विश्व-प्रवास

९२ बर्षिय महाथिर मोहम्मद जसले मलेसिया वनाएका थिए, उनले फेरी एकपटक प्रधानमन्त्रीको रुपमा मेलिसिया हाँक्दैछन्

Posted: 2018-05-10 08:55:27

 
सुनाखरी न्युज/
काठमाडौं-
 
महाथिर मोहम्मद मलेसियाका सबैभन्दा लामो समय शासन गर्ने प्रधानमन्त्री हुन् । सन् १९८१ देखि २००३ सम्म मलेसियाको प्रधानमन्त्री रहेका महाथिर आधुनिक मलेसियाका जन्मदाता हुन् जसले मलेसियालाई विकाशको पथमा डोर्‍याए ।
 
पेशाले चिकित्सक महाथिर त्यतिबेलाको सत्तारुढ बारिसन नेशनलबाट राजनीति गरी सत्तामा पुगेका थिए । आफ्नो प्रधानमन्त्रीकालमा उनले सत्ता गठबन्धन र देश दुवैलाई बलियो बनाए ।
 
 
 
 
विकाश र प्रजातन्त्रको पश्चिामा मोडललाई अश्विकार गर्दै महाथिरले ‘पूर्व्तिर हेर’ भन्ने नारा दिएका थिए । जसका कारण उनी मलेसियाभित्र मात्र नभई पुरै एशियाली क्षेत्रका नेताका रुपमा स्थापित हुन सफल भएका थिए ।
 
सन् २००३ मा अवकाश लिएपछि पनि उनको मलेसियाली सत्तामा पकड थियो । कुनै बेला उनकै चेला रहेका नाजिब रजाक सन् २००९ मा मलेसियाका प्रधानमन्त्री बने ।
 
तर नाजिबका क्रियाकलापले मलेसियाली सत्तारुढ पार्टीलाई अलोकप्रिय बनाउँदै लग्यो । उनले नाजिबलाई प्रधानमन्त्रीबाट हटाउन पार्टी्भित्रैबाट कोसिस पनि गरे । तर नाजिबले महाथिरका समर्थकलाई कारबाही गरेपछि सत्तारुढ दलभित्र रहेका महाथिरका समर्थकहरु बाहिर निस्के ।
 
सन् २०१५ मा महाथिरले सत्तारुढ पार्टी परित्याग गर्दै नाजिवलाई सत्ताच्यूत गर्ने अभियानमा सहयोग गर्न जनतासँग अपिल गरे । ९० वर्ष कटिसकेका बयोवृद्ध यी नेता कुनैबेला आफैंले बलियो बनाएको पार्टी र आफ्नै चेलाविरुद्ध सडकमा उत्रिए, ठूलाठूला प्रर्दशनको नेतृत्व गरे ।
 
प्रधानमन्त्री नाजिव रजाकले वान मलेसिया डेभलपमेन्ट बर्हाद नामक परियोजनामा ७ सय मिलियन डलर भ्रष्टाचार गरेको अभियोग लाग्यो । उनले ठूलो रकम आफ्नो निजी खातामा सारेको देखियो । तर उनले आफ्नो कर्तुत खुलासा हुने डरले धेरै उच्च सरकारी अधिकारीलाई बर्खास्त गरे, मिडिया र विपक्षीमाथि कडाइ शुरु गरे ।
 
महाथिर २ वर्षसम्म मात्रै प्रधानमन्त्री
 
प्रधानमन्त्रीका यी क्रियाकलापले मलेसियाली जनता आजित भए र उनको विकल्प खोज्ने मनस्थिीतिमा पुगे ।
 
कुनैबेला मलेसियालाई विकाशको पथमा लगेका महाथिर नै नाजिवको विकल्पमा आएपछि जनताले यसपटक नाजिवको विपक्षमा आफ्नो मत जाहेर गरे । जसले महाथिरलाई १५ वर्षको विश्रामपछि पुनः सत्तामा फर्कायो ।
 
९२ वर्षीय महाथिर पुनः मलेसियाको प्रधानमन्त्री बन्ने भएका छन् । उनी संसारकै सबैभन्दा वृद्ध निर्वा्चित प्रधानमन्त्री हुनेछन् ।
 
महाथिर २ वर्षसम्म मात्रै प्रधानमन्त्री बन्नेछन् । त्यसपछि उनले अर्का नेता अनबर इब्राहिमलाई सत्ता हस्तान्तरण गर्नेछन् । इब्राहिम हाल यौन उत्पीडनको आरोपमा जेलमा छन् । उनलाई आममाफी दिलाउने र उप–निर्वाचन गराएर प्रधानमन्त्री पद हस्तान्तरण गर्ने महाथिरको योजना रहेको बताइन्छ ।



More News



भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन

Posted: 2018-08-16 19:26:52

सुनाखरी न्युज/ काठमाडौं- भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ। ९३ वर्षको उमेरमा उनको उपचारको क्रममा एम्स अस्पताल नयाँ दिल्लीमा आज साँझ निधन भएको हो। भारतीय समय अनुसार ५ स्५ मा उनको निधन भएको थियो।...


यस्ता छन् विश्वका बस्न ‘योग्य’ र अयोग्य सूचिमा परेका शहर

Posted: 2018-08-16 19:05:53

सुनाखरी न्युज/ एजेन्सी- बिश्वका विभिन्न शहरमध्ये बस्न योग्य सहरको सूचीमा भियना पहिलो स्थानमा परेको छ । यसअघ एक नम्वरमा कायम रहेको अस्ट्रेलियाको मेल्बर्नलाई उछिन्दै यो बर्ष अस्ट्रियाको राजधानी भियना विश्वकै सबैभन्दा बस्न योग्य सहर भएको हो । इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू) ले प्रकाशित गर्ने विश्वव्यापी सूचीमा युरोपेली सहर शीर्ष स्थानमा पुगेको यो पहिलो पटक हो । सो सूचिमा १४ भारतीय सहर अतिप्रदूषित हशरमा दर्ज भएका छन् । ...


यस्ता छन् विश्वका बस्न ‘योग्य’ र अयोग्य सूचिमा परेका शहर

Posted: 2018-08-16 19:05:50


सुडानमा नाइल नदी तर्ने क्रममा डुंगा पल्टिँदा ४० जनाको मृत्यु

Posted: 2018-08-16 11:52:08

सुनाखरी न्युज/ एजेन्सी - उत्तरी सुडानमा बुधवार नाइल नदी तर्ने क्रममा ४० जनाभन्दा बढी मानिस बोकेको डुंगा पल्टिँदा प्राथमिक विद्यालयका कम्तीमा २२ विद्यार्थी डुबेका छन् । विद्यालय जाँदै गरेका कम्तीमा २४ बालबालिका एक ...


तालिबानले गर्‍यो सैन्य शिविरमा आक्रमण, १४ सैनिक मारिए

Posted: 2018-08-15 12:43:08

सुनाखरी न्युज/ एजेन्सी - उत्तरी अफगानिस्तानको एक सैन्य शिविरमा तालिबान लडाकूहरूले मंगलवार कब्जा जमाएर कम्तीमा १४ सैनिकको हत्या गरेका छन् । अन्य दर्जनौंलाई उनीहरूले बन्धक बनाएका छन् । कतिपय सैनिक भने भाग्न ...


Advertisements