विश्व-प्रवास

अमेरिका कोरिया शिखर वार्ताका लागि किम सिङ्गापुर पुगे, ट्रम्प पुग्दै

Posted: 2018-06-10 16:17:29

 
सुनाखरी न्युज/
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंगको शिखर बार्ताका लागि उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन आइतबार सिङ्गापुर पुगेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प आइतवार नै अवेर पुग्ने कार्यक्रम रहेको छ ।
 
 
 
अमेरिकी राष्ट्रपति ट्रम्प क्यानाडामा जारी रहेको जी सेभेन समूहको बैठकका लागि शनिबार नै क्यानाडा पुगेका छन् । उनी त्यतैबाट सिङ्गापुर जाने तयारीमा छन् ।
 
राष्ट्रपति ट्रम्पले आफ्नो त्यतैबाट सिङ्गापुर जाने कार्यक्रम रहेको यसअघि नै बताइसकेका छन् ।
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच यही जुन १२ अर्थात् आगामी मङ्गलबार सिङ्गापुरमा भेटवार्ता हुँदैछ । अहिले त्यसको तयारीमा दुवै देश जुटेको बताइएको छ ।
 
सिङ्गापुर सरकारले पनि यस वार्ताको अन्तिम तयारी सकिएको जानकारी दिइसकेको छ । उता उत्तर कोरियाले आफूले उक्त वार्ताका लागि आवश्यक सबै तयारी पूरा गरेको जानकारी दिएको छ ।
 
उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले दिएको जानकारीअनुसार त्यहाँका नेता किम आइतबार सिङ्गापुर प्रस्थान गर्दै छन् ।
 
सिङ्गापुर पुगेका किमले यहाँका राष्ट्रपतिसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् ।
 
ट्रम्प र किमबीचको वार्ताले कोरियाली प्रायद्धीप शान्ति स्थापना गर्ने र यसको विश्वमा नै सकारात्मक प्रभाव पार्ने विश्लेषणहरु आएका छन् ।
 
उक्त शिखर बार्ताको समाचार संकलनका लागि विश्वका कैयौँ देशका पत्रकारहरु सिङ्गापुर पुगिसकेका छन् । सबैभन्दा धेरै अमेरिकी पत्रकार रहेको बताइएको छ ।
 
यस वार्तालाई विश्वमा नै बडो महत्वका साथ हेरिएको छ । कोरियाको विभाजनपछिको दुई कोरिया र अमेरिका कोरिया सम्बन्ध विकासमा सहयोग पुग्ने बताइएको छ ।
 
गत अप्रिल २७ मा दुई कोरियाबीच ऐतिहासिक भेटवार्ता भयो । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीच भएको सो भेटवार्तापछि मङ्गलबारको शिखर वार्ताको वातावरण बनेको थियो ।
 
सो वार्तामा यी दुई देशबीच ऐतिहासिक सम्झौता पनि भयो । यसैले नै अमेरिका र उत्तर कोरियाबीच वार्ताको मार्ग प्रशस्त गरेको बताइएको छ ।
 
आणविक अस्त्र उत्पादन गर्न नपाइने र परीक्षणस्थल भत्काउनुपर्ने शर्त अमेरिकाले राखेको र ती शर्त पूरा गरेपछि सिङ्गापुर वार्ताको वातावरण सकारात्मक रुपमा निर्माण भएको अमेरिकीहरुको भनाई छ ।



More News



केन्यामा बस दुर्घटना ४२ को मृत्यु

Posted: 2018-10-10 14:01:18

सुनाखरी न्युज/ नैरोबी - केन्याको पश्चिमी क्षेत्रमा बुधबार बिहान भएको बस दुर्घटनामा ४२ जनाको मृत्यु भएको छ । प्रान्तीय ट्राफिक प्रहरी अधिकृत जेरो आरोमले ४२ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो । आरोमले ...


बेपत्ता भएका भनिएका इन्टरपोलका प्रमुख चीनमा पक्राउ

Posted: 2018-10-08 13:42:16

सुनाखरी न्युज/ एजेन्सी -अन्तर्रा्ष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेङ होगवेई कानुन उल्लंघनको आरोपमा चीनमा पक्राउ परेका छन् । इन्टरपोलको मुख्यालय रहेको फ्रान्सको लियोन शहरबाट गत २५ सेप्टेम्बरदेखि बेपत्ता भएका ...


युद्धकालीन समयमा यौनहिंसा विरुद्धका अभियन्ताद्धय नाडिया मुराद र डेनिस मुक्बेजेलाई नोबेल शान्ति पुरस्कार

Posted: 2018-10-05 20:42:28

सुनाखरी न्युज/ नर्वे – यस वर्षको नोबल शान्ति पुरस्कार युद्धका क्रममा हुने यौन हिंसा विरुद्धका अभियन्ता द्वय नाडिया मुराद र डेनिस मुक्बेजेले पाउने भएका छन्। नर्वे्स्थित नोबेल पुरस्कार समितिले उनीहरुलाई युद्धका क्रममा पीडित भएका जनताको रक्षामा महत्वपूर्ण योगदान पुराएको भन्दै सन् २०१८को शान्तिका लागि नोबेल पुरस्कार दिने निर्णय गरेको हो। ...


भूकम्प र सुनामीको कारण ईण्डोनेशिया ५० जनाको मृत्यु

Posted: 2018-09-29 17:15:30

सुनाखरी न्युज/ काठमाडौं- ईण्डोनेशियामा शक्तिशाली भूकम्पपछि सुनामी जाँदा ५० जनाको मृत्यु भएको छ । मध्य ईण्डोनेशियाको सुलावेसी द्वीपमा शुक्रबार गएको ७.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी ५० जनाको मृत्यु भएको बिबिसीले जनाएको छ । सुरुमा ६.० र त्यसपछि ७.४ र ६.१ म्याग्नीच्युडका भूकम्प गएको समाचारमा उल्लेख छ ।...


समुद्रमा जहाज अवतरण गरेपछि स्थानीयले डुंगाको सहायताले यात्रुको उद्धार गरे

Posted: 2018-09-29 06:24:49

बीबीसी/ पालिकिर — प्रशान्त महासागरस्थित माइक्रोनेसियामा एक जहाज विमानस्थल नजिकैको समुद्रमा अवतरण भएको छ ।पपुवा न्यू गिनीको एयर न्यू गिनीको जहाज चालकले चुक अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि नजिकैको समुद्रमा पुगेको हो । जहाज समुद्रको गहिराई कम भएको स्थानमा रोकिएलगत्तै स्थानीयले डुंगाको सहायताले यात्रुको उद्धार गरेका थिए । जहाजमा ३६ यात्रु तथा ११ चालक दलका सदस्य थिए ।...


Advertisements