विश्व-प्रवास

चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना

Posted: 2018-09-14 20:54:43

 
सुनाखरी न्युज/
लस एन्जलस् -
स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना विहीबार सार्वजनिक गरेको छ। अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधार सहित डिजाइन गरिएको कम्पनीले जनाएको छ। कम्पनीले बीएफआरको प्रयोगमार्फत चन्द्रमाको परिधिमा उड्नका लागि विश्वकै पहिलो यात्रुसँग सम्झौता गरिसकेको बताएको छ। अन्तरिक्षमा यात्रा गर्ने सपना बोकेका व्यक्तिका लागि यो एउटा प्रस्थान विन्दु हो। स्पेसएक्सले यसबारेमा थप विवरण भने सार्वजनिक गरेको छैन।
 
टेस्ला विद्युतीय कार निर्माता कम्पनीका प्रमुख कार्यकारी इलोन मस्कले चन्द्रमाको परिधिमा यात्रु लैजाने घोषणा गरेको यो पहिलो पटक भने होइन। क्यालिफोर्नियाको यो कम्पनीले यसअघि पनि अन्तरिक्षमा पर्यटक लैजाने घोषणा गरेको थियो। सन् २०१७ को फेब्रुअरीमा स्पेसएक्सले सन् २०१८ को अन्त्यसम्ममा दुई जना पर्यटकलाई अन्तरिक्षमा पठाउने घोषणा गरेको थियो।
 
स्पेसएक्सले हाल अन्तर्रा्ष्ट्रिय अन्तरिक्ष स्टेसनमा आवश्यक सामग्री लैजाने काम गरिरहेको छ। स्पेसएक्सले यसअघि फाल्कन हेभी रकेट प्रक्षेपण गरिसकेको छ। तर, हालैका महिनामा यात्रुलाई अन्तरिक्षमा लैजाने कुरा स्थगित भएको थियो।
 
अन्तरिक्षमा जान चाहने दुई व्यक्तिको नाम र उनीहरुले भुक्तानी गर्नुपर्ने रकमका बारेमा कम्पनीले केहि सार्वजनिक गरेको थिएन। स्पेसएक्स समक्ष एएफपीले विस्तृत विवरण उपलब्ध गराउन अनुरोध गरेपनि कम्पनीले सोमबार मात्र विस्तृत जानकारी दिइने जनाएको छ। मानवले सन् १९७२ मा एपोलो रकेट मार्फत चन्द्रमामा पहिलो पाइला टेकेका थिए। चन्द्रमामा अहिलेसम्म मात्र २४ जनाले पाइला टेकेका छन्। 
 
स्पेसएक्स अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को मुख्य व्यापारिक साझेदार कम्पनी हो र यसले अन्तरिक्ष स्टेसनका लागि आवश्यक सामान ओसारपसारको काम गर्ने लक्ष्य राखेको छ। बोइङ कम्पनीले पनि रकेट निर्माणको काम गरिरहेको छ र यसको रकेट सन् २०१९ भित्र प्रक्षेपण गर्ने योजना छ। स्पेसएक्सले हाल अन्तरिक स्टेसनका लागि सामान लैजान नासासँग एक अर्ब ६० करोड डलरको सम्झौता गरेको छ। स्पेसएक्सले नयाँ डिजाइन गरेको बीएफआरमा ३१ वटा इन्जिन रहेका र यसले १५० टन भारी बोक्न सक्दछ। रासस



More News



ट्रम्पले रद्द गरे उत्तर कोरियाली नेता किमसितको शिखर वार्ता, यो हो कारण?

Posted: 2018-05-24 21:23:19

सुनाखरी न्युज- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जुन १२ मा सिंगापुरमा हुने भनिएको उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसितको शिखर वार्ता रद्द गरेका छन्। ह्वाइट हाउसले बिहीबार सार्वजनिक गरेको किमलाई ट्रम्पले लेखेको पत्रमा ट्रम्पले लामो समयदेखि प्रतीक्षा गरिएको यो बैठक अहिले यो समयमा गर्न उपयुक्त नभएको उल्लेख छ। ...


सुरक्षाकर्मीको गोली लागि नौ जनाको मृत्यु

Posted: 2018-05-24 11:55:41

सुनाखरी न्युज/ नयाँ दिल्ली- भारतको दक्षिणी राज्य तामिल नाडुमा तामा खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि कम्तीमा नौ जनाको मृत्यु भएका र अन्य २० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।...


आमाबाबुको घर तत्काल छाड्न ३० वर्षीय छोरालाई अदालतको आदेश

Posted: 2018-05-24 11:51:54

एजेन्सी- लक्का जवान छोरा घरमै बसिरह्यो भने आमाबाबुले के भन्लान् ? जागिर खान सुझाव देलान् वा अन्य केही व्यवसाय गर्न भन्लान्। तर अमेरिकाका एक दम्पतीले ’ छोरालाई घरबाट निकालिदिनु पर्‍यो’ भन्दै अदालतको ढोका ढक्ढकाएका छन्। अमेरिकाको न्यूयोर्क राज्यका केमील मार्क र क्रिस्टिनाले छोरा ३० वर्षीय मिचाल रोटान्डोलाई घरबाट निकाल्नका लागि अदालतमा मुद्दा दर्ता गरेका छन्।...


ट्रम्पका निजी वकिलले वार्ताको समय मिलाइदिने भन्दै चार लाख डलरलिएको खुलासा

Posted: 2018-05-24 09:26:35

सुनाखरी न्युज/ बीबीसी - राष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिलले युक्रेनी राष्ट्रपतिसँग भेटघाट मिलाउन चार लाख डलर लिएको खुलासा भएको छ। अन्तर्रा्ष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका निजी वकिल माइकल कोहेनले युक्रेनी राष्ट्रपति र राष्ट्रपति ट्रम्पबीचको भेटघाट मिलाउन गोप्य रूपमा चार लाख डलर लिएको पत्ता लागेको दाबी गरेको छ। गत वर्षको जुनमा ह्वाइट हाउसमा भएको उक्त भेटवार्ता मिलाउने काममा संलग्न किएभस्थित निकटस्थहरूले उनले रकम लिएको खुलासा गरेका हुन। युक्रेनी नेता पेट्रो पोरोसेन्कोको मध्यस्तकर्ताहरूको भूमिका खेलेका व्यक्तिहरूले उक्त रकमको व्यवस्थापन गरेका थिए। तर अमेरिकी कानुनले आवश्यक ठानेको युक्रेनी सरकारको प्रतिनिधिको भूमिकामा त्यस्तो गतिविधि हुँदा कोहेन थिएनन। उनले आफूमाथिका आरोप अस्वीकार गरेका छन । ...


तीन नेपालीको दक्षिण कोरियामा मृत्यु

Posted: 2018-05-24 07:48:50

सुनाखरी न्युज/ काठमाडौँ — दक्षिण कोरियामा दुई दिनभित्र तीन नेपालीको मृत्यु भएको छ । सोमबार र आइतबार लमजुङ दुराडाँडाका होमबहादुर गुरुङ, म्याग्दीका थमबहादुर थापा र सोलुखुम्बुका नरेश राईको मृत्यु भएको हो । गुरुङ सोलको दोङदेमुनस्थित मोटलमा सुतेकै ठाउँमा मंगलबार मृत भेटिएका थिए । ...


Advertisements