विश्व-प्रवास

रुसी राष्ट्रपति पुटिनद्वारा चौथो कार्यकालका लागि शपथ

Posted: 2018-05-08 03:56:04

 
सुनाखरी न्युज/
 
मस्को — रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार राष्ट्रपतिका रुपमा चौथो कार्यकालका लागि शपथ लिएका छन् । 
 
 
 
रुसी राष्ट्रपति भवन क्रेमलिनमा आयोजित एक समारोहमा उपस्थित ५ हजार विशिष्ट पाहुनाहरुको उपस्थितिमा उनले आगामी ६ वर्षका लागि शपथ लिएका हुन् । उनी गत मार्चमा भएको निर्वाचनबाट चौथो पटकका लागि राष्ट्रपति पदमा निवार्चित भएका थिए ।
 
शपथ लगत्तै पुटिनले आफ्नो चौथो कार्यकालमा रुसको अर्थतन्त्रलाई ‘पुनर्जिवन’ दिने बताएका छन् । ‘मलाई लाग्छ मेरो कर्तव्य रुसको वर्तमान र भविष्यका लागि हरेक सम्भव कुरा गर्नु मेरो उद्देश्य हो,’ सोमबारको शथप ग्रहण समारोहमा हातमा रुसी संविधान लिएका पुटिनले भने, ‘हामीले हाम्रो मातृभूमिमा गर्व पुर्नस्थापित गर्‍यौं ।’ उनले राष्ट्राध्यक्षका रुपमा आफूले देशको क्षमता, सद्भाव र नामका लागि सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।
 
रुसी टेलिभिजनले ६५ वर्षीय पुटिन क्रेमलिनको कार्यालयबाट हिंडै बाहिर निश्किएको दृष्य प्रसारण गरेको थियो । त्यसलगत्तै उनी रुसमा निर्मित लिमोजिन गाडी (कर्टेज) चढेर शपथ ग्रहण स्थलतर्फ गएका थिए ।
 
यसअघि सन् २०१२ को सपथ ग्रहण समारोहमा पुटिन ठूलो मोटरकेड सहित सपथ ग्रहण समारोहमा गएका थिए । उनको शासनविरूद्ध शनिबार राजधानी मस्को तथा अन्य प्रमुख शहरमा प्रदर्शनहरु भएका थिए ।
 
प्रदर्शनका क्रममा विभिन्न १९ शहरमा झडपहरू समेत भएका थिए । रुसी प्रहरीले करिब १ हजार १ सय प्रदर्शनकारीलाई पक्राउ गरेको थियो । युरोपेली संघले रुसी प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको तथा ठूलो संख्यामा पक्राउ गरेको भन्दै विरोध जनाएको थियो ।
 
अन्तर्रा्ष्ट्रिय समाचार संस्थाका अनुसार थप विरोध प्रदर्शनहरु हुने आशंकामा पनि उनले चौथो कार्यकाल औपचारिक थालनी गर्दा विगतका सामान्य कार्यक्रम गरिएको जनाएका छन् ।
पुटिन सन् १९९९ देखि राष्ट्रपति वा प्रधानमन्त्रीका रूपमा सत्तामा रहिआएका छन् ।
 
विरोधीहरूले पुटिनको कार्यकाललाई ‘जार’ वा ‘सम्राट’ को शासनजस्तो भएको बताउँछन् । उनले गत मार्चमा भएको निर्वाचनमा करिब ७७ प्रतिशत मतसहित राष्ट्रपति पदमा निर्वा्चित भएका थिए ।
 
रुसी प्रतिपक्ष दलका नेता एलेक्सी नाभाल्नीलाई निर्वाचनमा प्रतिस्पर्धा गर्न रोक लगाईएपछि उनीमाथि पश्चिमा शक्तिले पनि निरन्तर निरंकुशतातर्फ उन्मुख हुँदै गएको आरोप लगाउने गरेका छन् ।
 
तर हालै गरिएको सर्वेक्षणमा ज्याला, निवृत्तिभरण तथा सेवासुविधामा वृद्धि गरेकाले पुटिन विगतका वर्षका तुलनामा थप लोकप्रिय बनेको उल्लेख छ । लामो समयदेखि शासनसत्ता सञ्चालन गरिरहेको भएपनि पुटिनलाई अधिकांश रुसी जनताले निकै रूचाउने गरेका छन् ।
 
पुटिन सन् २००० मा पहिलोपल्ट राष्ट्रपतिमा निवार्चित भएका थिए । दोश्रोपटक २००४ मा राष्ट्रपति बनेका पुटिन दुई कार्यकाल मात्र राष्ट्रपति बन्न पाउने कानूनी प्रावधानका कारण २००८ मा दिमित्री मेद्भेदेभलाई राष्ट्रपति बनाई प्रधानमन्त्रीका रूपमा कार्य गरे ।
 
संविधान संसोधन मार्फत राष्ट्रपतिय कार्यकाल ६ वर्षे बनाएलगत्तै उनी २०१२ पुन राष्ट्रपति बने । आगमी ६ वर्षका लागि सोमबार शपथ लिएका पुटिन चौथो कार्यकालको अन्त्यमा सत्तामा रहेको २५ वर्ष हुनेछ ।
 
बीबीसी/एएफपी



More News



केन्यामा बस दुर्घटना ४२ को मृत्यु

Posted: 2018-10-10 14:01:18

सुनाखरी न्युज/ नैरोबी - केन्याको पश्चिमी क्षेत्रमा बुधबार बिहान भएको बस दुर्घटनामा ४२ जनाको मृत्यु भएको छ । प्रान्तीय ट्राफिक प्रहरी अधिकृत जेरो आरोमले ४२ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो । आरोमले ...


बेपत्ता भएका भनिएका इन्टरपोलका प्रमुख चीनमा पक्राउ

Posted: 2018-10-08 13:42:16

सुनाखरी न्युज/ एजेन्सी -अन्तर्रा्ष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेङ होगवेई कानुन उल्लंघनको आरोपमा चीनमा पक्राउ परेका छन् । इन्टरपोलको मुख्यालय रहेको फ्रान्सको लियोन शहरबाट गत २५ सेप्टेम्बरदेखि बेपत्ता भएका ...


युद्धकालीन समयमा यौनहिंसा विरुद्धका अभियन्ताद्धय नाडिया मुराद र डेनिस मुक्बेजेलाई नोबेल शान्ति पुरस्कार

Posted: 2018-10-05 20:42:28

सुनाखरी न्युज/ नर्वे – यस वर्षको नोबल शान्ति पुरस्कार युद्धका क्रममा हुने यौन हिंसा विरुद्धका अभियन्ता द्वय नाडिया मुराद र डेनिस मुक्बेजेले पाउने भएका छन्। नर्वे्स्थित नोबेल पुरस्कार समितिले उनीहरुलाई युद्धका क्रममा पीडित भएका जनताको रक्षामा महत्वपूर्ण योगदान पुराएको भन्दै सन् २०१८को शान्तिका लागि नोबेल पुरस्कार दिने निर्णय गरेको हो। ...


भूकम्प र सुनामीको कारण ईण्डोनेशिया ५० जनाको मृत्यु

Posted: 2018-09-29 17:15:30

सुनाखरी न्युज/ काठमाडौं- ईण्डोनेशियामा शक्तिशाली भूकम्पपछि सुनामी जाँदा ५० जनाको मृत्यु भएको छ । मध्य ईण्डोनेशियाको सुलावेसी द्वीपमा शुक्रबार गएको ७.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी ५० जनाको मृत्यु भएको बिबिसीले जनाएको छ । सुरुमा ६.० र त्यसपछि ७.४ र ६.१ म्याग्नीच्युडका भूकम्प गएको समाचारमा उल्लेख छ ।...


समुद्रमा जहाज अवतरण गरेपछि स्थानीयले डुंगाको सहायताले यात्रुको उद्धार गरे

Posted: 2018-09-29 06:24:49

बीबीसी/ पालिकिर — प्रशान्त महासागरस्थित माइक्रोनेसियामा एक जहाज विमानस्थल नजिकैको समुद्रमा अवतरण भएको छ ।पपुवा न्यू गिनीको एयर न्यू गिनीको जहाज चालकले चुक अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि नजिकैको समुद्रमा पुगेको हो । जहाज समुद्रको गहिराई कम भएको स्थानमा रोकिएलगत्तै स्थानीयले डुंगाको सहायताले यात्रुको उद्धार गरेका थिए । जहाजमा ३६ यात्रु तथा ११ चालक दलका सदस्य थिए ।...


Advertisements