सूचना-प्रविधि

नेट टिभीले सार्वजनिक गर्यो दशैँ अफर

Posted: 2018-10-12 12:23:09

सुनाखरी न्युज/ काठमाडौं -  नेपालको पहिलो लाइभ टेलिभिजन एप नेट टिभी मोबाइल एपले दशैँ अफर सार्वजनिक गरेको छ । नेट टिभीले दशैंको अवसरमा “चाडपर्वको लहर नेट टिभीको एकमा एक अफर” ल्याएको छ । यो अफर अनुसार एक महिनाको प्रिमियम प्याकको खरीदमा अर्को एक महिना सित्तैंमा टिभी हेर्न पाइनेछ ।नेटटिभीले दशैंको अवसर पारेर नेपाली, हिन्दी र अंग्रेजी चलचित्रहरु प्रदर्शन गराउने भएको छ । २४ रुपैया ९९ पैसादेखि निःशुल्क सम्म नेपाली, हिन्दी र अंग्रेजी चलचित्रहरुको मज्जा सेवाग्राहीले नेट टिभीको एपमा लिन सक्नेछन ।स्मरणीय के छ ? नेटटिभी नेपालको पहिलो ओटीटी हो । यसबाट लाइभ स्ट्रिमिङ, चलचित्र, गीतलगायत १५० बढी च्यानलहरु एकै स्थानमा हेर्न सकिन्छ । नेटटिभी न्यू आइटी भेञ्चरले सार्वजनिक गरेको हो ।
 
 
न्युआइटी भेञ्चर कर्पोरेशनले टेलीकोस, आईएसपी, आतिथ्य र प्रसारणकर्ताको इन्ड टु इन्ड आईपीटीभी र ओटीटीको साथै मोबाइल टिभीको प्लेट फर्म प्रदान गर्दछ । एनआईटिभीले विश्वका अग्रणी मिडिया र प्राविधिककम्पनीको साथ साझेदारी गरिरहेको छ । त्यस्तै विभिन्न समुदायआधारित ओटीटी, आईपीटीवी प्लेटफर्म र स्वयम्आईपीटीभी हेड इन्ड संचालन गर्दछ । एनआईटिभी कर्पोरेशनको प्रस्तुति रहेको करीब १० लाखको हाराहारीमा उपभोक्ता रहेको नेटटिभी गुगल प्ले स्टोर र एप्पलको एप स्टोरमा उपलब्ध छ ।



More News



एक वर्षभित्र नेपालकै भूउपग्रह

Posted: 2018-10-17 05:50:53

सुनाखरी न्युज/ काठमाडौं – एक वर्ष्भित्र नेपालकै भूउपग्रह हुने भएको छ । रूस (तत्कालीन सोभियत संघ) ले अन्तरिक्षमा पहिलो भूउपग्रह प्रक्षेपण गरेको ६२ वर्षपछि नेपालले बल्ल भूउपग्रह पठाउने चाँजो मिलाउन लागेको छ। नेपालले प्रक्षेपण गर्न लागेको ‘नानो स्याटेलाइट’ (सानो भूउपग्रह) को ‘मोडल’ तयार भइसकेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जनाएको छ ।...


नेपाल टेलिकमले ल्यायो २२ वटा अफर

Posted: 2018-10-16 10:49:31

सुनाखरी न्युज/ काठमाडौं - नेपाल टेलिकमले अटम अफर ल्याएको छ। आजदेखि सुरु भएर पुष २८ गतेसम्म चल्ने अफरमा भ्वाइस र डाटासँग सम्बन्धित २२ वटा रहेका छन । ...


नेट टिभीले सार्वजनिक गर्यो दशैँ अफर

Posted: 2018-10-12 12:23:09

सुनाखरी न्युज/ काठमाडौं - नेपालको पहिलो लाइभ टेलिभिजन एप नेट टिभी मोबाइल एपले दशैँ अफर सार्वजनिक गरेको छ । नेट टिभीले दशैंको अवसरमा “चाडपर्वको लहर नेट टिभीको एकमा एक अफर” ल्याएको छ । यो अफर अनुसार ...


नेपाल टेलिकमको चाडबाड अफर, फोन सेवा देखि इन्टरनेट सेवा सम्मको अफरहरु सार्वजनिक

Posted: 2018-10-10 09:34:07

सुनाखरी न्युज/ काठमाडौं - नेपाल टेलिकमले चाडबाड अफर सार्वजनिक गरेको छ। बुधबारदेखि लागु हुने गरी फोन सेवा देखि इन्टरनेट सेवा सम्मको अफरहरु सार्वजनिक गरेको हो। टेलिकमले सार्वजनिक गरेको अफर अन्तर्गत अनलिमिटेड ...


सरकारले सिंहदरबारमा जीमेल र याहु निषेध गर्दै, सरकारी मेल चलाउने तयारी

Posted: 2018-10-04 14:53:55

सुनाखरी न्युज/ काठमाडौं - सरकारले जीमेल र याहुलाई निषेध गर्ने भएको छ । सिंहदरबारभित्र जीमेल र याहुको सट्टा सरकारी मेल चलाउने तयारी भएको हो । व्यवस्थापिका संसदको विकास समिति बैठकमा सुचना, सञ्चार तथा प्रविधि ...


Advertisements