विश्व-प्रवास

थाइल्याण्डमा गुफामा थुनिएका १३ मध्ये ९ बालकको सकुशल उद्धार

Posted: 2018-07-10 07:33:22

 
एजेन्सी/
थाइल्याण्ड — थाइल्याण्डमा गुफामा थुनिएका एक जना फुटबल प्रशिक्षक र १२ जना विद्यार्थीहरु मध्ये ४ जना बालकलाई सोमबार बाहिर निकालिएको छ । आइतबार र सोमबार गरी अहिलेसम्म  ९ जना विद्यार्थीलाई उद्धार गरिएको छ ।
 
 
 
थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफामा झण्डै दुई हप्ता अगाडी थुनिएकाहरुलाई बाहिर निकाल्ने क्रम आइतबार बिहानबाट सुरु भएको थियो ।
 
स्थानीय समय अनुसार सोमबार बेलुका पाँच बजे उनीहरूलाई गुफाबाट बाहिर निकालिएको थियो । झण्डै छ घण्टा लामो प्रयासपछि उनीहरूलाई बाहिर निकालिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
 
बाहिर निकालिएका बालकहरूलाई हेलिकोप्टर मार्फत् सिधैं चियाङ रायमा रहेको अस्पताल लगिएको छ ।
 
घुम्न गएका बेला बाढी आएर गत जुलाई २३ तारिखका दिन उनीहरु गुफामा फसेका थिए । हराएको दिनदेखि खोजी सुरु भए पनि नवौँ दिनमा उनीहरूको अवस्था पत्ता लागेको थियो ।
फसेका १३ जनामध्ये अरु चारजनालाई पहिलो चरणमा आइतबार सकुशल उद्धार गरी बाहिर निकालिएको थियो । उद्धारको कार्य अति कठिन भएकाले हिजो चारजनालाई मात्र बाहिर निकाल्न सकिएको थियो ।
 
सोमबार पनि उद्धार कार्य स्थानीय समयअनुसार बिहान १० बजे सुरु भएकोमा बेलुका मात्रै उनीहरुलाई बाहिर निकालिएको थियो ।
 
उद्धारका लागि अन्तर्रा्ष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञहरुलाई परिचालन गरिएको छ । साथै उक्त गुफाको उत्तरतर्फ निर्माण गरिएको ढोकामा एम्बुलेन्स पनि पूर्ण तयारी अवस्थामा राखिएको छ ।
 
उद्धार टोलीमा थाई सेनाको विशेष टोली पनि सहभागी गराइएको छ । उनीहरुलाई बाहिर निकाल्न गुफा वरिपरिको विभिन्न स्थानमा प्वाल पारेर गुफाभित्रको ग्यास बाहिर फाल्ने र बाहिरबाट अक्सिजन भित्र पठाउने ‘चिम्नी’ बनाइएको छ ।
 
गुफा बाहिरबाट करीब ३०० मिटर गहिरो प्वाल पारिएको छ । आइतबार यिनै चिम्नीबाट चारजनालाई निकालिएको हो । उद्धार कार्यमा खटिएकाहरुले बाँकीलाई मंगलबारसम्ममा बाहिर निकालिसकिने जानकारी दिएका छन् ।



More News



अमेरिकी प्रतिबन्ध तत्काल नहटाए ‘गम्भिर परिणाम भोग्न’ चीनको चेतावनी

Posted: 2018-09-22 06:22:43

रोयटर्स/ बेइजिङ — रुससँग लडाकु जेट विमान खरिद गरेपछि अमेरिकाले चीनमाथि सैनिक प्रतिबन्ध लगाएको छ । त्यसको प्रतिक्रियामा चीनले अमेरिकालाई प्रतिबन्ध तत्काल नहटाए ‘गम्भिर परिणाम भोग्न’ चेतावनी दिएको छ । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले निकै कडा भाषामा ‘चिन आवश्यक परे जवाफी कदम के हुन्छ भन्नेमा निकै प्रष्ट रहेको’ जनाएका छन् ।...


उच्च अदालतले नवाज सरिफको मुद्दा उल्ट्यायो, तत्काल रिहा गर्न आदेश

Posted: 2018-09-19 20:48:03

बीबीसी/ इस्लामावाद — भ्रष्टाचार अभियोगमा जेल परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई तत्काल रिहा गर्न इस्लामावादस्थित उच्च अदालतले आदेश दिएको छ । सरिफ र उनका छोरी(ज्वाईंलाई तल्लो अदालतले दिएको सजाय पनि स्थगित गरिएको छ । सरिफलाई लगाइएका आरोपहरु पुष्टि हुन नसकेको बताउँदै अदालतले उनीहरुलाई तत्कालका लागि रिहा गर्न आदेश दिएको हो । ...


ट्रम्पले गरे २ सय अर्ब डलरका चिनियाँ सामानमा करवृद्धिको घोषणा

Posted: 2018-09-19 07:07:03

रासस/एपी वासिङ्टन — ट्रम्प प्रशासनले थप दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानमा करवृद्धि गर्ने घोषणा गरेको छ । अर्को सातादेखि लागू हुने यस करवृद्धिका कारण विश्वका सबैभन्दा ठूलो अर्थतन्त्र भएका दुई मुलुकबीच व्यापार युद्ध निम्त्याउने खतरा बढेको छ । पछिल्लो करवृद्धिका कारण हाते झोलादेखि साइकलका टायरसम्मको मूल्य वृद्धि हुनेछ ।...


फिलिपिन्समा शक्तिशाली आँधीका कारण चौधको मृत्यु

Posted: 2018-09-16 11:24:43

सुनाखरी न्युज/ फिलिपिन्स - फिलिपिन्समा ‘माङखुत’ आँधीले उत्तरी तटीय क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ । आँधीका कारण अहिलेसम्म चौध जनाको मृत्यु भएको छ । फिलिपिन्सको लुजोन टापुमा ठुलो क्षति पुर्‍याएपछि आँधी अहिले ...


चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना

Posted: 2018-09-14 20:54:43

सुनाखरी न्युज/ लस एन्जलस् - स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना विहीबार सार्वजनिक गरेको छ। अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधार सहित डिजाइन गरिएको कम्पनीले जनाएको छ। कम्पनीले बीएफआरको प्रयोगमार्फत चन्द्रमाको परिधिमा उड्नका लागि विश्वकै पहिलो यात्रुसँग सम्झौता गरिसकेको बताएको छ।...


Advertisements