विश्व-प्रवास

चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना

Posted: 2018-09-14 20:54:43

 
सुनाखरी न्युज/
लस एन्जलस् -
स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना विहीबार सार्वजनिक गरेको छ। अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधार सहित डिजाइन गरिएको कम्पनीले जनाएको छ। कम्पनीले बीएफआरको प्रयोगमार्फत चन्द्रमाको परिधिमा उड्नका लागि विश्वकै पहिलो यात्रुसँग सम्झौता गरिसकेको बताएको छ। अन्तरिक्षमा यात्रा गर्ने सपना बोकेका व्यक्तिका लागि यो एउटा प्रस्थान विन्दु हो। स्पेसएक्सले यसबारेमा थप विवरण भने सार्वजनिक गरेको छैन।
 
टेस्ला विद्युतीय कार निर्माता कम्पनीका प्रमुख कार्यकारी इलोन मस्कले चन्द्रमाको परिधिमा यात्रु लैजाने घोषणा गरेको यो पहिलो पटक भने होइन। क्यालिफोर्नियाको यो कम्पनीले यसअघि पनि अन्तरिक्षमा पर्यटक लैजाने घोषणा गरेको थियो। सन् २०१७ को फेब्रुअरीमा स्पेसएक्सले सन् २०१८ को अन्त्यसम्ममा दुई जना पर्यटकलाई अन्तरिक्षमा पठाउने घोषणा गरेको थियो।
 
स्पेसएक्सले हाल अन्तर्रा्ष्ट्रिय अन्तरिक्ष स्टेसनमा आवश्यक सामग्री लैजाने काम गरिरहेको छ। स्पेसएक्सले यसअघि फाल्कन हेभी रकेट प्रक्षेपण गरिसकेको छ। तर, हालैका महिनामा यात्रुलाई अन्तरिक्षमा लैजाने कुरा स्थगित भएको थियो।
 
अन्तरिक्षमा जान चाहने दुई व्यक्तिको नाम र उनीहरुले भुक्तानी गर्नुपर्ने रकमका बारेमा कम्पनीले केहि सार्वजनिक गरेको थिएन। स्पेसएक्स समक्ष एएफपीले विस्तृत विवरण उपलब्ध गराउन अनुरोध गरेपनि कम्पनीले सोमबार मात्र विस्तृत जानकारी दिइने जनाएको छ। मानवले सन् १९७२ मा एपोलो रकेट मार्फत चन्द्रमामा पहिलो पाइला टेकेका थिए। चन्द्रमामा अहिलेसम्म मात्र २४ जनाले पाइला टेकेका छन्। 
 
स्पेसएक्स अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को मुख्य व्यापारिक साझेदार कम्पनी हो र यसले अन्तरिक्ष स्टेसनका लागि आवश्यक सामान ओसारपसारको काम गर्ने लक्ष्य राखेको छ। बोइङ कम्पनीले पनि रकेट निर्माणको काम गरिरहेको छ र यसको रकेट सन् २०१९ भित्र प्रक्षेपण गर्ने योजना छ। स्पेसएक्सले हाल अन्तरिक स्टेसनका लागि सामान लैजान नासासँग एक अर्ब ६० करोड डलरको सम्झौता गरेको छ। स्पेसएक्सले नयाँ डिजाइन गरेको बीएफआरमा ३१ वटा इन्जिन रहेका र यसले १५० टन भारी बोक्न सक्दछ। रासस



More News



विख्यात बैज्ञानिक स्टिफन हकिङ्गको ७६ वर्षको उमेरमा निधन

Posted: 2018-03-14 11:13:13

सुनाखरी न्युज- विश्वका चर्चित बैज्ञानिक स्टीफन हकिङ्गको निधन भएको छ । उनको ७६ वर्षको उमेरमा निधन भएको हो । उनी यस्तो विमारीबाट पीडित थिए, जसका कारण उनको शरीरको थुप्रै भाग चल्दैनथ्यो । स्टीफन हकिङ्ग न्युटनपछिका ठूलो बैज्ञानिक मानिन्छन् । ब्याक होल पत्ता लगाएका उनलाई खगोलशास्त्रका चर्चित बैज्ञानिक मानिन्छ । ...


भारतको सर्वोच्च अदालतद्धारा ‘इच्छामरण’लाई सशर्त मान्यता, मानिसले जीवनको अन्त्य सम्मानजनक तरिकाले गर्न पाउनने

Posted: 2018-03-10 19:21:22

नयाँदिल्ली । भारतको सर्वोच्च अदालतले ‘इच्छा मरण’लाई सशर्त मान्यता दिने फैसला शुक्रबार सुनाएको छ । आफ्नो उपचार नगराउन पाउने र आफ्नो उपचार कसरी गराउने भन्ने अधिकार विरामीको भएकाले इच्छामरण गर्न पाउने फैसला सुनाएको हो । सर्वोच्च अदालतले स्थायी रुपमै निस्क्रिय हुने र केही बताउन नसक्ने अवस्थाको विरामीले इच्छामरणका लागि पहिले नै आफन्त मार्फत् अनुमति दिन सक्ने उल्लेख गरेको छ । ...


ओरालो लाग्दै अमेरिकी अर्थतन्त्र, शिखर चढ्दै चीन, किन त ?

Posted: 2018-03-08 21:43:34

सुनाखरी न्युज- सन् १९७८ मा देङ जाओपिङको योजनामा चिनियाँ कम्युनिस्ट पार्टीले नयाँ आर्थिक नीति ल्यायो। निजी लगानीका लागि स्वागतद्वार खडा गरेर विश्‍वव्यापी अर्थतन्‍‍त्रमा चीनले पाइला अघि बढायो। ७० को दशकको अन्त्यदेखि ८० को दशकको सुरुवातसम्म चीनले धेरैजसो उद्योग– कलकारखानामा सरकारी स्वामित्व यथावत् राख्दै केही उद्योगहरुमा निजी क्षेत्रलाई लगानीको अवसर दिएको थियो।...


दुई कोरियावीच सार्थक एकताकोप्रयास, किम र दक्षिण कोरियाली टोलीवीच भेटवार्ता

Posted: 2018-03-06 10:47:15

सुनाखरी न्युज- उत्तर कोरिया भ्रमणमा रहेको दक्षिण कोरियाली उच्चस्तरीय वार्ता टोलीले उत्तर कोरियाली नेता किम जोङसँग भेट गरेको छ । किमले सन् २०११ मा सत्तामा आएयता पहिलोपटक दक्षिण कोरियाली अधिकारीलाई भेटेका हुन् । दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकारको नेतृत्वमा गएको टोलीले सोमबार किमसँगै वार्ता गरेको हो । ...


दक्षिण कोरियामा बेरोजगारको सङ्ख्या दश लाख, राष्ट्रपतिको बाचा पूरा भएन, १२ हजार बेरोजगार थपिए

Posted: 2018-02-28 14:18:36

सोल।दक्षिण कोरियामा यस वर्षको जनवरीको एक तथ्यांकअनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ ।बेरोजगारहरुको यो सङ्ख्या यहाँको जनसंख्याको ३.७ प्रतिशत रहेको सरकारी प्रतिवेदनले देखाएको बुधबार जनाइएको छ । यो सङ्ख्या गतवर्ष सोही समयको तुलनामा १२ हजारले बढेको दक्षिण कोरियाको तथ्याङ्क विभागले जानकारी दिएको छ ।जनवरी महिनामा रहेको ३.७ प्रतिशत बेरोजगारीको दर गएको वर्षको सुरुदेखि नै परिवर्तन भएको थिएन । ...


Advertisements