विश्व-प्रवास

क्रोएशियाकी राष्ट्रपति जर्सी लगाएर दर्शकदिर्घामा बसिन्

Posted: 2018-07-11 11:32:46

 
एजेन्सी/
काठमाडौं-
कोलिन्डा ग्राबर किटारोभिच क्रोएशियाकी पहिलो महिला राष्ट्रपति हुन्। तीन वर्षअघि राष्ट्रपति चुनिएकी कोलिन्डा गत साता जहाजको इकोनोमी क्लासमा बसेर रसिया पुगिन्।
 
त्यो जहाजको भाडा सरकारले तिरेको थिएन। कोलिन्डा आफूजस्तै फुटबल फ्यानहरूले चार्टर्ड गरेको जहाजमा चढेकी थिइन्। जहाजमा उनले औपचारिक पहिरनको साटो राष्ट्रिय टोलीको रातो र सेतो बुट्टा भएको जर्सी लगाएकी थिइन्।
 
रसियामा उनको कुनै राजनीतिक एजेन्डा थिएन। आफ्ना खेलाडीको हौसला बढाउन र खेलको उत्सव मनाउन उनी आयोजक रसिया र क्रोएशियाबीचको क्वार्टर फाइनल खेल हेर्न सोची सहर पुगिन्।
 
रंगशालाको  भिआइपी कक्षमा उनले रूसी प्रधानमन्त्री डिमित्री मेडभेडेभ र फिफाका अधिकारीसँग बसेर आफ्नो टोलीको फुटबल हेरिन्। क्रोएशियाले गोल हान्दा उनी आमसमर्थकजस्तै कुर्सीबाट उठेर चिच्याएर खुसी हुन्थिन्।
 
त्यो खेलको निर्धा्रित र थपिएको समयमा दुबै टोलीले २र२ गोल गरेकाले टाइब्रेकर हुने भयो। टाइब्रेकरमा क्रोएशियाले रसियालाई ३ का विरूद्ध ४ गोलले हरायो र २० वर्षपछि विश्वकपको सेमिफाइनलमा स्थान बनायो। त्यसपछि कोलिन्डाले आफूलाई भिआइपी कक्षमा थाम्न सकिनन् उनी ड्रेसिङ रूममा पुगिन्।  खेलाडीलाई अंकमाल गरिन्। लुका मोड्रिचलगायत स्टार खेलाडीसँग तस्बिर खिचिन्। उनीहरूले सँगै खुसी मनाए।
 
कोलिन्डाले यसअघि जुलाई १ मा डेनमार्क्विरुद्ध भएको प्रिक्वार्टर फाइनल खेल भिआइपी कक्षमा नभई फ्यान आइडी लगाएर आमदर्शकसँगै बसेर हेरेकी थिइन्।   
 
‘म अरू फुटबल फ्यानजस्तै हुँ भनेर देखाउन र अरू फ्यानसँगै बसेर टोलीलाई समर्थन गर्न चाहन्थें,’ रसियन  अनलाइन स्पोर्टबक्ससँग कुरा गर्दै कोलिन्डाले भनिन्, ‘मैले राष्ट्रिय चिन्हहरू भएको सर्ट लगाएँ। भिआइपी कक्षमा लामो गाउन लगाउनु पर्ने भएकाले त्यो पहिरनलाई अनुमति हुन्नथ्यो।’
 
कोलिन्डाले रसियाले स्पेनमाथि प्रिक्वार्टर फाइनलमा पाएको जितपछि ट्विटरमा रसियाली राष्ट्रपति भ्लादमिर पुटिनको अंग्रेजी भाषाको ह्यान्डललाई मेन्सन गर्दै ‘राम्रो खेलेको’ बधाई दिएकी थिइन् र आफू सोचीमा हुने रसियासँगको क्वार्टर फाइनल खेल हेर्न पनि आउने वाचा गरेकी थिइन्।
 
क्रोएशिया र रसियाको क्वार्टर फाइनल खेलमा पुटिन भने रंगशालामा थिएनन्।
 
रसियालाई हराएर सेमिफाइनल पुगेको क्रोएशिया फाइनलका लागि बुधबार इंग्ल्याण्डसँग भिड्दैछ



More News



अमेरिकी प्रतिबन्ध तत्काल नहटाए ‘गम्भिर परिणाम भोग्न’ चीनको चेतावनी

Posted: 2018-09-22 06:22:43

रोयटर्स/ बेइजिङ — रुससँग लडाकु जेट विमान खरिद गरेपछि अमेरिकाले चीनमाथि सैनिक प्रतिबन्ध लगाएको छ । त्यसको प्रतिक्रियामा चीनले अमेरिकालाई प्रतिबन्ध तत्काल नहटाए ‘गम्भिर परिणाम भोग्न’ चेतावनी दिएको छ । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले निकै कडा भाषामा ‘चिन आवश्यक परे जवाफी कदम के हुन्छ भन्नेमा निकै प्रष्ट रहेको’ जनाएका छन् ।...


उच्च अदालतले नवाज सरिफको मुद्दा उल्ट्यायो, तत्काल रिहा गर्न आदेश

Posted: 2018-09-19 20:48:03

बीबीसी/ इस्लामावाद — भ्रष्टाचार अभियोगमा जेल परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई तत्काल रिहा गर्न इस्लामावादस्थित उच्च अदालतले आदेश दिएको छ । सरिफ र उनका छोरी(ज्वाईंलाई तल्लो अदालतले दिएको सजाय पनि स्थगित गरिएको छ । सरिफलाई लगाइएका आरोपहरु पुष्टि हुन नसकेको बताउँदै अदालतले उनीहरुलाई तत्कालका लागि रिहा गर्न आदेश दिएको हो । ...


ट्रम्पले गरे २ सय अर्ब डलरका चिनियाँ सामानमा करवृद्धिको घोषणा

Posted: 2018-09-19 07:07:03

रासस/एपी वासिङ्टन — ट्रम्प प्रशासनले थप दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानमा करवृद्धि गर्ने घोषणा गरेको छ । अर्को सातादेखि लागू हुने यस करवृद्धिका कारण विश्वका सबैभन्दा ठूलो अर्थतन्त्र भएका दुई मुलुकबीच व्यापार युद्ध निम्त्याउने खतरा बढेको छ । पछिल्लो करवृद्धिका कारण हाते झोलादेखि साइकलका टायरसम्मको मूल्य वृद्धि हुनेछ ।...


फिलिपिन्समा शक्तिशाली आँधीका कारण चौधको मृत्यु

Posted: 2018-09-16 11:24:43

सुनाखरी न्युज/ फिलिपिन्स - फिलिपिन्समा ‘माङखुत’ आँधीले उत्तरी तटीय क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ । आँधीका कारण अहिलेसम्म चौध जनाको मृत्यु भएको छ । फिलिपिन्सको लुजोन टापुमा ठुलो क्षति पुर्‍याएपछि आँधी अहिले ...


चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना

Posted: 2018-09-14 20:54:43

सुनाखरी न्युज/ लस एन्जलस् - स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना विहीबार सार्वजनिक गरेको छ। अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधार सहित डिजाइन गरिएको कम्पनीले जनाएको छ। कम्पनीले बीएफआरको प्रयोगमार्फत चन्द्रमाको परिधिमा उड्नका लागि विश्वकै पहिलो यात्रुसँग सम्झौता गरिसकेको बताएको छ।...


Advertisements