सूचना-प्रविधि

नेट टिभीले सार्वजनिक गर्यो दशैँ अफर

Posted: 2018-10-12 12:23:09

सुनाखरी न्युज/ काठमाडौं -  नेपालको पहिलो लाइभ टेलिभिजन एप नेट टिभी मोबाइल एपले दशैँ अफर सार्वजनिक गरेको छ । नेट टिभीले दशैंको अवसरमा “चाडपर्वको लहर नेट टिभीको एकमा एक अफर” ल्याएको छ । यो अफर अनुसार एक महिनाको प्रिमियम प्याकको खरीदमा अर्को एक महिना सित्तैंमा टिभी हेर्न पाइनेछ ।नेटटिभीले दशैंको अवसर पारेर नेपाली, हिन्दी र अंग्रेजी चलचित्रहरु प्रदर्शन गराउने भएको छ । २४ रुपैया ९९ पैसादेखि निःशुल्क सम्म नेपाली, हिन्दी र अंग्रेजी चलचित्रहरुको मज्जा सेवाग्राहीले नेट टिभीको एपमा लिन सक्नेछन ।स्मरणीय के छ ? नेटटिभी नेपालको पहिलो ओटीटी हो । यसबाट लाइभ स्ट्रिमिङ, चलचित्र, गीतलगायत १५० बढी च्यानलहरु एकै स्थानमा हेर्न सकिन्छ । नेटटिभी न्यू आइटी भेञ्चरले सार्वजनिक गरेको हो ।
 
 
न्युआइटी भेञ्चर कर्पोरेशनले टेलीकोस, आईएसपी, आतिथ्य र प्रसारणकर्ताको इन्ड टु इन्ड आईपीटीभी र ओटीटीको साथै मोबाइल टिभीको प्लेट फर्म प्रदान गर्दछ । एनआईटिभीले विश्वका अग्रणी मिडिया र प्राविधिककम्पनीको साथ साझेदारी गरिरहेको छ । त्यस्तै विभिन्न समुदायआधारित ओटीटी, आईपीटीवी प्लेटफर्म र स्वयम्आईपीटीभी हेड इन्ड संचालन गर्दछ । एनआईटिभी कर्पोरेशनको प्रस्तुति रहेको करीब १० लाखको हाराहारीमा उपभोक्ता रहेको नेटटिभी गुगल प्ले स्टोर र एप्पलको एप स्टोरमा उपलब्ध छ ।



More News



स्मार्ट टेलिकमको डबल डाटा अफर सार्वजनिक, रिचार्ज गर्दा पनि डाटा उपहार

Posted: 2018-11-12 15:19:27

सुनाखरी न्युज/ काठमाडौं - स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई डबल डाटा अफर सार्वजनिक गरेको छ । कम्पनीको उक्त योजना अन्तरगत स्मार्टको डाटा खरिद गर्दा वा रिचार्ज कार्डको खरिदमा डबल डाटा प्राप्त गर्न सकिने जानकारी ...


नेपालमा एसेवेन सार्वजनिक गर्ने ओप्पोको तयारी

Posted: 2018-11-04 09:49:25

सुनाखरी न्युज/ काठमाडौँ - ओप्पोले ए सिरिज अन्तर्गतकोे नयाँ मोडल एसेवेन यही महिना नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । फोनमा शक्तिशाली ब्याट्री, फेशनेबल डिजाइन, उत्कृष्ट कार्य सम्पादन, पृथक वाटरड्रप डिजाइन, ...


एनसेल ‘रिचार्ज एण्ड विन’को आठौं हप्ताका विजेता पुरस्कृत

Posted: 2018-11-02 15:26:40

सुनाखरी न्युज/ काठमाडौँ - एनसेलले चाडपर्वको अवसरमा संचालन गरिरहेको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत बिहीबार आठौं हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ। प्रत्येक हप्ता १० भाग्यशाली ...


ईसेवाको तिहार अफर सार्वजनिक : एयरलाइन्सको टिकटमा शतप्रतिशत क्यासब्याक पाइने

Posted: 2018-10-31 12:29:18

सुनाखरी न्युज/ काठमाडौँ - ईसेवा फोन पे प्रालिले तिहारलाई लक्षित गर्दै एयरलाइन्स् टिकटमा विभिन्न अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत हरेक दिन ३ जना विजेता घोषित हुनेछन् । एयरलाइन्स टिकट काट्नेमध्ये विजेता ...


स्याङ्जाको गल्याङको लल्याङमा नेपाल टेलिकमको सेवा विस्तार

Posted: 2018-10-30 09:25:06

सुनाखरी न्युज/ काठमाडौं - नेपाल टेलिकम, दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको लल्याङमा आफ्नो पिएसटिएन तथा एडिएसएल सेवाको विस्तार गरेको छ। विस्तार पश्चात अब लल्याङका करिब ५० घरधुरी प्रत्यक्ष रुपमा ...


Advertisements