विश्व-प्रवास

किमलाई ह्वाइटहाउस बोलाउन सक्छु– ट्रम्प

Posted: 2018-06-10 09:35:13

 
सुनाखरी न्युज/
वासिङटन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिंगापुरमा आगामी मंगलबार हुने शिखर बैठक राम्ररी अघि बढे उत्तर कोरियाली नेता किम जोङ–उनलाई ह्वाइटहाउस भ्रमणमा बोलाउन सक्ने बताएका छन् ।
 
 
 
किमसँग जुन १२ मा हुने शिखर बैठकबारे जापानी प्रधानमन्त्री सिन्जो आबेसँग छलफल गरेपछि उनले यस्तो बताएका हुन् । उनले कोरियाली युद्ध अन्त्य गर्ने विषयमा सम्झौता हुने सम्भावना रहेको बताएका छन् ।
 
 
अमेरिका र उसका साझेदारहरूले उत्तर कोरियाले परमाणु अस्त्र परित्याग गर्नुपर्ने बताउँदै आएका छन् । तर राष्ट्रपति ट्रम्पले त्यसका लागि एक बैठक नै काफी भएकोमा जोड दिए ।
 
 
ट्रम्पले मित्रतापूर्ण सम्बन्धका लागि वार्ता भइरहेकाले उत्तर कोरियाको सन्दर्भमा ‘अधिकतम दबाब’ भन्ने शब्द आफूले प्रयोग नगर्ने बताए । तर ट्रम्पले आफूसँग उत्तर कोरियाविरुद्ध कैयौं प्रतिबन्ध लगाउन सक्ने शक्ति रहेको चेतावनी दिए ।
 
 
ट्रम्पले शिखर बैठक सकारात्मक दिशाउन्मुख नभए आफू त्यसबाट बाहिरिन तयार रहेको दोहोर्‍याए । उनले त्यस्तो अवस्थामा भने किमलाई वासिङ्टन भ्रमणको निम्तो दिने नसकिने उनको भनाइ छ ।
 
 
‘यदि सबै कुरा राम्ररी अघि बढ्यो भने त्यसलाई राम्रो अर्थमा लिन सकिन्छ,’ ट्रम्पले भने, ‘मलाई लाग्छ त्यो निकै सकारात्मक हुनेछ ।’ फ्लोरिडास्थित मार–अ–लागो रिसोर्टमा किमलाई निम्तो गर्नुहुन्छ भन्ने संवाददाताको प्रश्नमा भने ट्रम्पले सम्भवतस् ह्वाइटहाउसबाटै भ्रमण सुरु हुन सक्ने उनले बताए ।
 
 
अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले किमले परमाणु निस्शस्त्रीकरण गर्न तयार रहेको आफूलाई संकेत दिएको बताए । तर पोम्पियोले उत्तर कोरिया परमाणु निस्शस्त्रीकरणका लागि तत्काल तयार भएरनभएको बारे आफू स्पष्ट नभइसकेको बताए । पोम्पियोले गत महिना उत्तर कोरियाली राजधानी प्योङयाङको भ्रमणका क्रममा किमसँग भेटवार्ता गरेका थिए ।
 
 
अबेको चासो 
जापानी प्रधानमन्त्री आबेले ट्रम्पले राष्ट्रपतिको कार्यकाल सम्हालेयता उनीसँग पटकपटक बैठक गरिरहेका छन् । टम्पसँग निकट सम्बन्ध रहेका आबेले ३० पटक वार्ता गरिसकेका छन् । तीमध्ये ८ वटा प्रत्यक्ष भेटवार्ता गरेका थिए ।
 
 
अमेरिका र उत्तर कोरियाको सम्बन्ध सुधारका प्रयासहरू भइरहेका बेला जापानको स्वार्थबारे ट्रम्पलाई ध्यानाकर्षण गराउन आबे अमेरिका पुगेका हुन् ।
 
 
आबेले सन् १९७० र ८० को दशकमा उत्तर कोरियाले अपहरण गरेका गुप्तचरका विषयमा समेत कुराकानी भएको जनाइएको छ । आबेले आफू सिधै उत्तर कोरियासँग वार्ता गरेर उक्त बन्धकसम्बन्धी समस्या चाँडै समाधान हुनेमा आशावादी भएको बताएका थिए । कोरियाली क्षेत्रमा स्थायी शान्ति स्थापित हुनुपर्ने जापानी नीति दोहोर्‍याउँदै उनले उत्तर कोरियाले त्यसका लागि इमानदार भए उसको ‘भविष्य उज्ज्वल’ रहेको बताएका थिए । जापानले पटकपटक पूर्णरूपमा उत्तर कोरियाको परमाणु निस्शस्त्रीकरणका लागि अवाज उठाउँदै आएको छ । ‘जापानले आफ्नो धारणामा कुनै परिवर्तन गरेको छैन,’ विदेश मन्त्रालय निकट एक अधिकारीले भने, ‘हामीलाई लाग्छ अमेरिकाले हाम्रो अवस्था बुझ्छ ।’ विविसी



More News



केन्यामा बस दुर्घटना ४२ को मृत्यु

Posted: 2018-10-10 14:01:18

सुनाखरी न्युज/ नैरोबी - केन्याको पश्चिमी क्षेत्रमा बुधबार बिहान भएको बस दुर्घटनामा ४२ जनाको मृत्यु भएको छ । प्रान्तीय ट्राफिक प्रहरी अधिकृत जेरो आरोमले ४२ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो । आरोमले ...


बेपत्ता भएका भनिएका इन्टरपोलका प्रमुख चीनमा पक्राउ

Posted: 2018-10-08 13:42:16

सुनाखरी न्युज/ एजेन्सी -अन्तर्रा्ष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेङ होगवेई कानुन उल्लंघनको आरोपमा चीनमा पक्राउ परेका छन् । इन्टरपोलको मुख्यालय रहेको फ्रान्सको लियोन शहरबाट गत २५ सेप्टेम्बरदेखि बेपत्ता भएका ...


युद्धकालीन समयमा यौनहिंसा विरुद्धका अभियन्ताद्धय नाडिया मुराद र डेनिस मुक्बेजेलाई नोबेल शान्ति पुरस्कार

Posted: 2018-10-05 20:42:28

सुनाखरी न्युज/ नर्वे – यस वर्षको नोबल शान्ति पुरस्कार युद्धका क्रममा हुने यौन हिंसा विरुद्धका अभियन्ता द्वय नाडिया मुराद र डेनिस मुक्बेजेले पाउने भएका छन्। नर्वे्स्थित नोबेल पुरस्कार समितिले उनीहरुलाई युद्धका क्रममा पीडित भएका जनताको रक्षामा महत्वपूर्ण योगदान पुराएको भन्दै सन् २०१८को शान्तिका लागि नोबेल पुरस्कार दिने निर्णय गरेको हो। ...


भूकम्प र सुनामीको कारण ईण्डोनेशिया ५० जनाको मृत्यु

Posted: 2018-09-29 17:15:30

सुनाखरी न्युज/ काठमाडौं- ईण्डोनेशियामा शक्तिशाली भूकम्पपछि सुनामी जाँदा ५० जनाको मृत्यु भएको छ । मध्य ईण्डोनेशियाको सुलावेसी द्वीपमा शुक्रबार गएको ७.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी ५० जनाको मृत्यु भएको बिबिसीले जनाएको छ । सुरुमा ६.० र त्यसपछि ७.४ र ६.१ म्याग्नीच्युडका भूकम्प गएको समाचारमा उल्लेख छ ।...


समुद्रमा जहाज अवतरण गरेपछि स्थानीयले डुंगाको सहायताले यात्रुको उद्धार गरे

Posted: 2018-09-29 06:24:49

बीबीसी/ पालिकिर — प्रशान्त महासागरस्थित माइक्रोनेसियामा एक जहाज विमानस्थल नजिकैको समुद्रमा अवतरण भएको छ ।पपुवा न्यू गिनीको एयर न्यू गिनीको जहाज चालकले चुक अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि नजिकैको समुद्रमा पुगेको हो । जहाज समुद्रको गहिराई कम भएको स्थानमा रोकिएलगत्तै स्थानीयले डुंगाको सहायताले यात्रुको उद्धार गरेका थिए । जहाजमा ३६ यात्रु तथा ११ चालक दलका सदस्य थिए ।...


Advertisements