विश्व-प्रवास

ट्रम्प र किमद्वारा ’बृहत’ सम्झौतामा हस्ताक्षर, विश्वलाई वनाए चकित

Posted: 2018-06-13 09:04:15

 
रोयटर्स/
सिंगापुर — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले ’बृहत्’ सम्झौता(पत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार सिंगापुरमा कोरियन प्रायद्वीपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउन भएको ऐतिहासिक शिखर वार्ता पछि दुई नेताले सम्झौता(पत्रमा हस्ताक्षर गरेका हुन् । यद्यपी सम्झौताका बुँदाहरु भने सार्वजनिक गरिएको छैन ।
 
 
 
सम्झौतामा हस्ताक्षर गरेसँगै ट्रम्पले आणविक निस्शस्त्रीकरणको प्रक्रिया आफूले सोचेभन्दा चाँडै सुरु हुने प्रतिक्रिया दिएका छन्।
 
लगभग ४० मिनेटको वार्तापछिसँगै खाना खाएर सम्झौता(पत्रमा हस्ताक्षर गर्नु पूर्व ट्रम्पले ’बृहत् पत्र’मा हस्ताक्षर हुन लागेको बताएका थिए।
 
अमेरिकी राष्ट्रपति ट्रम्पले किमसँगको भेटवार्ता पछि ’विशेष सम्बन्ध’ स्थापित भएको र यसले उत्तरसँगको अमेरिकाको सम्बन्ध पनि फरक ढंगबाट अगाडि बढ्ने बताएका छन्।
 
’हामीले विश्वकै सबैभन्दा खतरनाक समस्यालाई अन्त्य गर्न सफल भएका छौं,’ ट्रम्पले भने, ’यस उपलब्धीबाट विश्वका सबै मानिस धेरै खुशी हुने छन्।’
 
ट्रम्पले पत्रकारहरुको प्रश्नको जवाफ दिँदै किमलाई अमेरिका भ्रमणको निम्तो समेत दिने बताएका छन्। ’किम निकै प्रतिभाशाली रहेछन्,’ ट्रम्पले भने, ’किमले आफ्नो देशलाई निकै माया गर्दा रहेछन्।’



More News



इन्डोनेसियामा ४० मिनेटमा भूकम्पका तीन ठूला झड्का

Posted: 2018-08-20 12:24:26

सुनाखरी न्युज/ बीबीसी - इन्डोनेसियाको लामबोक द्वीपमा आइतबार भूकम्पका झट्काहरु महसुस गरिएपछि मानिसहरु त्रसित बनेका छन् । यहाँ ४० मिनेटमा तीन ठूला झड्का महसुस भएको हो । केही दिन अघि मात्र आएको भूकम्पमा परी ...


पाकिस्तानको २२ औँ प्रधानमन्त्रीका रुपमा इमरान खानले आज सपथ ग्रहण गरे

Posted: 2018-08-18 15:49:44

मुलुकको सवै भन्दा ठूलो पार्टी पीटीआईबाट प्रधानमन्त्रीको उम्मेदवार भई विजयी भएका खान पाकिस्तानको प्रधानमन्त्री बनेका हुन् । सपथग्रहण समारोहमा उच्च पदस्थ व्यक्ति, विदेशी पाहुनाहरुसँगै उनकी श्रीमती बुशरा मेनका पनि सहभागी भएको समाचारमा जनाइएको छ ........


भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन

Posted: 2018-08-16 19:26:52

सुनाखरी न्युज/ काठमाडौं- भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ। ९३ वर्षको उमेरमा उनको उपचारको क्रममा एम्स अस्पताल नयाँ दिल्लीमा आज साँझ निधन भएको हो। भारतीय समय अनुसार ५ स्५ मा उनको निधन भएको थियो।...


यस्ता छन् विश्वका बस्न ‘योग्य’ र अयोग्य सूचिमा परेका शहर

Posted: 2018-08-16 19:05:53

सुनाखरी न्युज/ एजेन्सी- बिश्वका विभिन्न शहरमध्ये बस्न योग्य सहरको सूचीमा भियना पहिलो स्थानमा परेको छ । यसअघ एक नम्वरमा कायम रहेको अस्ट्रेलियाको मेल्बर्नलाई उछिन्दै यो बर्ष अस्ट्रियाको राजधानी भियना विश्वकै सबैभन्दा बस्न योग्य सहर भएको हो । इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू) ले प्रकाशित गर्ने विश्वव्यापी सूचीमा युरोपेली सहर शीर्ष स्थानमा पुगेको यो पहिलो पटक हो । सो सूचिमा १४ भारतीय सहर अतिप्रदूषित हशरमा दर्ज भएका छन् । ...


यस्ता छन् विश्वका बस्न ‘योग्य’ र अयोग्य सूचिमा परेका शहर

Posted: 2018-08-16 19:05:50


Advertisements