विश्व-प्रवास

चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना

Posted: 2018-09-14 20:54:43

 
सुनाखरी न्युज/
लस एन्जलस् -
स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना विहीबार सार्वजनिक गरेको छ। अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधार सहित डिजाइन गरिएको कम्पनीले जनाएको छ। कम्पनीले बीएफआरको प्रयोगमार्फत चन्द्रमाको परिधिमा उड्नका लागि विश्वकै पहिलो यात्रुसँग सम्झौता गरिसकेको बताएको छ। अन्तरिक्षमा यात्रा गर्ने सपना बोकेका व्यक्तिका लागि यो एउटा प्रस्थान विन्दु हो। स्पेसएक्सले यसबारेमा थप विवरण भने सार्वजनिक गरेको छैन।
 
टेस्ला विद्युतीय कार निर्माता कम्पनीका प्रमुख कार्यकारी इलोन मस्कले चन्द्रमाको परिधिमा यात्रु लैजाने घोषणा गरेको यो पहिलो पटक भने होइन। क्यालिफोर्नियाको यो कम्पनीले यसअघि पनि अन्तरिक्षमा पर्यटक लैजाने घोषणा गरेको थियो। सन् २०१७ को फेब्रुअरीमा स्पेसएक्सले सन् २०१८ को अन्त्यसम्ममा दुई जना पर्यटकलाई अन्तरिक्षमा पठाउने घोषणा गरेको थियो।
 
स्पेसएक्सले हाल अन्तर्रा्ष्ट्रिय अन्तरिक्ष स्टेसनमा आवश्यक सामग्री लैजाने काम गरिरहेको छ। स्पेसएक्सले यसअघि फाल्कन हेभी रकेट प्रक्षेपण गरिसकेको छ। तर, हालैका महिनामा यात्रुलाई अन्तरिक्षमा लैजाने कुरा स्थगित भएको थियो।
 
अन्तरिक्षमा जान चाहने दुई व्यक्तिको नाम र उनीहरुले भुक्तानी गर्नुपर्ने रकमका बारेमा कम्पनीले केहि सार्वजनिक गरेको थिएन। स्पेसएक्स समक्ष एएफपीले विस्तृत विवरण उपलब्ध गराउन अनुरोध गरेपनि कम्पनीले सोमबार मात्र विस्तृत जानकारी दिइने जनाएको छ। मानवले सन् १९७२ मा एपोलो रकेट मार्फत चन्द्रमामा पहिलो पाइला टेकेका थिए। चन्द्रमामा अहिलेसम्म मात्र २४ जनाले पाइला टेकेका छन्। 
 
स्पेसएक्स अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को मुख्य व्यापारिक साझेदार कम्पनी हो र यसले अन्तरिक्ष स्टेसनका लागि आवश्यक सामान ओसारपसारको काम गर्ने लक्ष्य राखेको छ। बोइङ कम्पनीले पनि रकेट निर्माणको काम गरिरहेको छ र यसको रकेट सन् २०१९ भित्र प्रक्षेपण गर्ने योजना छ। स्पेसएक्सले हाल अन्तरिक स्टेसनका लागि सामान लैजान नासासँग एक अर्ब ६० करोड डलरको सम्झौता गरेको छ। स्पेसएक्सले नयाँ डिजाइन गरेको बीएफआरमा ३१ वटा इन्जिन रहेका र यसले १५० टन भारी बोक्न सक्दछ। रासस



More News



गुफामा फसेको १५ दिनपछि ४ बालकको उद्दार, गुफामा ८ बालक र उनीहरुका एक प्रशिक्षक फरेका थिए

Posted: 2018-07-09 06:53:53

सुनाखरी न्युज/ काठमाडौं -उत्तरी थाइल्याण्डको गुफामा फसेका १३ जना मध्ये चार जनालाई सुरक्षित बाहिर निकालिएको छ । बाँकीको उद्दार कार्य जारी छ । गुफामा पानी बढ्न सक्ने आशंकामा जोखिम मोलेर आइतबार विहान ःथानीय समयअनुसार विहान १० बजे उद्दार थालिएको थियो । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार चार बालकलाई सकुशल बाहिर ल्याइएको छ ।...


पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफलाई १० वर्ष जेल सजाय

Posted: 2018-07-08 10:21:43

सुनाखरी न्युज/ पाकिस्तान - पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफलाई दश वर्षको जेल सजाय सुनाइएको छ। पाकिस्तानको राष्ट्रिय जवाफदेही अदालतले शुक्रबार शरीफलाई भ्रष्टाचारी ठहर गर्दै १० वर्षको जेल सजाय सहित ८ मिलियन पाउण्ड जरिवानाको सजाय सुनाएको हो भने उनकी छोरी मरीयमलाई समेत अदालतले दोषि ठहर गर्दै ७ वर्षको जेल सजाय सुनाएको छ । ...


शिकारीहरूलाई सिंहहरूले खाइदिए

Posted: 2018-07-08 07:35:38

सुनाखरी न्युज/ काठमाडौं – दक्षिण अफ्रिकाको एक वन्यजन्तु आरक्षमा गैंडाको शिकार गर्न गएका तीन शिकारीहरूलाई सिंहहरूले आफ्नो आहारा बनाएका छन् । ती शिकारीहरू सोमवार बिहान सिबुया आरक्ष पुगेका थिए । उनीहरूसँग राइफल र बन्चरो थियो । ...


गुफामा फसेका बालकहरुको अवस्था सामान्य, उनीहरुकालागि अक्सिजन पठाउने ‘चिम्नी’ बनाइयो

Posted: 2018-07-08 07:27:21

सुनाखरी न्युज/ माइ साइ- थाइल्याण्डमा करिब दुई हप्तादेखि एक गुफामा फसेका १२ जना बालक र उनका एकजना फुटवल प्रशिक्षकको उद्धारको क्रम जारी नै रहँदा उद्धारकर्मीले विभिन्न उपाय निकालेका छन् । यसै क्रममा उद्धारकार्यमा खटेका एकजना अधिकारीले शनिबार बिहान दिएको जानकारीअनुसार उक्त गुफाको बाहिरबाट भित्र पुग्नेगरी करिब १०० ःथानमा प्वाल पारेर गुफा भित्रको ग्याँस बाहिर फाल्ने र अक्सिजन...


अमेरिकामा आप्रवासी बालबालिकाको डिएनए परीक्षण गरिने

Posted: 2018-07-07 06:39:34

सुनाखरी न्युज/ वासिङटन- अमेरिका र मेक्सिकोको सीमा इलाकाबाट छुट्टिएका आप्रवासीका बालबालिका र आमाबाबुको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले डिएनए परीक्षण गर्ने भएको छ । ःवाःथ्य र मानव सेवा एजेन्सी (एचएचएस)ले बिहीबार सो जानकारी दिएको छ । जन्मदर्ता र अन्य विभिन्न प्रमाणको तुलनामा डिएनए परीक्षण बढी भरपर्दो हुने सो विभागले बताएको छ । पाँच वर्षभन्दा कम उमेरका बालबालिका र उनीहरुका आमाबाबुले यही जुलाई १० बाट डिएनए परीक्षण गराउन सक्ने बताइएको छ । ...


Advertisements