विश्व-प्रवास

चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना

Posted: 2018-09-14 20:54:43

 
सुनाखरी न्युज/
लस एन्जलस् -
स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना विहीबार सार्वजनिक गरेको छ। अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधार सहित डिजाइन गरिएको कम्पनीले जनाएको छ। कम्पनीले बीएफआरको प्रयोगमार्फत चन्द्रमाको परिधिमा उड्नका लागि विश्वकै पहिलो यात्रुसँग सम्झौता गरिसकेको बताएको छ। अन्तरिक्षमा यात्रा गर्ने सपना बोकेका व्यक्तिका लागि यो एउटा प्रस्थान विन्दु हो। स्पेसएक्सले यसबारेमा थप विवरण भने सार्वजनिक गरेको छैन।
 
टेस्ला विद्युतीय कार निर्माता कम्पनीका प्रमुख कार्यकारी इलोन मस्कले चन्द्रमाको परिधिमा यात्रु लैजाने घोषणा गरेको यो पहिलो पटक भने होइन। क्यालिफोर्नियाको यो कम्पनीले यसअघि पनि अन्तरिक्षमा पर्यटक लैजाने घोषणा गरेको थियो। सन् २०१७ को फेब्रुअरीमा स्पेसएक्सले सन् २०१८ को अन्त्यसम्ममा दुई जना पर्यटकलाई अन्तरिक्षमा पठाउने घोषणा गरेको थियो।
 
स्पेसएक्सले हाल अन्तर्रा्ष्ट्रिय अन्तरिक्ष स्टेसनमा आवश्यक सामग्री लैजाने काम गरिरहेको छ। स्पेसएक्सले यसअघि फाल्कन हेभी रकेट प्रक्षेपण गरिसकेको छ। तर, हालैका महिनामा यात्रुलाई अन्तरिक्षमा लैजाने कुरा स्थगित भएको थियो।
 
अन्तरिक्षमा जान चाहने दुई व्यक्तिको नाम र उनीहरुले भुक्तानी गर्नुपर्ने रकमका बारेमा कम्पनीले केहि सार्वजनिक गरेको थिएन। स्पेसएक्स समक्ष एएफपीले विस्तृत विवरण उपलब्ध गराउन अनुरोध गरेपनि कम्पनीले सोमबार मात्र विस्तृत जानकारी दिइने जनाएको छ। मानवले सन् १९७२ मा एपोलो रकेट मार्फत चन्द्रमामा पहिलो पाइला टेकेका थिए। चन्द्रमामा अहिलेसम्म मात्र २४ जनाले पाइला टेकेका छन्। 
 
स्पेसएक्स अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को मुख्य व्यापारिक साझेदार कम्पनी हो र यसले अन्तरिक्ष स्टेसनका लागि आवश्यक सामान ओसारपसारको काम गर्ने लक्ष्य राखेको छ। बोइङ कम्पनीले पनि रकेट निर्माणको काम गरिरहेको छ र यसको रकेट सन् २०१९ भित्र प्रक्षेपण गर्ने योजना छ। स्पेसएक्सले हाल अन्तरिक स्टेसनका लागि सामान लैजान नासासँग एक अर्ब ६० करोड डलरको सम्झौता गरेको छ। स्पेसएक्सले नयाँ डिजाइन गरेको बीएफआरमा ३१ वटा इन्जिन रहेका र यसले १५० टन भारी बोक्न सक्दछ। रासस



More News



श्रीलंकाका पूर्वराष्ट्रपति राजपाक्ष प्रधानमन्त्रीमा नियुक्त

Posted: 2018-10-27 12:57:09

सुनाखरी न्युज/ काठमाडौं - श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षे प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पूर्वराष्ट्रपति राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि प्रधानमन्त्री पदमा रानिल विक्रमासिंघे थिए ।विक्रमसिंघेले संसदमा आफ्नो बहुमत रहेको र बहुमत रहुन्जेल आफू नै प्रधानमन्त्री रहिरहने बताएका छन् । श्रीलंकाको नाटकीय घटनाक्रमबाट संवैधानिक संकट सिर्जना भएको बीबीसीले लेखेको छ । सरकार प्रवक्ता रजिताले सेनारत्नेले पनि बीबीसीसँग कुरा गर्दै रानिल विक्रमासिंघे नै प्रधानमन्त्री भएको बताएका छन् ।...


साउदीका युवराज पहिलो पटक बोले पत्रकार खसोग्गीको हत्याको बिषयमा

Posted: 2018-10-25 09:03:20

बीबीसी/ साउदी अरव- साउदी अरबका युवराज मोहम्मद बिन सलमानले टर्कीमा साउदी पत्रकार जमाल खसोग्गीको हत्याको मामलामा जिम्मेवार सबै ‘अपराधी’ लाई सजायँ दिइने बताएका छन् । राजधानी रियादमा एक बिजनेस फोरममा बोल्दै मोहम्मद बिन सलमानले भने, ‘साउदीका सबै जनताका लागि यो अपराध दुःखदायी हो ।’ साथै उनले टर्कीसँग कुनै मनमुटाव नगर्ने बताएका छन् । दूतावासमा खसोग्गीको हत्याको कुरा साउदीले स्विकारेपछि मोहम्मद बिन सलमानको यो पहिलो सार्वजनिक टिप्पणी हो ।...


मानवअधिकारको रक्षार्थ एक हुन विश्व समुदायलाई संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको आह्वान

Posted: 2018-10-24 13:39:03

सुनाखरी न्युज/ काठमाडौं - महासचिव संयुक्त राष्ट्रसंघको सबैभन्दा प्रमुख अधिकारी हुन्छ । यसको नियुक्ति सुरक्षा परिषदको सिफारिसमा महासभाद्वारा ५ बर्षको लागि गरिन्छ । महासचिव पुनस् अथवा दोश्रो पटक ...


आणविक हतियार सम्झौताबाट पछि हट्नु अमेरिकाका लागि ‘खतरनाक कदम’ भएको मस्कोको दावी

Posted: 2018-10-24 08:41:46

सुनाखरी न्युज/ मस्को– शीतयुद्धकालमा रूससँग अमेरिकाले गरेको आणविक हतियार सम्झौताबाट पछि हट्नु संयुक्त राज्य अमेरिकाका लागि ‘खतरनाक कदम’ हुने रूसी उप विदेशमन्त्री सर्गेइ र्यावकोभले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले शीतकालीन समयमा रूससँग पूर्व राष्ट्रपति डोनाल्ड रेगनले गरेको उक्त सम्झौताबाट पछि हट्ने योजनालाई घोषणा गरेपछि रूसको प्रतिक्रिया आएको हो।...


परमाणु अस्त्र भण्डार विस्तार गर्छौँ : ट्रम्प

Posted: 2018-10-23 13:59:24

सुनाखरी न्युज/ बीबीसी - राष्ट्रपति डोनल्ड ट्रम्पले रुस र चीनमाथि दबाब सिर्जना गर्नका निम्ति संयुक्त राज्य अमेरिकाले आफ्नो पारमाणविक अस्त्र भण्डार विस्तार गर्ने चेतावनी दिएका छन्। पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले मध्यम दूरीको ...


Advertisements