विश्व-प्रवास

किमले अमेरिकाको तर्फबाट राखिएको पेनबाट किन गरेनन् हस्ताक्षर ?

Posted: 2018-06-14 14:19:24

 
सुनाखरी न्युज 
 
अमेरिका र उत्तर कोरियाबीच मंगलबार वार्ता हुन लाग्दा समेत धेरैले सफल हुनेमा शंका व्यक्त गरिरहेका थिए ।उनको भेटवार्तालाई ऐतिहासिक भनिएको छ । यो भेटवार्ताको सवैभन्दा महत्वपूर्ण विषय भने दुई नेताद्वारा दुई देशको सम्बन्धलाई राम्रो बनाउनका लागि एक समझदारी पत्रमा गरिएको  हस्ताक्षर  । तर यस बीच एक घटना घट्यो जसबाट पत्ता लाग्छ कि यस भेटवार्तामा उत्तर कोरियाका शासक किम जोन उन हरेक पाइला सोच विचार गरेर अगाडि बढाइरहेका थिए । किमले सिंगापुर जाँदा ट्वाइलेट पनि सँगै लगेका थिए । किम आफ्नो दिशाको जाँच नहोस् भन्ने चाहन्थे । 
 
यस्तोमा जब समझदारी मा हस्ताक्षर गर्ने पालो आयो तब दुई नेताका अगाडी एक पेन राखिएको थियो । अमेरिकाको तर्फबाट राखिएको यो पेनलाई उत्तरका एक सुरक्षा अधिकारीले राम्रोसँग सफा गरे । यसबाट पनि किमलाई भरोसा भएन ।किमले पेन सफा गरेर पनि किन प्रयोग गरेनन् भन्ने कुराको बारेमा बेलायती पत्रिका डेली मेलमा समाचार प्रकाशन भएको छ । डेलिमेलका अनुसार किम आफ्नो डीएनए सार्वजनिक हुने डरमा थिए । यता किमलाई पेनमा विष प्रयोग भएको हुनुक्ने डर थियो ।



More News



भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन

Posted: 2018-08-16 19:26:52

सुनाखरी न्युज/ काठमाडौं- भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ। ९३ वर्षको उमेरमा उनको उपचारको क्रममा एम्स अस्पताल नयाँ दिल्लीमा आज साँझ निधन भएको हो। भारतीय समय अनुसार ५ स्५ मा उनको निधन भएको थियो।...


यस्ता छन् विश्वका बस्न ‘योग्य’ र अयोग्य सूचिमा परेका शहर

Posted: 2018-08-16 19:05:53

सुनाखरी न्युज/ एजेन्सी- बिश्वका विभिन्न शहरमध्ये बस्न योग्य सहरको सूचीमा भियना पहिलो स्थानमा परेको छ । यसअघ एक नम्वरमा कायम रहेको अस्ट्रेलियाको मेल्बर्नलाई उछिन्दै यो बर्ष अस्ट्रियाको राजधानी भियना विश्वकै सबैभन्दा बस्न योग्य सहर भएको हो । इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू) ले प्रकाशित गर्ने विश्वव्यापी सूचीमा युरोपेली सहर शीर्ष स्थानमा पुगेको यो पहिलो पटक हो । सो सूचिमा १४ भारतीय सहर अतिप्रदूषित हशरमा दर्ज भएका छन् । ...


यस्ता छन् विश्वका बस्न ‘योग्य’ र अयोग्य सूचिमा परेका शहर

Posted: 2018-08-16 19:05:50


सुडानमा नाइल नदी तर्ने क्रममा डुंगा पल्टिँदा ४० जनाको मृत्यु

Posted: 2018-08-16 11:52:08

सुनाखरी न्युज/ एजेन्सी - उत्तरी सुडानमा बुधवार नाइल नदी तर्ने क्रममा ४० जनाभन्दा बढी मानिस बोकेको डुंगा पल्टिँदा प्राथमिक विद्यालयका कम्तीमा २२ विद्यार्थी डुबेका छन् । विद्यालय जाँदै गरेका कम्तीमा २४ बालबालिका एक ...


तालिबानले गर्‍यो सैन्य शिविरमा आक्रमण, १४ सैनिक मारिए

Posted: 2018-08-15 12:43:08

सुनाखरी न्युज/ एजेन्सी - उत्तरी अफगानिस्तानको एक सैन्य शिविरमा तालिबान लडाकूहरूले मंगलवार कब्जा जमाएर कम्तीमा १४ सैनिकको हत्या गरेका छन् । अन्य दर्जनौंलाई उनीहरूले बन्धक बनाएका छन् । कतिपय सैनिक भने भाग्न ...


Advertisements