विश्व-प्रवास

चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना

Posted: 2018-09-14 20:54:43

 
सुनाखरी न्युज/
लस एन्जलस् -
स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना विहीबार सार्वजनिक गरेको छ। अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधार सहित डिजाइन गरिएको कम्पनीले जनाएको छ। कम्पनीले बीएफआरको प्रयोगमार्फत चन्द्रमाको परिधिमा उड्नका लागि विश्वकै पहिलो यात्रुसँग सम्झौता गरिसकेको बताएको छ। अन्तरिक्षमा यात्रा गर्ने सपना बोकेका व्यक्तिका लागि यो एउटा प्रस्थान विन्दु हो। स्पेसएक्सले यसबारेमा थप विवरण भने सार्वजनिक गरेको छैन।
 
टेस्ला विद्युतीय कार निर्माता कम्पनीका प्रमुख कार्यकारी इलोन मस्कले चन्द्रमाको परिधिमा यात्रु लैजाने घोषणा गरेको यो पहिलो पटक भने होइन। क्यालिफोर्नियाको यो कम्पनीले यसअघि पनि अन्तरिक्षमा पर्यटक लैजाने घोषणा गरेको थियो। सन् २०१७ को फेब्रुअरीमा स्पेसएक्सले सन् २०१८ को अन्त्यसम्ममा दुई जना पर्यटकलाई अन्तरिक्षमा पठाउने घोषणा गरेको थियो।
 
स्पेसएक्सले हाल अन्तर्रा्ष्ट्रिय अन्तरिक्ष स्टेसनमा आवश्यक सामग्री लैजाने काम गरिरहेको छ। स्पेसएक्सले यसअघि फाल्कन हेभी रकेट प्रक्षेपण गरिसकेको छ। तर, हालैका महिनामा यात्रुलाई अन्तरिक्षमा लैजाने कुरा स्थगित भएको थियो।
 
अन्तरिक्षमा जान चाहने दुई व्यक्तिको नाम र उनीहरुले भुक्तानी गर्नुपर्ने रकमका बारेमा कम्पनीले केहि सार्वजनिक गरेको थिएन। स्पेसएक्स समक्ष एएफपीले विस्तृत विवरण उपलब्ध गराउन अनुरोध गरेपनि कम्पनीले सोमबार मात्र विस्तृत जानकारी दिइने जनाएको छ। मानवले सन् १९७२ मा एपोलो रकेट मार्फत चन्द्रमामा पहिलो पाइला टेकेका थिए। चन्द्रमामा अहिलेसम्म मात्र २४ जनाले पाइला टेकेका छन्। 
 
स्पेसएक्स अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को मुख्य व्यापारिक साझेदार कम्पनी हो र यसले अन्तरिक्ष स्टेसनका लागि आवश्यक सामान ओसारपसारको काम गर्ने लक्ष्य राखेको छ। बोइङ कम्पनीले पनि रकेट निर्माणको काम गरिरहेको छ र यसको रकेट सन् २०१९ भित्र प्रक्षेपण गर्ने योजना छ। स्पेसएक्सले हाल अन्तरिक स्टेसनका लागि सामान लैजान नासासँग एक अर्ब ६० करोड डलरको सम्झौता गरेको छ। स्पेसएक्सले नयाँ डिजाइन गरेको बीएफआरमा ३१ वटा इन्जिन रहेका र यसले १५० टन भारी बोक्न सक्दछ। रासस



More News



अमेरिकका पूर्व राष्ट्रपति बुशको निधन

Posted: 2018-12-01 17:50:36

सुनाखरी न्युज/ काठमाडौँ — अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन भएको छ। शुक्रबार साँझ ९४ वर्षको उमेरमा निधन भएको हो । अमेरिकाका ४१ औं राष्ट्रपति बुश सन् १९८९ देखि सन् १९९३ सम्म सत्तामा रहेका थिए। सन् १९२४ मा अमेरिकाको मिल्टनमा जन्मिएका बुश रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति चुनिएका थिए । उनी यस्ता भाग्मानी राष्ट्रपति हुन् जो ८ वर्ष उपराष्ट्रपति हुँदै राष्ट्रपतिमा पदमा चुनिए ।...


इन्टरपोलको अध्यक्षमा रूसी उम्मेदवारलाई हराएर दक्षिण कोरियाका किम निर्वा्चित

Posted: 2018-11-22 07:26:59

सुनाखरी न्युज/ एजेन्सी - अन्तर्रा्ष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को नयाँ अध्यक्षमा दक्षिण कोरियाका किम जोङ याङ निर्वा्चित भएका छन । दुबईमा भएका वार्षिक सम्मेलनमा १९४ सदस्य राष्ट्रको मत पाएर याङ निर्वा्चित भएका ...


अमेरिकाको एक अस्पतालमा अन्धाधुन्द गोली प्रहार, चार जनाको मृत्यु

Posted: 2018-11-20 11:18:03

सुनाखरी न्युज/ काठमाडौं - अमेरिकाको एक अस्पतालमा एक व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा एक डाक्टरसहित चार जनाको ज्यान गएको छ। अमेरिकाको सिकागोस्थित मर्सी अस्पतालमा स्थानीय समयअनुसार सोमबार ...


कलेजो जोडिएका भुटानी बालिकाको सफल शल्यक्रिया, चिकित्सकहरुले शरीर छुट्टयाएका दुबै बालिकाहरु उपचाररत

Posted: 2018-11-11 10:01:07

सुनाखरी न्युज/ अष्ट्रेलिया — कलेजो जोडिएका १४ महिनाका दुई भुटानी बालिकालाई मेलबर्नका चिकित्सकहरुले सफलतापूर्वक छुट्टयाएका छन् । शरीर जोडिएका निमा र दावा उपचार गराउनका लागि आफ्नी आमासँग करिब २ महिनाअघि अष्ट्रेलिया आइपुगेका थिए । मेलबर्नमा रहेको मेलबर्न रोयल चिल्ड्रेन अस्पतालमा पेडियाट्रिक सर्जन डा. जो क्रामेरीको नेतृत्वमा सम्पन्न भएको उक्त सर्जरी ६ घण्टासम्म चलेको थियो। ...


श्रीलंकामा राजनीतिक संकट बढ्दै, राष्ट्रपतिबाट संसद भंग

Posted: 2018-11-10 09:27:22

सुनाखरी न्युज/ एजेन्सी - (कोलम्बो) श्रीलंकामा राजनीतिक संकट गहिरिँदै गएपछि राष्ट्रपति मैत्रिपाला सिरिसेनाले संसद् नै भंग गरिदिएका छन । राष्ट्रपति सिरिसेनाले गएरातिदेखि लागू हुने गरी संसद् भंग गरेका हुन् । संसद् भंग भएसँगै ...


Advertisements