकारी इलोन मस्कले चन्द्रमाको परिधिमा यात्रु लैजाने घोषणा गरेको यो पहिलो पटक भने होइन। क्यालिफोर्नियाको यो कम्पनीले यसअघि पनि अन्तरिक्षमा पर्यटक लैजाने घोषणा गरेको थियो। सन् २०१७ को फेब्रुअरीमा स्पेसएक्सले सन् २०१८ को अन्त्यसम्ममा दुई जना पर्यटकलाई अन्तरिक्षमा पठाउने घोषणा गरेको थियो।
 
स्पेसएक्सले हाल अन्तर्रा्ष्ट्रिय अन्तरिक्ष स्टेसनमा आवश्यक सामग्री लैजाने काम गरिरहेको छ। स्पेसएक्सले यसअघि फाल्कन हेभी रकेट प्रक्षेपण गरिसकेको छ। तर, हालैका महिनामा यात्रुलाई अन्तरिक्षमा लैजाने कुरा स्थगित भएको थियो।
 
अन्तरिक्षमा जान चाहने दुई व्यक्तिको नाम र उनीहरुले भुक्तानी गर्नुपर्ने रकमका बारेमा कम्पनीले केहि सार्वजनिक गरेको थिएन। स्पेसएक्स समक्ष एएफपीले विस्तृत विवरण उपलब्ध गराउन अनुरोध गरेपनि कम्पनीले सोमबार मात्र विस्तृत जानकारी दिइने जनाएको छ। मानवले सन् १९७२ मा एपोलो रकेट मार्फत चन्द्रमामा पहिलो पाइला टेकेका थिए। चन्द्रमामा अहिलेसम्म मात्र २४ जनाले पाइला टेकेका छन्। 
 
स्पेसएक्स अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को मुख्य व्यापारिक साझेदार कम्पनी हो र यसले अन्तरिक्ष स्टेसनका लागि आवश्यक सामान ओसारपसारको काम गर्ने लक्ष्य राखेको छ। बोइङ कम्पनीले पनि रकेट निर्माणको काम गरिरहेको छ र यसको रकेट सन् २०१९ भित्र प्रक्षेपण गर्ने योजना छ। स्पेसएक्सले हाल अन्तरिक स्टेसनका लागि सामान लैजान नासासँग एक अर्ब ६० करोड डलरको सम्झौता गरेको छ। स्पेसएक्सले नयाँ डिजाइन गरेको बीएफआरमा ३१ वटा इन्जिन रहेका र यसले १५० टन भारी बोक्न सक्दछ। रासस



More News



उत्तरी यमनमा भीषण हवाई आक्रमण, कम्तीमा २९ बालबालिकाको मृत्यु

Posted: 2018-08-10 14:37:12

सुनाखरी न्युज एएफपी साना - उत्तरी यमनमा विद्रोहीको बलियो प्रभाव रहेको एक बजार इलाकामा साउदी अरेबियाआवद्ध क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २९ बालबालिकाको मृत्यु भएको छ । साउदी अरेबियाआवद्ध संयुक्त गठबन्धनले यो आक्रमण गरेको ...


इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तिमा ८२ को मृत्यु्

Posted: 2018-08-06 09:33:22

सुनाखरी न्युज/ एजेन्सी - इन्डोनेसियामा शक्तिशाली भूकम्पका जाँदा कम्तिमा ८२ जनाको ज्यान गएको छ।इन्डोनेसियाको लोम्बोक आइल्याण्ड केन्द्रविन्दु भएर आइतबार बेलुका गएको ७ रेक्टर स्केलको भूकम्पका कारण कम्तिमा ८२ जनाको ज्यान गएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले ...


भेनेजुएलाका राष्ट्रपतिको ज्यान लिने प्रयास, ७ सैनिक घाइते

Posted: 2018-08-05 10:31:29

सुनाखरी न्युज/ एजेन्सी- भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोमाथि ड्रोन आक्रमण भएको छ । आक्रमणमा मदुरोलाई कुनै चोटपटक नलागेपनि सात जना सैनिक घाइते भएका छन् । कराकसमा एउटा कार्यक्रममा टेलिभिजनमार्फत प्रत्यक्ष सम्बोधन गरिरहँदा ड्रोन विस्फोट गराइएको अधिकारीहरुले बताएका छन् । भेनेजुएलाका सञ्चारमन्त्री जाँर्ज राँड्रिग्जले राष्ट्रपतिको ज्यान लिने उद्देश्यका साथ विस्फोट गराइएको बताएका छन् । ...


जिम्बाब्बेको राष्ट्रपतिमा मनांगाग्वा निर्वाचित, विपक्षीले नतिजा स्वीकारेनन्

Posted: 2018-08-03 09:59:22

सुनाखरी न्युज/ काठमाडौं । जिम्बाब्बेको राष्ट्रपति निर्वाचनमा एमर्सन मनांगाग्वा निर्वा्चित भएका छन् । पूर्वराष्ट्रपति रोबर्ट मुगाबेले समर्थन गरेका विपक्षी पार्टीका उम्मेदवार नेल्सन चमिसालाई झिनो मत अन्तरले हराउँदै मनांगाग्वा विजयी भएका हुन् । जिम्बाब्बेको चुनाव आयोग प्रमुख जस्टिस प्रिसिला चिगुम्बाले मनागांग्वा विजयी भएको घोषणा गरेको बीबीसीले जनाएको छ ।...


नेपाली कामदारप्रति कस्तो नीति लिँदैछ मलेसिया ? उदार बन्ला कि अनुदार मलेसिया सरकार ?

Posted: 2018-08-03 05:48:01

सुनाखरी न्युज/ काठमाडौं– नेपाली कामदारमाथि स्वास्थ्य लगायतमा लगाइँदै आएको ‘सिन्डिकेट’ खारेजी र नेपाली कामदार भित्र्याउने विषयमा मलेसिया सरकारले कस्तो नीति अपनाउला भन्ने अन्योल छ। नेपाल सरकारले सिन्डिकेट खारेज गरेपछि केही सकारात्मक देखिँदै आएको मलेसिया सरकारले आधिकारिक निर्णय भने लिइसकेको छैन। ...


Advertisements