विश्व-प्रवास

पाकिस्तानमा आत्मघाती हमला हुँदा १३ को मृत्यु, मृत्यु हुनेमा एक नेतापनि परे

Posted: 2018-07-11 10:07:35

 
सुनाखरी न्युज/
काठमाडौं-
पाकिस्तानको पेशावरमा आत्मघाती हमला हुँदा एक नेतासहित १३ जनाको मृत्यु भएको छ । आक्रमणमा ५० जनाभन्दा बढी घाइते भएका छन् ।
 
आक्रमणकारीले मंगलबार अबेर राति एक चुनावी कार्यक्रमलाई लक्षित गरी हमला गरेका थिए । सो आक्रमणमा अवामी नेशनल पार्टी (एएनपी)का नेता हारुन बिलोरसहित १३ जनाको मृत्यु भएको पेशावर शहरका प्रहरी प्रमुख काजी जमीलले बताएका छन् ।
 
 
 
 
बिलोर कार्यक्रमको स्टेजमा उक्लिनासाथ आत्मघाती हमला भएको थियो । उनलाई तत्कालै अस्पतालमा पुर्याइए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
 
बम निरोधक दस्ताका प्रमुख शौकत मलिकका अनुसार आक्रमणमा करिब ८ किलो डायनामाइटको प्रयोग गरिएको थियो । घटनाको थप अनुसन्धान भइरहेको पाकिस्तानका अधिकारीहरुले बताएका छन् ।
 
पाकिस्तानमा आगामी २५ जुलाईमा आम चुनाव हुँदैछ । चुनावको मिति नजिकिँदै जाँदा हिंसात्मक घटनाहरु पनि भइरहेका छन् । यसअघि जुलाई महिनाको सुरुआतमा खैबर पख्तुनख्वा प्रान्तको तख्तीखेलमा भएको आक्रमणमा मुत्ताहिदा पार्टीका एक उम्मेदवारसहित ७ जना घाइते भएका थिए ।



More News



अमेरिकी प्रतिबन्ध तत्काल नहटाए ‘गम्भिर परिणाम भोग्न’ चीनको चेतावनी

Posted: 2018-09-22 06:22:43

रोयटर्स/ बेइजिङ — रुससँग लडाकु जेट विमान खरिद गरेपछि अमेरिकाले चीनमाथि सैनिक प्रतिबन्ध लगाएको छ । त्यसको प्रतिक्रियामा चीनले अमेरिकालाई प्रतिबन्ध तत्काल नहटाए ‘गम्भिर परिणाम भोग्न’ चेतावनी दिएको छ । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले निकै कडा भाषामा ‘चिन आवश्यक परे जवाफी कदम के हुन्छ भन्नेमा निकै प्रष्ट रहेको’ जनाएका छन् ।...


उच्च अदालतले नवाज सरिफको मुद्दा उल्ट्यायो, तत्काल रिहा गर्न आदेश

Posted: 2018-09-19 20:48:03

बीबीसी/ इस्लामावाद — भ्रष्टाचार अभियोगमा जेल परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई तत्काल रिहा गर्न इस्लामावादस्थित उच्च अदालतले आदेश दिएको छ । सरिफ र उनका छोरी(ज्वाईंलाई तल्लो अदालतले दिएको सजाय पनि स्थगित गरिएको छ । सरिफलाई लगाइएका आरोपहरु पुष्टि हुन नसकेको बताउँदै अदालतले उनीहरुलाई तत्कालका लागि रिहा गर्न आदेश दिएको हो । ...


ट्रम्पले गरे २ सय अर्ब डलरका चिनियाँ सामानमा करवृद्धिको घोषणा

Posted: 2018-09-19 07:07:03

रासस/एपी वासिङ्टन — ट्रम्प प्रशासनले थप दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानमा करवृद्धि गर्ने घोषणा गरेको छ । अर्को सातादेखि लागू हुने यस करवृद्धिका कारण विश्वका सबैभन्दा ठूलो अर्थतन्त्र भएका दुई मुलुकबीच व्यापार युद्ध निम्त्याउने खतरा बढेको छ । पछिल्लो करवृद्धिका कारण हाते झोलादेखि साइकलका टायरसम्मको मूल्य वृद्धि हुनेछ ।...


फिलिपिन्समा शक्तिशाली आँधीका कारण चौधको मृत्यु

Posted: 2018-09-16 11:24:43

सुनाखरी न्युज/ फिलिपिन्स - फिलिपिन्समा ‘माङखुत’ आँधीले उत्तरी तटीय क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ । आँधीका कारण अहिलेसम्म चौध जनाको मृत्यु भएको छ । फिलिपिन्सको लुजोन टापुमा ठुलो क्षति पुर्‍याएपछि आँधी अहिले ...


चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना

Posted: 2018-09-14 20:54:43

सुनाखरी न्युज/ लस एन्जलस् - स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना विहीबार सार्वजनिक गरेको छ। अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधार सहित डिजाइन गरिएको कम्पनीले जनाएको छ। कम्पनीले बीएफआरको प्रयोगमार्फत चन्द्रमाको परिधिमा उड्नका लागि विश्वकै पहिलो यात्रुसँग सम्झौता गरिसकेको बताएको छ।...


Advertisements