विश्व-प्रवास

चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना

Posted: 2018-09-14 20:54:43

 
सुनाखरी न्युज/
लस एन्जलस् -
स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना विहीबार सार्वजनिक गरेको छ। अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधार सहित डिजाइन गरिएको कम्पनीले जनाएको छ। कम्पनीले बीएफआरको प्रयोगमार्फत चन्द्रमाको परिधिमा उड्नका लागि विश्वकै पहिलो यात्रुसँग सम्झौता गरिसकेको बताएको छ। अन्तरिक्षमा यात्रा गर्ने सपना बोकेका व्यक्तिका लागि यो एउटा प्रस्थान विन्दु हो। स्पेसएक्सले यसबारेमा थप विवरण भने सार्वजनिक गरेको छैन।
 
टेस्ला विद्युतीय कार निर्माता कम्पनीका प्रमुख कार्यकारी इलोन मस्कले चन्द्रमाको परिधिमा यात्रु लैजाने घोषणा गरेको यो पहिलो पटक भने होइन। क्यालिफोर्नियाको यो कम्पनीले यसअघि पनि अन्तरिक्षमा पर्यटक लैजाने घोषणा गरेको थियो। सन् २०१७ को फेब्रुअरीमा स्पेसएक्सले सन् २०१८ को अन्त्यसम्ममा दुई जना पर्यटकलाई अन्तरिक्षमा पठाउने घोषणा गरेको थियो।
 
स्पेसएक्सले हाल अन्तर्रा्ष्ट्रिय अन्तरिक्ष स्टेसनमा आवश्यक सामग्री लैजाने काम गरिरहेको छ। स्पेसएक्सले यसअघि फाल्कन हेभी रकेट प्रक्षेपण गरिसकेको छ। तर, हालैका महिनामा यात्रुलाई अन्तरिक्षमा लैजाने कुरा स्थगित भएको थियो।
 
अन्तरिक्षमा जान चाहने दुई व्यक्तिको नाम र उनीहरुले भुक्तानी गर्नुपर्ने रकमका बारेमा कम्पनीले केहि सार्वजनिक गरेको थिएन। स्पेसएक्स समक्ष एएफपीले विस्तृत विवरण उपलब्ध गराउन अनुरोध गरेपनि कम्पनीले सोमबार मात्र विस्तृत जानकारी दिइने जनाएको छ। मानवले सन् १९७२ मा एपोलो रकेट मार्फत चन्द्रमामा पहिलो पाइला टेकेका थिए। चन्द्रमामा अहिलेसम्म मात्र २४ जनाले पाइला टेकेका छन्। 
 
स्पेसएक्स अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को मुख्य व्यापारिक साझेदार कम्पनी हो र यसले अन्तरिक्ष स्टेसनका लागि आवश्यक सामान ओसारपसारको काम गर्ने लक्ष्य राखेको छ। बोइङ कम्पनीले पनि रकेट निर्माणको काम गरिरहेको छ र यसको रकेट सन् २०१९ भित्र प्रक्षेपण गर्ने योजना छ। स्पेसएक्सले हाल अन्तरिक स्टेसनका लागि सामान लैजान नासासँग एक अर्ब ६० करोड डलरको सम्झौता गरेको छ। स्पेसएक्सले नयाँ डिजाइन गरेको बीएफआरमा ३१ वटा इन्जिन रहेका र यसले १५० टन भारी बोक्न सक्दछ। रासस



More News



सिरियामा सहायताकर्मीहरूले सहायताको बदलामा यौन शोषण गरेको आरोप

Posted: 2018-02-27 13:22:35

सुनाखरी न्युज- संयुक्त राष्ट्रसंघ तथा अन्तर्रा्ष्ट्रिय परोपकारी संस्थाहरूका तर्फबाट सहायता बाँडिरहेका मानिसले सिरियाली महिलाको यौन शोषण गरेको बीबीसीले पत्ता लगाएको छ । सहायताकर्मीहरूका अनुसार, पुरुषहरूले यौनका लागि खानेकुरा र गाडी चढ्ने सुविधा दिइरहेका छन् । ...


नवाज शरीफको राजनीतिक भविष्य समाप्त होला त ?

Posted: 2018-02-26 13:52:47

सुनाखरी न्युज- पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नवाज शरीफलाई पाकिस्तान मुस्लिम लीग (नवाज) को नेतृत्वका लागि अयोग्य घोषित गरेको छ । गत वर्ष १८ जुलाई मा अदालतले नवाज शरीफ विरुद्ध लागेको भ्रष्टाचारको आरोपमाथि सुनुवाई गर्दै उनलाई सार्वजनिक पदमा रही रहनका लागि अयोग्य घोषणा गरेको थियो । ...


सिरियाली द्वन्द्वमा राष्ट्रसंघद्वारा युद्धविराम अनुमोदन

Posted: 2018-02-26 13:30:26

सुनाखरी न्युज- राष्ट्रसंघीय सुरक्षा परिषद्ले सिरियामा मानवीय सहायता प्रदान गर्नका लागि ३० दिने युद्धविराम प्रस्ताव पारित गरेको छ । युद्धविराम प्रस्तावमा सुरक्षा परिषद्का सबै १५ सदस्य राष्ट्र सहमत भएका हुन् । यसअघि सुरक्षा परिषद्मा गत बिहीबार मतदान हुने भनिए पनि रुसको असहमतिका कारण ढिला भएको हो । रुसले सिरियाको सरकारी सेनालाई सहयोग गर्दै आएको छ ।...


अष्ट्रेलियाका उपप्रधानमन्त्रीद्वारा राजीनामा, पार्टीपनि छाड्ने घोषणा

Posted: 2018-02-23 15:49:47

अष्ट्रेलिया — अष्ट्रेलियाका उपप्रधानमन्त्री बार्नबी जोयसले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले नेशनल पार्टीको नेताबाट समेत राजीनामा दिएका छन् । ...


सिरियामा हवाई हमला, बालबालिकासहित ७७ को मृत्यु-३ सय जना घाइते

Posted: 2018-02-20 08:44:57

सुनाखरी न्युज- सिरियाको राजधानी दमास्कसनजिक सरकारी सेनाले गरेको हवाइ आक्रमणमा ७७ जनाको मृत्यु भएको छ । अरु ३ सय जना घाइते भएका छन् । सरकारी सेनाले विद्रोहीलाई मारेको दावी गरे पनि मृत्यु हुनेमा २० जना बालबालिका र धेरै सर्वसाधारण छन् । राजधानी दमासकस नजिक गुटा भन्ने स्थानमा हवाइ र रकेट आक्रमण गरिएको हो । सरकारी सेनाले विद्रोहीलाई लक्षित गरी आक्रमण गरेको दावी गरेको छ ।...


Advertisements