विश्व-प्रवाश

राजकुमार ह्यारीको विहेमा सुरक्षा खर्च मात्र चार अर्ब रुपैयाँ, यस्तो छ बेलायती राजकुमार ह्यारीको विवाह तयारी

Posted: 2018-04-05 21:30:48

 
सुनाखरी न्युज/
लन्डन — बेलायती राजकुमार ह्यारी र अमेरिकी नायिका मेगान मर्केलबीच आउँदो मे १९ तारिखमा विन्सोर क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा भव्य विवाह हुने तयारी छ । विवाह समारोह नजिकिँदै गर्दा विश्वले यसलाई चासोपूर्वक हेरिरहेको छ । 
 
 
 
ह्यारी र मेगानले गत नोभेम्बरमा आफ्नो विवाह योजना सार्वजनिक गरेका थिए। बेलायती महारानी एलिजावेथ द्वितीयको निवास विन्सोर क्यासल विश्वमै पुरानो मानिन्छ जहाँ रानी प्रायस् सप्तहान्न यही बिताउँछिन्। यही क्यासलबाट राजकुमार ह्यारीले लगनगाँठो कस्दैछन्।
 
करिब ८ सय जना अट्ने सेन्ट जोर्जेज च्यापल सजाउने जिम्मा फुल व्यापारी फिलिपा क्रयाडोकलाई दिइएको छ।वैवाहिक समारोहमा २६ सयभन्दा बढीलाई निमन्त्रणा गरिनेछ। बिहे समारोह र लन्च रिसेप्सनको औपचारिक निम्तो पठाइसकेपनि अतिथिहरुको नाम भने गोप्य राखिएको छ। विन्सोर क्यासलमा अतिथिबाहेक एक लाख भन्दा बढी सर्वसाधारण सहभागी हुने अपेक्षा गरिएको छ।
 
थेम्स भ्याली प्रहरीले समारोहको सुरक्षा जिम्मा लिएको छ। प्रहरीले यो सुरक्षा प्रबन्ध आफ्नो इतिहासमै बृहत् भनेको छ। स्नाइपरसहित तारबार घेरा, प्रत्येक सवारी साधन र झोला जाँच र विमानस्थलकै सरह स्क्यानरले आगन्तुकहरुको खानतलासी गरिने छ। बिहे समारोहमा सुरक्षा प्रदान गर्न मात्र ३० मिलियन पाउन्ड (४ अर्ब रुपैयाँभन्दा बढी) खर्च हुने बेलायती अखबारहरुले उल्लेख गरेका छन्। राजपरिवारले चर्च सर्भिससहित बिहे समारोह, संगीत, फुल र रिसेप्सनको खर्च बेहोर्ने पक्का भएको छ तर सुरक्षा खर्च भने करदाताकै पैसामा हुनेछ।
 
सन् २०११ अप्रिलमा ह्यारीका दाई प्रिन्स विलियम र केट मिडलटनको बिहेमा २० मिलियन पाउण्ड तथा सन् १९८१ मा ह्यारीका बाबु प्रिन्स चाल्र्स र डायना स्पेन्सरको वैवाहिक समारोहमा सुरक्षाका लागि १२ मिलियन पाउण्ड खर्च भएको थियो।
 
सुरक्षा प्रबन्धका लागि स्कटल्याण्ड यार्डसँग आबद्ध चारहजार दुई सय प्रहरीको बिदा समेत रद्द गरिएको छ। थेम्स नदी वरपर तालिमप्राप्त कुकुर र घोडाबाट गस्ती हुनेछ भने आधुनिक हतियारले सुसज्जित विशेष युनिट समेत खानतलासीमा खटिनेछ। नेशनल पुलिस एयर सर्भिसले पनि सुरक्षामा साथ दिनेछ। फस्र्ट बटालियन आइरिस गार्डस, रोयल नेभी, रोयल मरिन, थ्री रेजिमेन्ट आर्मी एयर कप्स, रोयल गोर्खा राइफल्स र आरएएफ होनिङटन कर्मचारी पनि समारोहमा खटिने जनाइएको छ।
 
प्रहरीले आफ्ना साझेदार, स्थानीय व्यापारिक प्रतिष्ठान र समुदायसँग मिलेर समारोह सुरक्षित र हर्षोल्लासमय बनाउने बताएको छ। प्रहरीले विगतमा अपराधमा संलग्न भएका वा चोरीका गाडी छुट्टयाउन अटोमेटिक नम्बर प्लेट रिकग्निसन (एएनपिआर) प्रविधि, एचभिएम ब्यारियर र सीसीटिभी समेत प्रयोग गरिने जनाएको छ।
 
मे १९ कै दिन अंग्रेजी खेल इभेन्टको सबैभन्दा वृहत एफए कप फाइनल हुँदैछ। प्रिन्स विलियम फुटबल एसोसिएसन (एफए) को अध्यक्ष भएकाले उक्त समारोहमा विलियम ट्रफी प्रदान गर्न जाने नजाने अहिलेसम्म निश्चित भइसकेको छैन्।



More News



अमेरिकाबाट नौ हजार नेपालीलाई फिर्ता पठाउने ट्रम्पको तयारी

Posted: 2018-04-25 12:37:41

सुनाखरी न्युज/ काठमाडौं- अमेरिकाको होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टले करीब नौ हजार नेपालीको आवासीय अनुमति रद्द गर्ने तयारी गरेको छ । ट्रम्प प्रशासनले गरेको उक्त आन्तरिक तयारीका बारेमा कुरा गर्दै होमल्याण्ड सेक्युरिटी सचिव ’क्रिसजेन नाइलसेन’ले नेपालीहरूलाई एक वर्षको अतिरिक्त समय दिन सकिने बताएकी छिन् । ...


दस पैदलयात्रु हत्या गर्ने समातिए, कडा कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

Posted: 2018-04-24 11:56:02

सुनाखरी न्युज- क्यानडाको टोरन्टोमा पैदल यात्रुलाई लक्षित गर्दै फुटपाथमा जथाभावी भ्यान चलाएर दश जनाको हत्या गर्ने एक संदिग्ध पक्राउ परेका छन्। पक्राउ पर्नेमा भ्यान चालक २५ वर्षीय अलिक मिनासायन रहेको क्यायानडाका प्रहरी अधिकारीले जनाएका छन्। ...


अदालतको फैसलासँगै पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफको प्रत्यक्ष राजनीतिक यात्राको अन्त्य

Posted: 2018-04-13 17:54:52

पाकिस्तानको सर्बोच्च अदालतले उनलाई जीवनभरी निर्वाचन लड्न अयोग्य हुने फैसला शुक्रबार सुनाएको हो । पाकिस्तानी संविधानको धारा ६२ अनुसार उनलाई त्यस्तो फैसला सुनाइएको अदालतले स्पष्ट पारेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आजीवन .....


पाकिस्तानमा पूर्वप्रधानमन्त्री शरिफले जीवनभर चुनाव लड्न नपाउने

Posted: 2018-04-13 12:53:43

सुनाखरी न्युज/ काठमाडौं- पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले आजीवन चुनाव लड्न नपाउने भएका छन् । सर्वोच्च अदालतले संविधानको धारा ६२ को उपधारा २ को एफ अनुसार यो प्रतिबन्ध लगाएको हो । पाँच न्यायाधीशको बेञ्चले सरिफलाई जीवनभर सरकारी पदमा बस्न अयोग्य ठहर पनि गरेको छ ।...


मलेसियाको फिर्ती केन्द्रबाट ३० नेपालीको उद्दार

Posted: 2018-04-12 21:04:34

सुनाखरी न्युज मलेसिया — मलेसियाका विभिन्न फिर्तीकेन्द्र (डिपोर्टेसन सेन्टर) मा रहेका ३० जना नेपालीको उद्दार गरिएको छ । विभिन्न अभियोगमा कानुनी सजाय पूरा गरी यहाँका विभिन्न फिर्ती केन्द्रमा अलपत्र रहेकाहरुको बुधबार उद्दार गरिएको नेपाली दुतावासले जनाएको छ । उनीहरु घर फर्कनका लागि आवश्यक पर्ने हवाईटिकट जोहो गर्न नसक्दा अलपत्र थिए ।...


Advertisements