विश्व-प्रवास

गुफामा फसेको १५ दिनपछि ४ बालकको उद्दार, गुफामा ८ बालक र उनीहरुका एक प्रशिक्षक फरेका थिए

Posted: 2018-07-09 06:53:53

 
सुनाखरी न्युज/
काठमाडौं -उत्तरी थाइल्याण्डको गुफामा फसेका १३ जना मध्ये चार जनालाई सुरक्षित बाहिर निकालिएको छ । बाँकीको उद्दार कार्य जारी छ । 
 
गुफामा पानी बढ्न सक्ने आशंकामा जोखिम मोलेर आइतबार विहान ःथानीय समयअनुसार विहान १० बजे उद्दार थालिएको थियो । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार चार बालकलाई सकुशल बाहिर ल्याइएको छ ।
 
 
 
 
उनीहरुलाई अस्पताल लगिएको छ ।
स्थानीय समयअनुसार विहान १० बजेबाट उद्दार अभियान सुरु गरिएको थियो ।
साँझ ५ः ४० बजे पहिलो बालकलाई गुफाबाट बाहिर ल्याइयो ।
अहिलेसम्म चार बालकको उद्दार भएको छ । सबैलाई नजिकैको अःपताल भर्ना गरिएको छ ।
१२ विदेशी र पाँच थाइल्याण्डका गोताखारहरुले चार बालकलाई गुफाबाट निकालेका हुन् ।
ःथानीय समयअनुसार राति ९ बजे उद्दार कार्य ःथगित गरिएको छ । सोमबार बाँकी ९ जनालाई उद्दार गर्न सुरु गरिनेछ ।
गुफामा ८ बालक र उनीहरुका एक प्रशिक्षक छन् ।
 
फुटबल खेलेर फर्किने क्रममा गुफामा गएका उनीहरु १५ दिनदेखि त्यहाँ फसेका थिए ।गुफामा फसेका १२ बालक र एक फुटबल प्रशिक्षकको उद्दारका लागि कुल ९० गोताखोर परिचालन गरिएको छ, जसमा ४० थाइ र ५० अन्य देशका छन् ।
 



More News



कलेजो जोडिएका भुटानी बालिकाको सफल शल्यक्रिया, चिकित्सकहरुले शरीर छुट्टयाएका दुबै बालिकाहरु उपचाररत

Posted: 2018-11-11 10:01:07

सुनाखरी न्युज/ अष्ट्रेलिया — कलेजो जोडिएका १४ महिनाका दुई भुटानी बालिकालाई मेलबर्नका चिकित्सकहरुले सफलतापूर्वक छुट्टयाएका छन् । शरीर जोडिएका निमा र दावा उपचार गराउनका लागि आफ्नी आमासँग करिब २ महिनाअघि अष्ट्रेलिया आइपुगेका थिए । मेलबर्नमा रहेको मेलबर्न रोयल चिल्ड्रेन अस्पतालमा पेडियाट्रिक सर्जन डा. जो क्रामेरीको नेतृत्वमा सम्पन्न भएको उक्त सर्जरी ६ घण्टासम्म चलेको थियो। ...


श्रीलंकामा राजनीतिक संकट बढ्दै, राष्ट्रपतिबाट संसद भंग

Posted: 2018-11-10 09:27:22

सुनाखरी न्युज/ एजेन्सी - (कोलम्बो) श्रीलंकामा राजनीतिक संकट गहिरिँदै गएपछि राष्ट्रपति मैत्रिपाला सिरिसेनाले संसद् नै भंग गरिदिएका छन । राष्ट्रपति सिरिसेनाले गएरातिदेखि लागू हुने गरी संसद् भंग गरेका हुन् । संसद् भंग भएसँगै ...


टर्कीले बनायो विश्वकै सबैभन्दा ठूलो विमानस्थल

Posted: 2018-10-31 16:11:52

सुनाखरी न्युज/ काठमाडौँ — ट्रकीले आफ्नो ९५‌‍‍‍औँ स्थापना दिवसको अवसर पारेर विश्वकै सभैभन्दा ठूलो विमानस्थल आंशिक रुपमा सञ्चालनमा ल्याएको छ । राष्ट्रपति टेयिप एर्डोगानले मुलुकको ९५ औँ स्थापना दिवसको अवसर पारेर गत सोमबार यो विमानस्थलको उद्घाटन गरेका हुन् । करिब १२ बिलियन(१२ अर्ब) डलरमा यो विमानस्थलन निर्माण सम्पन्न भएको सीएनएनले जनाएको छ । ...


श्रीलंकामा राजनीतिक संकट उत्पन्न, अन्तर्राष्ट्रिय समुदायको चासो केन्द्रत

Posted: 2018-10-28 12:23:04

सुनाखरी न्युज/ काठमाडौँ — श्रीलंकाका राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गर्दै पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्षेलाई नियुक्त गरेपछि अन्तर्रा्ष्ट्रिय समुदायले चासो व्यक्त गरेका छन  । उनीहरूले राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई संविधान पालना गर्न आग्रह गरेका छन  । अमेरिकाले सबै पक्षलाई संविधानको अक्षरशः पालना गर्न तथा हिंसाबाट टाढा रहन आग्रह गरेको छ । ...


अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, ११ को मृत्यु

Posted: 2018-10-28 08:46:34

सुनाखरी न्युज/ अमेरिका - अमेरिकाको पेन्सिलभिनियामा एक बन्दुकधारीले गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ। बन्दुकधारीलाई प्रहरीको नियन्त्रणमा लिएका छन्। उनको परिचय भने खुलाइएको छैन, यद्यपि अमेरिकी सञ्चारमाध्यमले ती ...


Advertisements