विश्व-प्रवास

चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना

Posted: 2018-09-14 20:54:43

 
सुनाखरी न्युज/
लस एन्जलस् -
स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना विहीबार सार्वजनिक गरेको छ। अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधार सहित डिजाइन गरिएको कम्पनीले जनाएको छ। कम्पनीले बीएफआरको प्रयोगमार्फत चन्द्रमाको परिधिमा उड्नका लागि विश्वकै पहिलो यात्रुसँग सम्झौता गरिसकेको बताएको छ। अन्तरिक्षमा यात्रा गर्ने सपना बोकेका व्यक्तिका लागि यो एउटा प्रस्थान विन्दु हो। स्पेसएक्सले यसबारेमा थप विवरण भने सार्वजनिक गरेको छैन।
 
टेस्ला विद्युतीय कार निर्माता कम्पनीका प्रमुख कार्यकारी इलोन मस्कले चन्द्रमाको परिधिमा यात्रु लैजाने घोषणा गरेको यो पहिलो पटक भने होइन। क्यालिफोर्नियाको यो कम्पनीले यसअघि पनि अन्तरिक्षमा पर्यटक लैजाने घोषणा गरेको थियो। सन् २०१७ को फेब्रुअरीमा स्पेसएक्सले सन् २०१८ को अन्त्यसम्ममा दुई जना पर्यटकलाई अन्तरिक्षमा पठाउने घोषणा गरेको थियो।
 
स्पेसएक्सले हाल अन्तर्रा्ष्ट्रिय अन्तरिक्ष स्टेसनमा आवश्यक सामग्री लैजाने काम गरिरहेको छ। स्पेसएक्सले यसअघि फाल्कन हेभी रकेट प्रक्षेपण गरिसकेको छ। तर, हालैका महिनामा यात्रुलाई अन्तरिक्षमा लैजाने कुरा स्थगित भएको थियो।
 
अन्तरिक्षमा जान चाहने दुई व्यक्तिको नाम र उनीहरुले भुक्तानी गर्नुपर्ने रकमका बारेमा कम्पनीले केहि सार्वजनिक गरेको थिएन। स्पेसएक्स समक्ष एएफपीले विस्तृत विवरण उपलब्ध गराउन अनुरोध गरेपनि कम्पनीले सोमबार मात्र विस्तृत जानकारी दिइने जनाएको छ। मानवले सन् १९७२ मा एपोलो रकेट मार्फत चन्द्रमामा पहिलो पाइला टेकेका थिए। चन्द्रमामा अहिलेसम्म मात्र २४ जनाले पाइला टेकेका छन्। 
 
स्पेसएक्स अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को मुख्य व्यापारिक साझेदार कम्पनी हो र यसले अन्तरिक्ष स्टेसनका लागि आवश्यक सामान ओसारपसारको काम गर्ने लक्ष्य राखेको छ। बोइङ कम्पनीले पनि रकेट निर्माणको काम गरिरहेको छ र यसको रकेट सन् २०१९ भित्र प्रक्षेपण गर्ने योजना छ। स्पेसएक्सले हाल अन्तरिक स्टेसनका लागि सामान लैजान नासासँग एक अर्ब ६० करोड डलरको सम्झौता गरेको छ। स्पेसएक्सले नयाँ डिजाइन गरेको बीएफआरमा ३१ वटा इन्जिन रहेका र यसले १५० टन भारी बोक्न सक्दछ। रासस



More News



गैरकानुनी कामदार मलेसियामा धमाधम पक्राउ

Posted: 2018-06-30 18:57:04

सुनाखरी न्युज/ क्वालालम्पुर — मलेसियाले गैरकानुनी आप्रवासी कामदारहरुको देशव्यापी धरपकड र खोजी अभियान सञ्चालन गर्ने भएको छ । वैधानिक प्रक्रियामा ल्याउन सञ्चालन गरिएको ‘पुनस् भर्ना एवं दर्ता कार्यक्रम’ को समयावधि शनिबार सकिएलगत्तै गैरकानुनी कामदारहरुविरुद्ध आइतबारदेखि देशव्यापी धरपकड अभियान सञ्चालन गर्ने जनाएको छ ।...


युरोपेली नेताहरु आप्रवासी समस्या समाधान गर्न सहमत

Posted: 2018-06-30 06:46:55

सुनाखरी न्युज/ लन्डन — युरोपियन युनियनका २८ देशका राष्ट्र प्रमुखहरुको ब्रसेल्स सम्मेलन लामो बहसपछि एउटा टुंगोमा पुगेको छ । बिहीबार र शुक्रबार दुई दिन शरणार्थी समस्या एवं ब्रेक्जिटमा केन्द्रित बैठक अन्ततस् ‘ब्रेक थ्रु’भएको इयू नेताहरुले बताएका छन् । दस घण्टा लामो छलफलपछि ऐच्छिक रुपले युरोपका अन्य देशहरुमा आप्रवासी तथा शरणार्थीको आगमन केन्द्र खुलाउने सहमति भएको छ ।...


पत्रिकाको कार्यालयमा गोली प्रहार, पाँच जनाको मृत्यु

Posted: 2018-06-29 12:26:20

सुनाखरी न्युज/ वासिङटन - अमेरिकाको मेरिल्याण्डमा एक पत्रिकाको कार्यालयमा भएको गोली प्रहारमा पाँच जनाको हत्या भएको छ। स्थानीय पत्रिका क्यापिटल गजेटको कार्यालयमा गोली प्रहार गरिएको र सो प्रहारमा अन्य व्यक्ति घाइते पनि भएका छन्। गोली प्रहार गरेको आशंकामा प्रहरीले ५० वर्षाीय एक स्थानीयलाई नियन्त्रणमा लिएको छ। ...


एर्दोगान टर्कीको राष्ट्रपतिमा विजयी

Posted: 2018-06-27 05:55:52

सुनाखरी न्युज/ काठमाडौं -टर्कीको राष्ट्रपतिमा रजेप तैयप एर्दोगान विजयी भएका भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी मुहर्रेम इञ्जालाई पराजित गर्दै एर्दोगान दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । चुनावी नतिजापछि बोल्दै एर्दोगानले टर्कीले विश्वलाई नै लोकतन्त्रको पाठ सिकाएको बताएका छन् । ...


नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट कम्तीमा ८६ जनाको मृत्यु

Posted: 2018-06-25 14:46:47

सुनाखरी न्युज/ अबुजा - नाइजेरियाको मध्य प्रदेश प्लाटेउमा भएको आक्रमणमा परी कम्तीमा ८६ जनाको मृत्यु भएको छ। विभिन्न ठाँउमा भएका घटनाहरूमा परी उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले आइतबार जानकारी दिएका छन । शंकास्पद बन्दुकधारीहरूले शनिबार राती अबेर आक्रमण गरेका हुन। आक्रमणमा परी अरु छ जना सख्त घाइते भएका छन ...


Advertisements