विश्व-प्रवाश

अमेरिकाको भिषा अप्लाई गर्दा अब पासपोर्टसँगै यी डकुमेन्ट पनि बुझाउनै पर्ने

Posted: 2018-03-31 17:45:27

 
सुनाखरी न्युज/
वासिङटन, संयुक्त राज्य अमेरिका- विश्वका जुनसुकै मुलकबाट अमेरिका जाने आप्रवासी तथा शरणार्थीबाट राज्यलाई हुनसक्ने खतराबाट बच्न भन्दै ट्रम्प प्रशासनले अमेरिका प्रवेशाज्ञा माग गर्ने सवै निवेदकको फोन नम्बर, इमेल ठेगाना र सामाजिक सञ्जाल प्रयोगको पाँच बर्षको विवरण माग गर्ने भएको छ ।
 
संघीय दर्ता नाम गरेको एक कागजातमा शुक्रबार उक्त बिषयबारे जानकारी गराइएको छ । दर्ताका लागि बनाइएको उक्त निवेदन गैरआवासीय भिषामा अमेरिका प्रवेश गर्ने क्यानडा, फ्रान्स र जर्मनीका नागरिकबाहेक अन्य मुलुकबाट अमेरिका पुग्ने नागरिकले आफ्ना व्यक्तिगत विवरणलाई अमेरिकी प्रशासनलाई जानकारी गराउन बाध्यकारी व्यवस्था हो ।
 
पछिल्लो निर्णयले भिषाका लागि परेका करिब सात लाख १० हजार आप्रवासी तथा एक करोड ४० लाख गैर आप्रवासी भिषा निवेदकलाई प्रभावित पार्ने अमेरिकी विदेश विभागले जनाएको छ ।
 
त्यसरी संकलन गरिएका सूचना जानकारी हासिल गर्न र आप्रवासी वा गैरअप्रवासी प्रवेशाज्ञाको निवेदन दिएका व्यक्तिहरू उपयुक्त वा अनुपयुक्त भएको निर्धारण गर्न प्रयोग गरिनेछ ।
 
भिषा निवेदकलाई कूनै देशबाट कहिल्यै देश निकाला गरिएको थियो वा थिएन भनेर सोधिनेछ अनि कुनै नातागोता आतंकवादी गतिविधिमा संलग्न भए वा नभएको जानकारी दिन भनिनेछ ।
 
प्रस्तावमा समेटिएका समाजिक सञ्जालहरूमा अमेरिका मुख्यालय भएका इन्स्टाग्राम, लिन्कड्इन, रेडिट र युट्युब छन् । न्यूयोर्क टाइम्स पत्रिकाका अनुसार चीनको सिना विबो र रुसको भिके सामाजिक सञ्जाल भने निगरानीमा पर्ने छैनन् ।
 
नागरिकको गोपनियता मामिलाबारे काम गर्दै आएका समूहहरूले यो नीतिलाई गोपनीयतामाथिको अतिक्रमण भन्दै यसले अभिव्यक्ति स्वतन्त्रतामा क्षति र्पुयाउने भन्दै निन्दा गरेका छन् ।
(रासस/पिटीआई)



More News



अमेरिकाबाट नौ हजार नेपालीलाई फिर्ता पठाउने ट्रम्पको तयारी

Posted: 2018-04-25 12:37:41

सुनाखरी न्युज/ काठमाडौं- अमेरिकाको होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टले करीब नौ हजार नेपालीको आवासीय अनुमति रद्द गर्ने तयारी गरेको छ । ट्रम्प प्रशासनले गरेको उक्त आन्तरिक तयारीका बारेमा कुरा गर्दै होमल्याण्ड सेक्युरिटी सचिव ’क्रिसजेन नाइलसेन’ले नेपालीहरूलाई एक वर्षको अतिरिक्त समय दिन सकिने बताएकी छिन् । ...


दस पैदलयात्रु हत्या गर्ने समातिए, कडा कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

Posted: 2018-04-24 11:56:02

सुनाखरी न्युज- क्यानडाको टोरन्टोमा पैदल यात्रुलाई लक्षित गर्दै फुटपाथमा जथाभावी भ्यान चलाएर दश जनाको हत्या गर्ने एक संदिग्ध पक्राउ परेका छन्। पक्राउ पर्नेमा भ्यान चालक २५ वर्षीय अलिक मिनासायन रहेको क्यायानडाका प्रहरी अधिकारीले जनाएका छन्। ...


अदालतको फैसलासँगै पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफको प्रत्यक्ष राजनीतिक यात्राको अन्त्य

Posted: 2018-04-13 17:54:52

पाकिस्तानको सर्बोच्च अदालतले उनलाई जीवनभरी निर्वाचन लड्न अयोग्य हुने फैसला शुक्रबार सुनाएको हो । पाकिस्तानी संविधानको धारा ६२ अनुसार उनलाई त्यस्तो फैसला सुनाइएको अदालतले स्पष्ट पारेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आजीवन .....


पाकिस्तानमा पूर्वप्रधानमन्त्री शरिफले जीवनभर चुनाव लड्न नपाउने

Posted: 2018-04-13 12:53:43

सुनाखरी न्युज/ काठमाडौं- पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले आजीवन चुनाव लड्न नपाउने भएका छन् । सर्वोच्च अदालतले संविधानको धारा ६२ को उपधारा २ को एफ अनुसार यो प्रतिबन्ध लगाएको हो । पाँच न्यायाधीशको बेञ्चले सरिफलाई जीवनभर सरकारी पदमा बस्न अयोग्य ठहर पनि गरेको छ ।...


मलेसियाको फिर्ती केन्द्रबाट ३० नेपालीको उद्दार

Posted: 2018-04-12 21:04:34

सुनाखरी न्युज मलेसिया — मलेसियाका विभिन्न फिर्तीकेन्द्र (डिपोर्टेसन सेन्टर) मा रहेका ३० जना नेपालीको उद्दार गरिएको छ । विभिन्न अभियोगमा कानुनी सजाय पूरा गरी यहाँका विभिन्न फिर्ती केन्द्रमा अलपत्र रहेकाहरुको बुधबार उद्दार गरिएको नेपाली दुतावासले जनाएको छ । उनीहरु घर फर्कनका लागि आवश्यक पर्ने हवाईटिकट जोहो गर्न नसक्दा अलपत्र थिए ।...


Advertisements