विश्व-प्रवास

अदालतको फैसलासँगै पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफको प्रत्यक्ष राजनीतिक यात्राको अन्त्य

Posted: 2018-04-13 17:54:52

 
सुनाखरी न्युज
 
पाकिस्तानको सर्बोच्च अदालतले उनलाई जीवनभरी निर्वाचन लड्न अयोग्य हुने फैसला शुक्रबार सुनाएको हो  । पाकिस्तानी संविधानको धारा ६२ अनुसार उनलाई त्यस्तो फैसला सुनाइएको अदालतले स्पष्ट पारेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आजीवन निर्वाचनमा भाग लिन नपाउने  भएका छन् । यो फैसलासँगै पूर्वप्रधानमन्त्री सरिफको प्रत्यक्ष राजनीतिक यात्रा अन्त्य भएको छ । यस विषयमा सरिफको प्रतिक्रिया भने आइसकेको छैन । 
 उनी झण्डै चार वर्षअघि तेस्रोपटक पाकिस्तानको प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री पदको सपथ लिइरहँदा ६७ वर्षीय सरिफले ‘भ्रष्टाचारप्रति शून्य सहनशीलता’ अपनाउने वाचा गरेका थिए ।भ्रष्टाचारको आरोप लागेपछि उनले गत वर्ष सन् २०१७ को २८ जुलाईमा प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए ।



More News



दक्षिण कोरियाली सेनाको हेलिकोप्टर दुर्घटना

Posted: 2018-07-18 11:05:55

सुनाखरी न्युज/ सोल - दक्षिण कोरियाली सेनाको हेलिकोप्टर मंगलबार दुर्घटनामा परेको छ । दुर्घटनामा परी पाँच जना सैनिकको मृत्यु भएको र एक जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन । मर्मत गरिएको हेलिकोप्टर ...


यसरी भयो क्रोएसियाली राष्ट्रपतिको विश्वभरबाट प्रशंसा

Posted: 2018-07-17 07:31:23

सुनाखरी न्युज/ काठमाडौं- विश्वकप फुटबलको २१औं संस्करण आइतबार साँझबाट सकिएको छ । २१औं संस्करणमा यसअघि सन् १९९८ को विश्वकप जितिसकेको फ्रान्सले पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै उपाधी जितेको छ। अत्यन्तै रोमाञ्चक खेलअवधि जति रमाइलो र हेर्न लायक थियो, त्यति नै विश्वकप समापन समारोह पनि । ...


क्युवामा पहिलो पटक निजी सम्पत्तिलाई मान्यता दिइने

Posted: 2018-07-16 11:57:40

सुनाखरी न्युज/ हवाना - नयाँ संविधान अनुसार क्युवामा पहिलो पटक जनताले औपचारिक रुपमा निजी सम्पत्ति राख्न पाउने भएक छन् । सरकारी संचार माध्यमले आइतवार पुरानो संविधानमा थुप्रै कुरा परिवतर्न गरिएको जनाएको छ । ...


पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ पक्राउ

Posted: 2018-07-14 13:04:28

सुनाखरी न्युज/ काठमाडौं -भ्रष्टाचार मुद्दामा जेल सजाय सुनाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ पक्राउ परेका छन् । बेलायतबाट अबुधाबी हुँदै शुक्रबार राति स्वदेश फर्किएका शरिफसँगै उनकी छोरी मरियमलाई सुरक्षाकर्मीले गिरफ्तार गरेको हो ।...


पाकिस्तानको चुनावी सभामा आत्मघाती आक्रमण हुँदा १२८ को मृत्यु

Posted: 2018-07-14 09:43:54

सुनाखरी न्युज/ काठमाडौं - पाकिस्तानको चुनावी ¥यालीमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा १२८ जनाको मृत्यु भएको छ । कैयौं घाइते भएका छन् । पाकिस्तानको दक्षिण–पश्चिम बोलिचिस्तान प्रान्तमा आयोजित चुनावी र्‍यालीमा एक आत्मघाती आक्रमणकारीले बम विष्फोट गराउँदा यति ठूलो मानवीय क्षति भएको हो । ...


Advertisements