विश्व-प्रवास

चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना

Posted: 2018-09-14 20:54:43

 
सुनाखरी न्युज/
लस एन्जलस् -
स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना विहीबार सार्वजनिक गरेको छ। अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधार सहित डिजाइन गरिएको कम्पनीले जनाएको छ। कम्पनीले बीएफआरको प्रयोगमार्फत चन्द्रमाको परिधिमा उड्नका लागि विश्वकै पहिलो यात्रुसँग सम्झौता गरिसकेको बताएको छ। अन्तरिक्षमा यात्रा गर्ने सपना बोकेका व्यक्तिका लागि यो एउटा प्रस्थान विन्दु हो। स्पेसएक्सले यसबारेमा थप विवरण भने सार्वजनिक गरेको छैन।
 
टेस्ला विद्युतीय कार निर्माता कम्पनीका प्रमुख कार्यकारी इलोन मस्कले चन्द्रमाको परिधिमा यात्रु लैजाने घोषणा गरेको यो पहिलो पटक भने होइन। क्यालिफोर्नियाको यो कम्पनीले यसअघि पनि अन्तरिक्षमा पर्यटक लैजाने घोषणा गरेको थियो। सन् २०१७ को फेब्रुअरीमा स्पेसएक्सले सन् २०१८ को अन्त्यसम्ममा दुई जना पर्यटकलाई अन्तरिक्षमा पठाउने घोषणा गरेको थियो।
 
स्पेसएक्सले हाल अन्तर्रा्ष्ट्रिय अन्तरिक्ष स्टेसनमा आवश्यक सामग्री लैजाने काम गरिरहेको छ। स्पेसएक्सले यसअघि फाल्कन हेभी रकेट प्रक्षेपण गरिसकेको छ। तर, हालैका महिनामा यात्रुलाई अन्तरिक्षमा लैजाने कुरा स्थगित भएको थियो।
 
अन्तरिक्षमा जान चाहने दुई व्यक्तिको नाम र उनीहरुले भुक्तानी गर्नुपर्ने रकमका बारेमा कम्पनीले केहि सार्वजनिक गरेको थिएन। स्पेसएक्स समक्ष एएफपीले विस्तृत विवरण उपलब्ध गराउन अनुरोध गरेपनि कम्पनीले सोमबार मात्र विस्तृत जानकारी दिइने जनाएको छ। मानवले सन् १९७२ मा एपोलो रकेट मार्फत चन्द्रमामा पहिलो पाइला टेकेका थिए। चन्द्रमामा अहिलेसम्म मात्र २४ जनाले पाइला टेकेका छन्। 
 
स्पेसएक्स अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को मुख्य व्यापारिक साझेदार कम्पनी हो र यसले अन्तरिक्ष स्टेसनका लागि आवश्यक सामान ओसारपसारको काम गर्ने लक्ष्य राखेको छ। बोइङ कम्पनीले पनि रकेट निर्माणको काम गरिरहेको छ र यसको रकेट सन् २०१९ भित्र प्रक्षेपण गर्ने योजना छ। स्पेसएक्सले हाल अन्तरिक स्टेसनका लागि सामान लैजान नासासँग एक अर्ब ६० करोड डलरको सम्झौता गरेको छ। स्पेसएक्सले नयाँ डिजाइन गरेको बीएफआरमा ३१ वटा इन्जिन रहेका र यसले १५० टन भारी बोक्न सक्दछ। रासस



More News



९२ बर्षिय महाथिर मोहम्मद जसले मलेसिया वनाएका थिए, उनले फेरी एकपटक प्रधानमन्त्रीको रुपमा मेलिसिया हाँक्दैछन्

Posted: 2018-05-10 08:55:27

सुनाखरी न्युज/ काठमाडौं- महाथिर मोहम्मद मलेसियाका सबैभन्दा लामो समय शासन गर्ने प्रधानमन्त्री हुन् । सन् १९८१ देखि २००३ सम्म मलेसियाको प्रधानमन्त्री रहेका महाथिर आधुनिक मलेसियाका जन्मदाता हुन् जसले मलेसियालाई विकाशको पथमा डोर्‍याए ।...


अमेरिकाद्वारा इरानसँगको ऐतिहासिक आणविक सम्झौता भंग, आर्थिक प्रतिबन्ध पुनः सुचारु गर्ने चेतावनी

Posted: 2018-05-09 16:16:58

सुनाखरी न्युज/ वासिंगटन– इरानसँगको ऐतिहासिक आणविक सम्झौता अमेरिकाले भंग गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज ह्वाइट हाउसमा सम्बोधन गर्दै सो सम्झौतालाई नविकरण नगर्ने घोषणा गरेका हुन्। सो सम्झौता एक अमेरिकी नागरिकको रुपमा आफुलाई ‘शर्मनाक’ लाग्ने गरेको बताउँदै राष्ट्रपति ट्रम्पले सम्झौतालाई ‘कुहिएको तथा सडेको’ संज्ञा दिएका छन्। ...


रुसी राष्ट्रपति पुटिनद्वारा चौथो कार्यकालका लागि शपथ

Posted: 2018-05-08 03:56:04

सुनाखरी न्युज/ मस्को — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार राष्ट्रपतिका रुपमा चौथो कार्यकालका लागि शपथ लिएका छन् । रुसी राष्ट्रपति भवन क्रेमलिनमा आयोजित एक समारोहमा उपस्थित ५ हजार विशिष्ट पाहुनाहरुको उपस्थितिमा उनले आगामी ६ वर्षका लागि शपथ लिएका हुन् । उनी गत मार्चमा भएको निर्वाचनबाट चौथो पटकका लागि राष्ट्रपति पदमा निवार्चित भएका थिए ।...


इच्छामरण गर्न स्वीट्जरल्याण्ड जाँदै १०४ वर्षीय वैज्ञानिक

Posted: 2018-05-05 11:56:35

सुनाखरी न्युज/ काठमाडौं- १०४ वर्षीय वैज्ञानिक डेविड गुडआलले अष्ट्रेलियास्थित आफ्नो घरबाट बिदा लिएका छन् र आफ्नो बाँकी जिन्दगी जिन्दगी बिताउन दुनियाँको अर्को छेउतिर लागेका छन् । गुडआल बोटनी र इकोलोजीका प्रख्यात वैज्ञानिक हुन् । उनलाई त्यस्तो कुनै ठूलो रोग छैन तर उनी आफ्नो जीवनको सम्मानजनक अन्त चाहन्छन् ...


यो वर्ष साहित्यतर्फ नोबेल पुरस्कार नदिइने

Posted: 2018-05-05 11:17:11

सुनाखरी न्युज/ काठमाडौं- स्विडेनस्थित नोबेल एकेडेमीले शुक्रबार यसबारे जानकारी दिदैं अब सन् २०१९ मा मात्र यो पुरस्कार वितरण गर्ने बताएको हो। अर्को वर्ष दुई वटा पुरस्कार घोषणा गरिनेछ। एकेडेमीका सदस्य कटरिना फ्रोस्टेन्सनका श्रीमान जिन क्लाउड अर्नाल्टमाथि बलात्कार तथा यौनशोषणको आरोप लागेपछि एकेडेमी विवादमा फेसेको थियो।...


Advertisements