विश्व-प्रवास

जेरुसेलममा अमेरिकी दूतावास खुलेसँगै प्रदर्शन, भिडन्तमा ५५ मारिए, २७ सय घाइते

Posted: 2018-05-15 15:26:25

 
सुनाखरी न्युज
गाजा — जेरुसेलममा अमेरिकाले दूतावास खोलेको विरोधमा गाजा क्षेत्रमा सोमबार भएका प्रदर्शनका क्रममा भएका भिडन्तमा ५५ प्यालेस्टाइनीको मृत्यु भएको छ ।
 
 
 
प्यालेस्टाइनी अधिकारीका अनुसार इजरायली सुरक्षा फौजसँगको भिडन्तमा २ हजार ७ सयभन्दा बढी घाइते भएका छन् । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रीका अनुसार मृत्यु हुनेमध्ये केही बालबालिका छन् ।
 
इजरायली प्रधानमन्त्री बेन्जेमिन नेतान्याहू ले आफ्नो सुरक्षाकर्मीको बचाव गर्दै आत्मरक्षाका लागि गोली चलाइएको दाबी गरेका छन्।
 
प्यालेस्टाइनीहरूले जेरुसेलमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिएयता विरोध प्रदर्शन गर्दै आइरहेका छन् । नयाँ दूतावासको उद्घाटन समारोहमा अमेरिकी वरिष्ठ अमेरिकी अधिकारीहरू, राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी र ज्वाइँ सहभागी भएका थिए ।
 
ट्रम्पका ज्वाइँ जरेद कुस्नरले उद्घाटन कार्यक्रममा बोल्दै ‘अमेरिकी राष्ट्रपतिले कुनै पनि वाचा गरे भने पूरा गरेरै छाड्ने’ बताए । यसैबीच, अमेरिकी विदेशमन्त्री मायक पोम्पियोले एक विज्ञप्तिमार्फत अमेरिका अझै पनि इजरायल र प्यालेस्टाइनबीच शान्ति स्थापनका लागि प्रतिबद्ध रहेको बताएका छन् ।
 
इजरायलले प्रदशर्नकारीहरूले ढुंगा प्रहार गरेपछि कारबाही गरेको जनाएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत डिसेम्बर ३० मा जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएका थिए ।
 
जेरुसेलममा दूतावास खोल्ने अमेरिकी निर्णय अस्वीकार गर्ने बताएको छ । सोमबार फ्रान्सको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘अमेरिकी कदमले अन्तर्रा्ष्ट्रिय कानुनको गम्भीर उल्लंघन गरेको’ उल्लेख छ ।
एजेन्सी



More News



सबैभन्दा सानो घर

Posted: 2018-05-26 05:55:13

सुनाखरी न्युज- वैज्ञानिकहरुले संसारकै सबैभन्दा सानो घर बनाएका छन् । ३०० वर्ग माइक्रोमिटर क्षेत्रफलको सो घर अहिलेसम्मकै सबैभन्दा सानो हो । यो घर रोवोटिक प्रणालीमा प्रयोग हुनेछ। भ्याकुम साइन्स एण्ड टेक्नोलोजी ए नामक पत्रिकामा विवरण दिइएअनुसार यो सबैभन्दा सानो घर निर्माणबाट अनुसन्धानकर्ताहरुले अप्टिकल सेन्सिङ प्रविधिको थप विकास गर्न सक्नेछन् । ...


बहुचर्चित किम–ट्रम्प शिखरवार्ता रद्द

Posted: 2018-05-25 07:12:20

सुनाखरी न्युज/ कोरिया- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट भविष्यमा हुने भनिएको उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको शिखरवार्ता रद्द भएको घोषणा गरेका छन्। उत्तर कोरियाले हालै क्रोध र शत्रुता देखाउँदै अभिव्यक्ति दिएको भन्दै ट्रम्पले वार्ता रद्द भएको घोषणा गरेका हुन्।...


जताततै वेहाल, दोहाका गल्ली गल्लीमा ‘आजाद भिसा’ पीडित

Posted: 2018-05-25 06:56:00

सुनाखरी न्युज/ काठमाडौँ — वैदेशिक रोजगारका लागि इनरुवा ८, सुनसरीका इन्द्रदेव मल्लले ५ कट्ठा जग्गा बेच्नुपर्‍यो । त्यसबाट आएको दुई लाख रुपैयाँमध्ये एक लाख ७० हजार रुपैयाँ कतार पठाउने रेडियन्ट म्यानपावरलाई बुझाए । बाँकी ३० हजार इनरुवादेखि काठमाडौंसम्मको आवतजावत, एक महिनासम्मको बसाइ, स्वास्थ्य परीक्षण र खानामै सकियो ।...


ट्रम्पले रद्द गरे उत्तर कोरियाली नेता किमसितको शिखर वार्ता, यो हो कारण?

Posted: 2018-05-24 21:23:19

सुनाखरी न्युज- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जुन १२ मा सिंगापुरमा हुने भनिएको उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसितको शिखर वार्ता रद्द गरेका छन्। ह्वाइट हाउसले बिहीबार सार्वजनिक गरेको किमलाई ट्रम्पले लेखेको पत्रमा ट्रम्पले लामो समयदेखि प्रतीक्षा गरिएको यो बैठक अहिले यो समयमा गर्न उपयुक्त नभएको उल्लेख छ। ...


सुरक्षाकर्मीको गोली लागि नौ जनाको मृत्यु

Posted: 2018-05-24 11:55:41

सुनाखरी न्युज/ नयाँ दिल्ली- भारतको दक्षिणी राज्य तामिल नाडुमा तामा खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि कम्तीमा नौ जनाको मृत्यु भएका र अन्य २० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।...


Advertisements