विश्व-प्रवास

चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना

Posted: 2018-09-14 20:54:43

 
सुनाखरी न्युज/
लस एन्जलस् -
स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना विहीबार सार्वजनिक गरेको छ। अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधार सहित डिजाइन गरिएको कम्पनीले जनाएको छ। कम्पनीले बीएफआरको प्रयोगमार्फत चन्द्रमाको परिधिमा उड्नका लागि विश्वकै पहिलो यात्रुसँग सम्झौता गरिसकेको बताएको छ। अन्तरिक्षमा यात्रा गर्ने सपना बोकेका व्यक्तिका लागि यो एउटा प्रस्थान विन्दु हो। स्पेसएक्सले यसबारेमा थप विवरण भने सार्वजनिक गरेको छैन।
 
टेस्ला विद्युतीय कार निर्माता कम्पनीका प्रमुख कार्यकारी इलोन मस्कले चन्द्रमाको परिधिमा यात्रु लैजाने घोषणा गरेको यो पहिलो पटक भने होइन। क्यालिफोर्नियाको यो कम्पनीले यसअघि पनि अन्तरिक्षमा पर्यटक लैजाने घोषणा गरेको थियो। सन् २०१७ को फेब्रुअरीमा स्पेसएक्सले सन् २०१८ को अन्त्यसम्ममा दुई जना पर्यटकलाई अन्तरिक्षमा पठाउने घोषणा गरेको थियो।
 
स्पेसएक्सले हाल अन्तर्रा्ष्ट्रिय अन्तरिक्ष स्टेसनमा आवश्यक सामग्री लैजाने काम गरिरहेको छ। स्पेसएक्सले यसअघि फाल्कन हेभी रकेट प्रक्षेपण गरिसकेको छ। तर, हालैका महिनामा यात्रुलाई अन्तरिक्षमा लैजाने कुरा स्थगित भएको थियो।
 
अन्तरिक्षमा जान चाहने दुई व्यक्तिको नाम र उनीहरुले भुक्तानी गर्नुपर्ने रकमका बारेमा कम्पनीले केहि सार्वजनिक गरेको थिएन। स्पेसएक्स समक्ष एएफपीले विस्तृत विवरण उपलब्ध गराउन अनुरोध गरेपनि कम्पनीले सोमबार मात्र विस्तृत जानकारी दिइने जनाएको छ। मानवले सन् १९७२ मा एपोलो रकेट मार्फत चन्द्रमामा पहिलो पाइला टेकेका थिए। चन्द्रमामा अहिलेसम्म मात्र २४ जनाले पाइला टेकेका छन्। 
 
स्पेसएक्स अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को मुख्य व्यापारिक साझेदार कम्पनी हो र यसले अन्तरिक्ष स्टेसनका लागि आवश्यक सामान ओसारपसारको काम गर्ने लक्ष्य राखेको छ। बोइङ कम्पनीले पनि रकेट निर्माणको काम गरिरहेको छ र यसको रकेट सन् २०१९ भित्र प्रक्षेपण गर्ने योजना छ। स्पेसएक्सले हाल अन्तरिक स्टेसनका लागि सामान लैजान नासासँग एक अर्ब ६० करोड डलरको सम्झौता गरेको छ। स्पेसएक्सले नयाँ डिजाइन गरेको बीएफआरमा ३१ वटा इन्जिन रहेका र यसले १५० टन भारी बोक्न सक्दछ। रासस



More News



अमेरिकाको भिषा अप्लाई गर्दा अब पासपोर्टसँगै यी डकुमेन्ट पनि बुझाउनै पर्ने

Posted: 2018-03-31 17:45:27

सुनाखरी न्युज/ वासिङटन, संयुक्त राज्य अमेरिका- विश्वका जुनसुकै मुलकबाट अमेरिका जाने आप्रवासी तथा शरणार्थीबाट राज्यलाई हुनसक्ने खतराबाट बच्न भन्दै ट्रम्प प्रशासनले अमेरिका प्रवेशाज्ञा माग गर्ने सवै निवेदकको फोन नम्बर, इमेल ठेगाना र सामाजिक सञ्जाल प्रयोगको पाँच बर्षको विवरण माग गर्ने भएको छ ।...


विकिलिक्सका संस्थापक असान्जेलाई दिइँदै आएको इन्टरनेट सुविधा किन कटौती गरियो ?

Posted: 2018-03-29 14:14:43

लण्डनः इक्वेडले विकिलिक्सका संस्थापक जुलियन आसान्जेलाई दिइँदै आएको इन्टरनेटको सुविधा कटौती गरेको छ। लण्डनस्थित इक्वेडरको दूतावासमा विगत ६ वर्ष देखि शरण लिइरहेका असान्जेलाई दिइएको इन्टरनेट सुविधा कटौती गरिएको इक्वेडरको परराष्ट्र मन्त्रालयले जनाएको छ। ...


लाखौं अमेरिकी विद्यार्थीहरुले सडकबाट संसदलाई भने: ’नेभर अगेन’

Posted: 2018-03-25 11:38:43

रोयटर्स / अमेरिका — ’कहिल्यै यस्तो नहोस् (नेभर अगेन)’को नारा लगाउँदै गत महिना फ्लोरिडा हाई स्कुलमा भएको गोलीकाण्डमा बाँचेकाहरुले सुरु गरेको बन्दुकसम्बन्धी कानुनलाई कडा बनाउन दबाब दिने आन्दोलनलाई समर्थन गर्न हजारौंको संख्यामा युवा अमेरिकीहरु तथा तीनका समर्थकहरु सडकमा उत्रिएका छन् । ...


ट्रम्पसँगको अफेयरबारे पूर्व ‘प्लेब्वाइ’ मोडल म्याकडोगलले खोलिन् रहस्य

Posted: 2018-03-24 11:41:26

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जति आफ्नो काम र निर्णयका लागि चर्चामा छन् उति नै उनको व्यक्तिगत जीवनले पनि सञ्चार जगत् तताइरहेको हुन्छ। यो पटक पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो अफेयरका कारण चर्चामा आएका छन्। अमेरिकी टेलिभिजन च्यानल सिएनएनसँगको अन्तर्वार्ताका क्रममा प्लेब्वाइ म्यागेजिनकी पूर्व मोडल करेन म्याकडोगलले आफू र ट्रम्प करिब १० महिनासम्म अफेयरमा रहेको खुलासा गरेकी छिन्।...


ट्रम्पसँगको अफेयरबारे पूर्व ‘प्लेब्वाइ’ मोडल म्याकडोगलले खोलिन् रहस्य

Posted: 2018-03-24 11:40:32

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जति आफ्नो काम र निर्णयका लागि चर्चामा छन् उति नै उनको व्यक्तिगत जीवनले पनि सञ्चार जगत् तताइरहेको हुन्छ। यो पटक पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो अफेयरका कारण चर्चामा आएका छन्। अमेरिकी टेलिभिजन च्यानल सिएनएनसँगको अन्तर्वार्ताका क्रममा प्लेब्वाइ म्यागेजिनकी पूर्व मोडल करेन म्याकडोगलले आफू र ट्रम्प करिब १० महिनासम्म अफेयरमा रहेको खुलासा गरेकी छिन्।...


Advertisements