विश्व-प्रवास

चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना

Posted: 2018-09-14 20:54:43

 
सुनाखरी न्युज/
लस एन्जलस् -
स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना विहीबार सार्वजनिक गरेको छ। अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधार सहित डिजाइन गरिएको कम्पनीले जनाएको छ। कम्पनीले बीएफआरको प्रयोगमार्फत चन्द्रमाको परिधिमा उड्नका लागि विश्वकै पहिलो यात्रुसँग सम्झौता गरिसकेको बताएको छ। अन्तरिक्षमा यात्रा गर्ने सपना बोकेका व्यक्तिका लागि यो एउटा प्रस्थान विन्दु हो। स्पेसएक्सले यसबारेमा थप विवरण भने सार्वजनिक गरेको छैन।
 
टेस्ला विद्युतीय कार निर्माता कम्पनीका प्रमुख कार्यकारी इलोन मस्कले चन्द्रमाको परिधिमा यात्रु लैजाने घोषणा गरेको यो पहिलो पटक भने होइन। क्यालिफोर्नियाको यो कम्पनीले यसअघि पनि अन्तरिक्षमा पर्यटक लैजाने घोषणा गरेको थियो। सन् २०१७ को फेब्रुअरीमा स्पेसएक्सले सन् २०१८ को अन्त्यसम्ममा दुई जना पर्यटकलाई अन्तरिक्षमा पठाउने घोषणा गरेको थियो।
 
स्पेसएक्सले हाल अन्तर्रा्ष्ट्रिय अन्तरिक्ष स्टेसनमा आवश्यक सामग्री लैजाने काम गरिरहेको छ। स्पेसएक्सले यसअघि फाल्कन हेभी रकेट प्रक्षेपण गरिसकेको छ। तर, हालैका महिनामा यात्रुलाई अन्तरिक्षमा लैजाने कुरा स्थगित भएको थियो।
 
अन्तरिक्षमा जान चाहने दुई व्यक्तिको नाम र उनीहरुले भुक्तानी गर्नुपर्ने रकमका बारेमा कम्पनीले केहि सार्वजनिक गरेको थिएन। स्पेसएक्स समक्ष एएफपीले विस्तृत विवरण उपलब्ध गराउन अनुरोध गरेपनि कम्पनीले सोमबार मात्र विस्तृत जानकारी दिइने जनाएको छ। मानवले सन् १९७२ मा एपोलो रकेट मार्फत चन्द्रमामा पहिलो पाइला टेकेका थिए। चन्द्रमामा अहिलेसम्म मात्र २४ जनाले पाइला टेकेका छन्। 
 
स्पेसएक्स अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को मुख्य व्यापारिक साझेदार कम्पनी हो र यसले अन्तरिक्ष स्टेसनका लागि आवश्यक सामान ओसारपसारको काम गर्ने लक्ष्य राखेको छ। बोइङ कम्पनीले पनि रकेट निर्माणको काम गरिरहेको छ र यसको रकेट सन् २०१९ भित्र प्रक्षेपण गर्ने योजना छ। स्पेसएक्सले हाल अन्तरिक स्टेसनका लागि सामान लैजान नासासँग एक अर्ब ६० करोड डलरको सम्झौता गरेको छ। स्पेसएक्सले नयाँ डिजाइन गरेको बीएफआरमा ३१ वटा इन्जिन रहेका र यसले १५० टन भारी बोक्न सक्दछ। रासस



More News



सुडानमा नाइल नदी तर्ने क्रममा डुंगा पल्टिँदा ४० जनाको मृत्यु

Posted: 2018-08-16 11:52:08

सुनाखरी न्युज/ एजेन्सी - उत्तरी सुडानमा बुधवार नाइल नदी तर्ने क्रममा ४० जनाभन्दा बढी मानिस बोकेको डुंगा पल्टिँदा प्राथमिक विद्यालयका कम्तीमा २२ विद्यार्थी डुबेका छन् । विद्यालय जाँदै गरेका कम्तीमा २४ बालबालिका एक ...


तालिबानले गर्‍यो सैन्य शिविरमा आक्रमण, १४ सैनिक मारिए

Posted: 2018-08-15 12:43:08

सुनाखरी न्युज/ एजेन्सी - उत्तरी अफगानिस्तानको एक सैन्य शिविरमा तालिबान लडाकूहरूले मंगलवार कब्जा जमाएर कम्तीमा १४ सैनिकको हत्या गरेका छन् । अन्य दर्जनौंलाई उनीहरूले बन्धक बनाएका छन् । कतिपय सैनिक भने भाग्न ...


संसारका सबैभन्दा धेरै अर्बपती भएको देश

Posted: 2018-08-13 11:44:48

सुनाखरी न्युज/ बीबीसी - तपाईं कहिले अर्बपतीको सूचीमा समावेश हुनुहुन्छ ? यसको जवाफ एक रिपोर्टबाट पाउन सकिन्छ जसअनुसार जब तपाईंसँग ५० करोड डलरभन्दा धेरै पैसा हुन्छ । र यदि तपाईंसँग यतिधेरै पैसा छ भने तपाईं कहाँ बस्न ...


इन्डोनेसियामा हराएको विमान फेला, ८ जनाको मृत्यु, एकजना जीवितै

Posted: 2018-08-12 13:41:45

सुनाखरी न्युज/ जकार्ता - इन्डोनेसियामा शनिबार हराएको एक विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । साथै सो विमानमा सवार आठजना यात्रुको शव पनि भेटिएको समाचारमा जनाइएको छ । पूर्वी इन्डोनेसियाको पहाडी ...


चोरेर उडाएको जहाज दुर्घटनामा

Posted: 2018-08-12 13:22:33

सुनाखरी न्युज/ बीबीसी - अमेरिकाको सियाटलस्थित विमानस्थलमा एक विमान कम्पनीका कर्मचारीबाट चोरिएको एउटा खाली यात्रुवाहक विमान विमानस्थलनजिकै रहेको एउटा टापुमा दुर्घटनाग्रस्त भएको छ। अधिकारीहरूका ...


Advertisements