विश्व-प्रवास

अमेरिकाको इच्छा उत्तर कोरियाले अबको साढे दुई वर्ष भित्र परमाणु निश्शस्त्रीकरण गरेर देखाओस्

Posted: 2018-06-14 13:40:05

 
 
सुनाखरी न्युज 
 
  अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको तर्फबाट अब परमाणु खतरा नभएको र हरेक व्यक्तिले अब अत्यधिक सुरक्षित महसुस गर्नसक्ने बताएका छन् । दक्षिण कोरियाको यात्रामा रहेका अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले उत्तर कोरियासँग एक गहन सम्झौतामाथि काम हुन अझै बाँकी भएको बताएका छन् ।अमेरिकी विदेशमन्त्रीको यो टिप्पणी सिंगापुरमा राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनको ऐतिहासिक भेटवार्ताको एक दिन पछि आएको हो ।
 
तर उक्त सम्झौतामा उत्तर कोरियाले कहिले र कसरी आफ्नो हतियार छोड्ने भन्ने बारे स्पष्ट जानकारी उल्लेख छैन । यसै कारण सम्झौताको आलोचना भइरहेको छ । बीबीसी 
 
 
 
 
 
 
 



More News



अमेरिकाको बाल्टिमोरमा पशुपतिनाथको मन्दिर

Posted: 2018-06-20 07:42:17

सुनाखरी न्युज/ वाल्टिमोर (अमेरिका)- वाशिंगटन डीसी र बाल्टिमोरस्थित पशुपतिनाथ मन्दिरको विधिवत उदघाटन गरिएको छ । गत जुन १७ का दिन अमेरिकाको लागि मरिससका राजदूत सुरज फोकिरको प्रमुख आतिथ्यमा भव्यताको साथ मन्दिरको उद्घाटन गरिएको हो ।...


ग्यास सिलिन्डर पड्किँदा एक नेपालीको कोरियामा मृत्यु

Posted: 2018-06-20 07:09:18

सुनाखरी न्युज/ सोल — दक्षिण कोरियाको ख्यङसाङनामदो प्रान्तको मिरयाङ छोदोङ सहरस्थित माछाको दाना बनाउने कम्पनीमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । मंगलबार भएको औद्योगिक दुर्घटनामा मोरङ बेलबारीका बलकुमार राईको मृत्यु भएको हो । दाना पकाउने भाँडामा सोमबार बिहान ग्यास लिक भएर सिलिन्डर पड्किँदा राई घाइते भएका थिए । ...


अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको घोषणा, नयाँ अन्तरिक्ष सेना अर्थात् स्पेस फोर्स तयार गर्ने

Posted: 2018-06-19 12:43:57

सुनाखरी न्युज/ बीबीसी - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेनाको छैटौं शाखालाई बिस्तार गर्दै अंतरिक्ष सेना अर्थात् स्पेस फोर्स बनाउन चाहेको बताएका छन् । ट्रम्पले सोमबार देशको सुरक्षाका लागि अंतरिक्षमा अमेरिकाको दमदार र प्रभावकारी उपस्थिती हुनुपर्ने इच्छा व्यक्त गरेका छन् ।...


युद्ध अन्त्यको घोषणा गर्दै दुई कोरिया

Posted: 2018-06-19 08:03:24

रासस/सिन्ह्वा सोल — उत्तर र दक्षिण कोरियाले विगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् । यसै वर्षको अन्त्यतिर उसले युद्ध अन्त्यको घोषणा गर्ने भएको दक्षिण कोरियाली विदेशमन्त्रीले जानकारी दिएका छन्। उत्तर कोरियासँगको युद्ध अन्त्यको घोषणा गर्ने तयारी दक्षिणले गरेको जनाएको हो।...


अफगानिस्तानमा तालिवानले थाल्यो आक्रमण, युद्धविराम लम्ब्याउने प्रयास असफल

Posted: 2018-06-18 08:27:00

एजेन्सी/ काठमाडौं - अफगानिस्तान सरकारले गरेको युद्धबिरामको प्रयास असफल भएको छ । तालिवानले युद्ध विराम समाप्त भएको घोषणा गर्दै सरकारी सुरक्षाकर्मीहरुमाथि आक्रमण सुरु गरेको छ । ईदको अवसरमा घोषणा गरिएको युद्धविरामलाई अफगान राष्ट्रपति असरफ गनीले थप बढाउन तालिवानलाई अपिल गरेका थिए । ...


Advertisements